बेलायतमा कृत्रिम मानव तयार

(4 Votes)
machine man

लन्डन, माघ २८ - बेलायतले मानिसको वास्तविक प्रकृतिको निकै निकट कृत्रिम मानव तयार गरेको छ । क्लोनलाई पछि पार्दै यो साढे ६ फिट अग्लो यन्त्रमानवको निर्माणमा १ मिलियन डलर खर्च भएको छ  ।

संसारको यो पहिलो बायोनिक मानवको नाम 'रेक्स' राखिएको छ । यसमा १८ कम्पनी र युनिर्भसिटीको मिहिनेत छ । स्थानीय साइन्स म्युजियममा यसको अनावरण गरिएको छ, जहाँ ११ मार्चसम्म प्रदर्शनका लागि राखिने

छ । खैरो आँखा भएको यो यन्त्र दुरुस्त मान्छेझैं देखिन्छ । रेक्सको अध्ययनपछि शरीरको काम नलाग्ने अंगलाई परिवर्तन गर्नमा पनि सहयोग मिल्ने छ । कृत्रिम अंग र रगतको सहयोगले यो बनाइएको हो । यो अविस्कारपछि मानवद्वारा तयार गरिएको कृत्रिम अंगहरूलाई शरीरमा प्रत्यारोपण गर्न सक्ने आशा बढेर गएको छ ।

 

प्रकाशित मिति: २०६९ माघ २८ १०:०२


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication