अभिभावकद्वारा छड्के

(0 Votes)

चिदीपानी (पाल्पा), माघ २८ - ज्ञानोदय प्रावि नजिकैकी गौमती दिशामगर विद्यालयमा पढाइ भए/नभएको छड्के गर्छिन् । शिक्षक गफिएर बसेका वा विद्यार्थीलाई पढाएका पनि छन् भन्ने विषयमा उनलाई चासो लाग्न थालेको छ । उनले छड्के गर्दाको अनुभव टोल, छिमेकको बैठक बसेर सुनाउँछिन् । राम्रो/नराम्रो जे हुन्छ त्यसलाई सुझाव दिने बानीको विकास भएको छ ।

उनीमात्र हैन, गाउँका धेरै अभिभावक विद्यालयको पढाइ सुधार्न सक्रियतापूर्वक लागेका छन् । उनीहरूले विद्यालयको अवस्थालाई नजिकबाट अध्ययन गर्ने र त्यसबाट गर्नुपर्नै सुधारका विषयमा प्रधानाध्यापक, शिक्षक र अभिभावकबीच छलफल गर्छन् । 'विद्यालयको अवस्थालाई अवलोकन गर्ने र समुदायमा छलफल गर्ने बानीको विकास भएको छ,' उनले भनिन्, 'यसले विद्यालयको अवस्था सुधार्न सहयोगी बनेको छ ।' अभिभावकले आफ्ना विद्यार्थी विद्यालय जान्छन् वा जाँदैनन् ? गए पनि पढे कि पढेनन्, खेलेर बिताए कि भन्ने विषयमा चनाखो हुने गरेको बताए । विद्यालय समय, शिक्षक विद्यार्थीको सम्बन्ध, शैक्षिक सामग्रीको उपलब्धता, बालमैत्री वातावरण, निःशुल्क शिक्षाजस्ता विषयमा ख्याल गर्ने गरेका छन् । यस्तै, छात्रवृत्ति वितरण, विद्यालयको भौतिक अवस्था, विद्यालय व्यवस्थापन समिति, अभिभावकको भूमिकालगायतका विषयमा चनाखो भएका हुन् ।

आदर्श निमावि र शौभाग्य उच्चमाविका अभिभावकले पनि विद्यालयमा पढाइको गुणस्तर सुधार्न सुझाव दिने गरेका छन् । अभिभावकले विद्यालयको कमीकमजोरी आंैल्याइदिने र सुधारका लागि सुझाव दिने गर्छन् ।

'अभिभावकले रेखदेख गर्दागर्दै पनि हाम्रो विद्यालयमा कम्पाउन्डको समस्या छ,' ज्ञानोदय प्राविका प्रअ रामचन्द्र नेपालले भने, 'त्यसैले यस विषयमा पटकपटक छलफल गरे पनि आर्थिक अभाव छ । जसका लागि सबैको पहल हुन थालेको छ ।' आदर्श र शौभाग्य उच्चमाविमा अभिभावकले पनि आफ्ना सुझाव विद्यालयलाई दिने गरेका छन् । 'अभिभावकको सुझावले गर्दा विद्यालयले सुधि्रने मौका पाउने र शिक्षकलाई पनि महत्वपूर्ण फिडब्याक हुने गरेको छ,' शौभाग्य उमाविका प्राचार्य गोविन्द न्यौपानेले भने, 'सकारात्मक सुझावले विद्यालयको अवस्था सुधार्न सजिलो हुन्छ ।'

प्रकाशित मिति: २०६९ माघ २८ १०:१६


तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication