प्रेमका कारण हत्याको शंका

(0 Votes)

गुलरिया , माघ ४ - महम्मदपुर ७ इन्द्रपुरका १८ वषर्ीय गुड्डु गद्दीको छिमेककी एक युवतीसँग प्रेमसम्बन्ध भएकै कारण हत्या भएको शंका प्रहरीले गरेको छ । ती युवतीका मावली पक्षबाट हत्या गरिएको प्रहरीले अनुमान गरेको हो । गुलरिया १० थपुवा गाउँ नजिक रहेको रहर बारीमा सोमबार गुड्डुको शव फेला परेको थियो । उनी दुई दिनदेखि परिवारको सम्पर्कमा थिएनन् । घटनास्थलमा प्रहरीले 'अञ्जली' लेखिएका सातवटा कागजका टुक्रा फेला पारेको छ । अञ्जली कसको नाम हो थाहा हुन नसकेको अनुसन्धानमा खटिएका प्रहरीले जनाए । मुख बाँधेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । पेट र घाँटीका आठ ठाउँमा धारिलो हतियार प्रयोग गरिएकाले घटनामा दुईभन्दा बढी अपराधी हुन सक्ने आशंका गरिएको छ । गुड्डु गुलरियास्थित मोटरसाइकल ग्यारेजमा काम गर्थे । साइकलमा घर फर्किंदा उनलाई केटीका मामाले सँगै लगेको जानकारी पाएकाले अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रहरीले शव फेला परेको दिन अनुसन्धानका लागि गुड्डुका छिमेकी गुड्डी मल्लाह, उनका बाबु नन्दलाल र आमालाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा प्रेमसम्बन्धका कारण घटना भएको हुन सक्ने शंका गरिएको मुद्दा फाँटका प्रहरीले जनाए ।

 

प्रकाशित मिति: २०६९ माघ ४ ११:०८


तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication