म्याद सकिएको भन्दै शिक्षितले खाएनन् हात्तीपाइलेको औषधि

(1 Vote)
फाइल तस्विर

तनहुँ, माघ २८ - जिल्ला स्वास्थ्य कार्यालयले वितरण गरेको हात्तीपाइले को औषधि शिक्षितले नै नखाएको पाइएको छ । भिमाद उपस्वास्थ्य केन्द्रबाट भिमाद बजारमा वितरण गरिएको हात्तीपाइले को डाइइथाइलकार्वामाजिन नामक औषधि म्याद सकिएको करिब ४ वर्षपछि वितरण गरिएको पाइएपछि औषधि सेवन नगरेका हुन् ।

रेडक्रस जिल्ला शाखाका उपकोषाध्यक्ष प्रदीप घिमिरेले हात्तीपाइले को औषधि सेवन गर्न भन्दै स्वयंसेवकबाट बुझेर राखे पनि सेवन नगरेको बताए । उनले जिल्लाको भिमादमा हात्तीपाइले को म्याद सकिएको औषधि वितरण गरिएको र मुलुकमा हात्तीपाइले को औषधि सेवन गरेका एक जनाको मृत्यु भएको भन्ने खवर पढेपछि औषधि सेवन नगरेको बताए ।

क्यामिनस्थित क्यामिन उच्च माविका शिक्षकसमेत रहेका घिमिरेले आफूसहितका अधिकांश शिक्षकले औषधि नखाएको स्विकारे ।

 

प्रकाशित मिति: २०६९ माघ २८ १०:१७


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication