सर्वोच्चको आदेशपछि ३० मजदुर सहित ६४ को उद्धार
२ महिनादेखि इँटा उद्योगमा बन्धक
सहयोगी लिङ्कहरू
सिरहा, माघ ३ - एक इँटा उद्योमा बन्धक बनाएका ३० मजदुर र तिनका परिवारका महिला र बालबालिका सदस्यहरु सहित गरी ६४ जनालाई सर्वोच्च अदातलको निर्देशनपछि मुक्त गराइएको छ ।
सर्वोच्च अदालतले दिएको आदेशको सुनुवाई गर्दै जिल्ला अदालत सिरहाले बेल्हाकट्टी ४ स्थित ओम इँटा उद्योगमा कार्यरत मजदुरहरुलाई बन्धक मुक्त गराएको हो ।
भारतको उत्तर प्रदेशको सम्बल जिल्ला फत्तेपुर गाउाका ती मजदुरहरु २ महिनादेखि बन्धक बनाइएका थिए ।
भारतीय नागरिक सेवा रामले पूर्वाञ्चल क्षेत्रिय प्रशासन कार्यालय, जिल्ला प्रशासन , जिल्ला प्रहरी कार्यालय सिरहा तथा बेल्हाकट्टीमा रहेका ओम इँटा उद्योगका साझेदार मोती, सञ्चालकद्वय रामप्रसाद र विजय तथा ठेकेदार सुवे मण्डल विरुद्धमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउा भनी मसिंर ७ गते रिट निवेदन दायर गरेको थिए ।
रिटको सुनुवाई गर्दे सर्वोच्चका न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले यसमा के भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? भनी तीन दिनभित्र महान्यायधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउन आदेश गरेको छ ।
आदेशमा ठूलो संख्यामा विनामन्जुरी खानपिनको यथोचित व्यवस्था समेत नगरी जवरजस्ती थुनाको स्थितिमा राखी काम गराएको र तत्सम्बन्धी गुनासोको सम्बोधन समेत सम्बन्धित निकायले नगरेको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेश माग गरेको देखिएको छ । सर्वोच्चले निवेदकको व्यहोरा बमोजिम बन्धक बनाई काममा लगाएको हो, होइन सत्य बुझी कारवाहीका लागि आदेश दिएको थियो ।
सर्वोच्चको आदेश प्राप्त भए लगतै जिल्ला अदालत सिरहाका श्रेस्तेदार दुर्गा प्रसाद भूषालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद ढकाल र प्रहरी प्रमुख विक्रम गुरुङ्ग सहितको टोली मंगलबार इँटा उद्योग पुगेको थियो ।
टोलीले उद्योगमा कार्यरत भारतीय मजदुरहरुको अवस्था र सोधपुछ पछि सदरमुकाम सिरहा ल्याएको छ । बन्दी मुक्त गरिएका उनीहरुलाई नेपाल रेडक्रस सोसाइटीको हलमा राखिएको छ ।
श्रेस्तेदार भूषालका अनुसार मजदुरको अवस्था बन्दी बनाएर काममा लगाएको जस्तै भेटिएको, खानपानको व्यवस्था र वासको व्यवस्था समेत उचित ढंगबाट नगरिएको र पारिश्रमिक समेत नदिईएको बताए । सुरक्षा खतरालाई ध्यानमा राखी उनीहरुलाई सदरमुकाम ल्याएको उनले बताए ।
इाटा उद्योग सञ्चालक विजय मण्डलले मजदुर ल्याईदिने एजेन्टलाई पहिले नै भारतीय ३ लाख ६० हजार दिएको बताए । आफूहरुले मजदुरहरुलाई खानपानको व्यवस्थासागै पारिश्रमिक समेत दिदैं आएको दावी गरे ।
दुई महिनादेखि बन्धक जीवन यापन गर्दै आएका रामलाल जाटबले आफूहरुलाई भट्टा मालिकले दुई महिनादेखि मासिक एक हजार मात्रै दिई जबर्जस्ती काम गर्न बाध्य पारेको बताए । उनले आफूहरु चोहर्बाका रामदेव मण्डलले ल्याएर यहाँबाट फरार भएको गुनासो पोखे । उनीहरु स-परिवार इटा भट्टामा काम गर्न आएका थिए ।
प्रकाशित मिति: २०६९ माघ ३ १२:५२










तपाईंको प्रतिकृया