कस्ता बालबालिका धनी ?

(0 Votes)
CHILD

काठमाडौ, पुस २८ - सधैं हाँसीखुसी रहने बालबालिका ठूलो भएपछि धनी बन्छन् । प्रसन्न रहने किशोरहरूले वयस्क भएपछि बढी कमाउँछन् ।

यो अनुसन्धान अमेरिकामा १५ हजार किशोर र बालबालिकामा गरिएको हो । अनुसन्धानमा पाइए अनुसार, जसमा सकारात्मक प्रभाव वा सन्तुष्टि उच्च हुन्छ, पछि गएर उनीहरूको आम्दानी बढी हुन्छ । सकारात्मक प्रभाव खुसी नाप्ने प्राविधिक उपाय हो ।

युनिभर्सिटी कलेज लन्डनका डा. जान एमानुएल डे नेवे र युनिभर्सिटी अफ बारबिकका परा. एन्ड्रयु ओसवाल्डको नेतृत्वमा यो अनुसन्धान गरिएको हो । अनुसन्धान अनुसार, खुसी रहने व्यक्ति बढी धनी हुने पाइयो किनभने प्रशन्न व्यक्तिलाई डिग्री मिल्ने, काम मिल्ने सम्भावना बढी हुन्छ । यस्तै, खुसी रहने व्यक्तिलाई उदास रहने उसका सहकर्मीहरूको दाँजोमा बढुवा मिल्ने सम्भावना समेत बढी हुन्छ ।

बढी खुसीको ठूलो वित्तीय प्रभाव हुन्छ । जस्तै, २२ वर्षको उमेरमा जीवन सन्तुष्टिमा एक अंकको वृद्घि -पाँचको स्केलमा) को सम्बन्ध २९ वर्षको उमेरमा वर्षेनि करिब दुई हजार डलर बढी कमाइसँग हुन्छ ।

अनुसन्धानकर्ताहरूले कतिपय परिवारमै गएर पनि अध्ययन गरे । उनीहरूले भनेका छन्, 'एउटै परिवारमा समान पालनपोषण गरिएका बालबालिकामा पनि तिनको खुसीको अनुपातमा आम्दानीमा भिन्नता पर्दो रहेछ ।'

प्रकाशित मिति: २०६९ पुस २८ १०:००


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication