प्रधानमन्त्री दाहाल र कतारका अमिरबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री दाहाल र अमिरबीच सोल्टी होटलमा भेटवार्ता जारी रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको हो ।