अज्ञात रोगबाट दर्जनौं वालबालिका बिरामी
सहयोगी लिङ्कहरू
डडेलधुरा , माघ २८ - अज्ञात रोगका कारण अमरगढी नगरपालिका वडानं ७ भाट गाउँका दर्जनौं वालबालिका बिरामी परेका छन् ।
'गाउँभरी महामारीका रुपमा फैलिएको छ ' स्थानीय उग्रतारा उच्च माविका अध्यक्ष समाजसेवी केशव भट्टराईले भने टाउको दुख्ने, बान्ता आउने, पेट दुख्ने र बेहोस हुने लक्षण देखिएका छन् । बिरामी पर्नेमा महिला र बालबालिका मात्र रहेको पनि उनले जानकारी दिए ।
बिरामी मध्ये १९ जनालाई डडेलधुरा स्थित टीम अस्पतालमा भर्ना गरिएको छ भने गाउँबाट बिरामी आउने क्रम जारी रहेको छ । टीम अस्पताल डडेलधुराका अनुसार चिकित्सकले पनि रोग ठम्याउन सकेका छैनन् । प्रारम्भीक चेकजाँचमा हैजा फैलिएको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेको टीम अस्पतालका प्रशासकले जनाएका छन् । अस्पताल आएका बिरामी मध्ये दुई महिला छोडी सबै १५ बर्ष मुनिका बालबालीका रहेका छन् ।
प्रकाशित मिति: २०६९ माघ २८ ०१:२३









तपाईंको प्रतिकृया