गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्रीको जवाफमा कांग्रेसले बुझाएन चित्त, संसदीय छानबिन माग
सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेको छ ।