पौडेल हत्याको न्यायिक छानबिनको माग (प्रतिवेदनसहित)

  • हत्याको कारण समाचार: महासंघ

(0 Votes)
fnj nepal

काठमाडौ, वैशाख ४ - नेपाल पत्रकार महासंघले झापाका पत्रकार यादव पौडेलको हत्या संयोग मात्र नभएर समाचारसँग जोडिएको हुनसक्ने भएकाले त्यसको न्यायिक छानबिनको माग गरेको छ ।

महासंघले घटना भएको होटल पूर्वाञ्चल एण्ड सेकुवा कर्नरका संचालकले यसअघि संचालन गरेको फेवाताल होटलमा हुने गरेको देहव्यापारका वारेमा पत्रकार पौडेलले समाचार प्रकाशन र प्रसारण गरेकाले हत्याको कारण समाचार हुनसक्ने जनाएको छ ।

महासंघले घटनाको अनुसन्धानका लागि गठन गरेको मिसन टोलीले आइतबार आफ्नो रिपोर्ट सार्वजनिक गर्दै थप विवरण  खोज्न र यथार्थ बाहिर ल्याउन माग गरेको छ । अध्यक्ष तथा मिसन टोलीका संयोजक शिव गाउँलले अभियुक्तले दिएको वयानले मात्रै घटनाको तथ्य नआएको बताए । उनले भने- 'अभियुक्तको वयान होइन हामीले घट्ना हुनुको तथ्य कारण खोजेका छौं ।' अनुसन्धानमा भइरहेको ढिलाइप्रति महासंघले खेद प्रकट गरेको छ । पीडित परिवारका लागि घोषणा गरिएको राहत रकम तत्काल उपलब्ध गराउन महासंघले माग गरेको छ ।

झापाबाट एभिन्युज र राजधानी दैनिकमा संवाददाता भएर काम गर्दै आएका पत्रकार पौडेलको चैत्र २१ गते मध्यराति हत्या भएको थियो ।

उच्चस्तरीय मिडिया मिसनको प्रारम्भिक प्रतिवेदन   

प्रकाशित मिति: २०६९ वैशाख ४ ०२:२५


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication