स्यालले बच्चा मार्‍यो

(0 Votes)
mahotari

महोत्तरी, माघ १ - महोत्तरीमा उत्तरवर्ति गाविसमा जंगली जनावरले घरमै पसेर एक बालिकाको आक्रमण गरी मारेको छ । इलाका प्रहरी गौशालाकाअनुसार हिंस्रक जनावरले स्थानीय प्रमोद यादवको दुई वर्षे छोरी रोसनीलाई आक्रमण गरी मारेपछि बस्तीमा शोक र त्रास फैलिएको छ ।

यसअघि बाख्रापाठा लाने गरेका जनावरले केटाकेटीमाथि आक्रमण गर्न थालेकाले थानियबासी  त्रसित्र बनेका हुन् ।

प्रहरी निरीक्षक जयनारायण यादवका अनुसार बालिका शुक्रवारदेखि हराएकी थिइन् । बाबुआमा खेतमा काम गर्न गएको बेला जनावर घरमै पसी बालिकालाई लगेका अनुमान गरिएको छ ।

साँझमा घर र्फकदा छोरी नदेखेपछि खोज तलास गरिएको थियो । भोलीपल्ट (आइतबार) बालिका जंगलनजिककको उखु घारीमा मृत भेटीएकी थिइन । उनको शरीरका विभिन्न अंगमा जनावरले खाएको विभत्स शव भेटिएको थियो । लगाएका कपडा र बाँकी रहेका शरीरका अंगबाट बालिकाको सनाखत गरिएको थियो ।

गाउँलेका अनुसार सुनसान मौका पारी बालिकालाई स्यालले नै लगको अनुमान गरेका छन् ।  यसअघि पनि धेरैपटक स्यालले गाउँका बाख्रापाठा लगेकाले यस्तो शंका गरिएको हो ।

यसबाहेक गाउँमा ज्यान मार्ने अन्य जीवजन्तु देखा नपरेकाले पनि यस्तो अनुमान गरिएको हो । घटनापछि बालबालिका छाडेर निर्धक्क हिँडडुल र खेतालापात गर्न नसकिएको  गाउँलेको भनाइ छ ।

 

 

 

प्रकाशित मिति: २०६९ माघ १ ०४:२४


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication