प्रधानन्यायाधीश अन्तिम विकल्पः प्रधानमन्त्री

(0 Votes)
baburam bhattarai

चितवन, माघ २९ - प्रधानमन्त्री बाबुराम भट्टराईले वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन नै अन्तिम विकल्प भएको बताएका छन् ।

नारायणगढस्थित बालकुमारी कन्या उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापनमा सोमबार प्रधानमन्त्रीले प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने सरकाले जेठ मध्य सम्ममा संविधान सभाको निर्वाचन गराउने ठोकुवा गरे । उनले नयाँ चुनाव गराएर १०-२० बर्षसम्म आर्थिक, राजनैतिक स्थायीत्व कायम गरेर देशलाई समृद्धको दिशामा लिएर जानुको अर्को विकल्प नभएको जिकिर गरे ।  भट्टराईले संविधान सभाको अबसान भएर चुनावमा जानु पर्नेमा रोक्ने काम भएको बताउँदै यो पार्टीबीच, व्यक्ति विचको द्वन्द्व नभई परिवर्तन चाहने र नचाहनेहरु विचको द्वन्द्व भएको जनाए ।   

छिटो भन्दा छिटो चुनाव गरेर देशलाई निकास दिनु पर्ने उनको जोड थियो । सरकारमा रहेर राम्रो काम नगरेको गुनासो आए पनि प्रतिकुल अबस्थामा जनताको पक्षमा आवाज उठाउन नछाडेको भट्टराईले प्रस्ट्याए । 'हामीलाई नीति कार्यक्रम बजेट ल्याउन दिनु पर्थ्यो,' उनले  भने, 'हामीले बाँधिएर बस्नु पर्दा पनि मुखबाट जनताको आवाज बुलन्द गर्न छाडेनौं । त्यसैले ९ महिना सम्म देश राजनैतिक अन्यौलमा रह्यो ।'

उनले आफूलाई लोकतन्त्रको मसिहा ठेकदार ठान्नेहरुले चुनाव गर्न नदिएर लोकतन्त्रको सामान्य विधीलाई समेत उल्लंघन गर्दा चुनाव हुन नसकेको दाबी गरे । उता सोमबार विहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न चार दल सहमति नजिक पुगेको खुलासा गरे ।

प्रधानमन्त्रीले सहमति पश्चात् आफुले सरकार छाड्ने टुंगो लाग्ने जानकारी दिए । उनी आउने खबरले विपक्षी दलका कार्यकर्ताले कालो झण्डा देखाउँदै सडकमा प्रर्दशन गरेका थिए । ब्यापक मात्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएपछि विपक्षीले प्रहरी घेराबाटै प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका थिए ।

 

प्रकाशित मिति: २०६९ माघ २९ ०३:२०


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication