मलेसियामा ११ सय नेपालीको बिचल्ली

(0 Votes)

काठमाडौ, माघ २८ - मलेसिया को सलेङगरस्थित फ्लेक्ट्रोनिक्स (भिस्टा पोइन्ट) टेक्नोलोजी कम्पनीमा आएका करिब ११ सय नेपाली कामदार भोकभोकै बस्न बाध्य भएका छन् ।

कामदार आएको एक महिनामै कम्पनी बन्द भएपछि दुई महिनादेखि नेपाली कामदार कामविहीन भएर होस्टेलमा बस्दै आएका छन् । कम्पनीले क्षतिपूर्तिस्वरूप दुई महिनाको आधारभूत तलब १८ सय २४ रिंगेट दिए पनि समयमा घर जाने आसमा कामदारले पैसा घर पठाएपछि अहिले जटिल अवस्थ्ाा आएको हो ।

हाल कम्पनीले कामदारलाई प्याकिङको खाना खुवाएर राखेको छ ।

कम्पनीको व्यवस्थापनले १० जनवरीमा कम्पनी बन्द भएको जानकारी गराएर जनवरीभित्रमा सबै कामदारलाई नेपाल फर्काउने र बस्न चाहनेलाई अन्य कम्पनीमा काम लगाइदिने आश्वासन दिएको थियो । 'कम्पनीले लगाएको तीन महिनाको भिसा समय सकिएपछि अहिले कामदार इलिगल रूपमा बस्न बाध्य भएका छन् । पुलिस प्रशासनसँग पनि बचेर हिँड्नुपर्ने अवस्था छ,' झापाबाट गएका कामदार जिसु मुर्मुले कान्तिपुरसँग फोनमा भने । कम्पनीले जनवरी २५ तारिखबाट कामदारलाई नेपाल फर्काउन सुरु गरे पनि नेपाली दूतावासलाई ६ फेब्रुअरीमा मात्र कम्पनी बन्द भएर नेपाली कामदार घर पठाउन लागिएको जानकारी गराएको थियो । यी कामदार बोर्ड वाइड, एएनएस, अञ्जली ओभरसिज, सिवाकोटी, खगोललगायतका म्यानपावरबाट मलेसिया पुगेका थिए ।

प्रकाशित मिति: २०६९ माघ २८ १०:२४


तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication