सत्तालिप्साका कारण मुलुकले निकास पाएन: नेता ओली

(0 Votes)
KP Oli

विराटनगर, माघ २८ - नेकपा (एमाले)का वरिष्ठ नेता केपी ओलीले प्रधानमन्त्री डा बाबुराम भट्टराईको सत्तालिप्साका कारण मुलुकले निकास नपाएको बताएका छन् ।

उनले ‌आइतवार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै शान्ति र सहमतिको बाटोबाट सरकार छाड्न डा बाबुराम भट्टराईलाई बारम्बार आग्रह गरिएपनि सत्ता  नछाडेकोले आन्दोलनमा जानुबाहेक अन्य विकल्प नभएको बताए ।

“हामी सदैव वार्ता गर्न तयार छौं, तर माओवादीले धोका दिँदै आएको छ”, उनले  भने, “नेपालमा जनताको आन्दोलनबाट शासकहरुको पतन भएको इतिहास छ ।  राजनीतिक दल र जनताको संयुक्त आन्दोलनबाट बाबुरामको सरकारलाई ढालिने छ ।”

वर्तमान सरकारको नेतृत्व गरेको एमाओवादीले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने भनी अघि सारेको प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने उल्लेख गर्दै उनले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विषयमा दलहरुबीच कुनै किसिमको छलफल नभएको बताए ।

नेता ओलीले एमाओवादीले द्वन्द्वकालका विचाराधीन मुद्दालाई ओझलमा पार्न न्यायाधीशलाई प्रधानमन्त्री बनाउने चाल चलेको आरोप लगाए ।

–रासस

 

 

 

प्रकाशित मिति: २०६९ माघ २८ ०८:२४


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication