युवा गीतकारहरू
भनिन्छ, गीतले आत्माको भाषा बोल्छ । सम्भवतः त्यसैले संसारभरिका मानिसहरूको पि्रय बनेको छ-गीत । अझ गीत-संगीत जनावरदेखि लिएर वनस्पतिले पनि सुन्ने अनुमान गरिन्छ । सबै वर्गका श्रोताले गीत-संगीत मन पराउँछन् । यही सन्दर्भमा ३० वर्ष हाराहारीका नेपाली युवा गीतकारहरूको गीतप्रतिको दृष्टिकोण जान्ने प्रयास ः
भूपेन्द्र खड्का
धेरै चर्चित गीत लेखिसकेका खड्का गीतलाई मनका छताछुल्ल संवेगलाई समेटेर सुन्दर तरिकाले गरिएको अभिव्यक्तिका रूपमा परिभाषित गर्छन् । गीतलाई नशाको प्रतिबिम्ब मान्ने खड्का नलेख्दा पागल हुने बताउँछन् । खड्काले धेरै राम्रा गीतहरू लेखेका छन् । उनी चलचित्र र आधुनिक गीतमा उत्तिकै कलम चलाइरहेका छन् । जसमध्ये 'मै ठूली भैछु रे', 'भेटिएर छुट्नुभन्दा', 'तिम्रो मनको दैलो' 'जब दिन ढल्दै गयो' आदि हुन् । खड्काका 'आवरण' र 'बुलबुल' गरी दुईवटा सोलो एल्बम बजारमा आएका छन् ।
ललिता कुँवर
धेरै माया दिँदा रै' छन् मुटु जोडेर जानेहरू... जस्तो चर्चित गीत लेख्ने ललिता कुँवर गीतलाई परिवेश व्यक्त गर्न मीठो तरिकाले शब्द संयोजन गरिएको सिर्जना मान्छिन् । जब आफ्नो मनलाई कुनै पनि घटना वा विषयवस्तुले छुन्छ तब गीतका रूपमा उतारिहाल्न मन लाग्ने कुँवर बताउँछिन् । कुँवरका 'वियोग' र 'वियोग भाग-२' गरी दुईवटा सोलो एल्बम बजारमा आएका छन् ।
एकनारायण भण्डारी लोक गीत र आधुनिक गीत लेखेर नाम कमाइसकेका भण्डारी गीतलाई समय, स्थान र परिस्थितिको कलात्मक परिभाषा मान्छन् । भण्डारी आफ्नो मनको तृष्णा साम्य पार्न गीत लेख्ने बताउँछन् । भण्डारी गीत-संगीतको क्षेत्रमा विशेष योगदान पुर्याउन चाहन्छन् । आफूले लेखेका 'आओ यादहरू हो आओ,
'तिर्खा लाग्यो पानी खाए' 'लालुपाते नुघ्यो भुइँतिर' आदि हुन् । उनले दर्जनांै सोलो एल्बम बजारमा ल्याएका छन् । तीमध्ये 'सुवास' 'अध्याय १, २, ३,' 'सुपारी चाम्रो' 'लालुपाते नुघ्यो भुइँतिर' आदि हुन् ।
ईश्वरी कार्की वषर्ा
वषर्ाको सोचाइमा गीत भित्री हृदयको कोमल र कलात्मक अभिव्यक्ति हो । गीत सबैको मनसम्म पुग्न सक्छ । त्यसैले आफूले लेख्ने गरेको वषर्ा बताउँछिन् । वषर्ाको पहिलोे सोलो एल्बम 'गजल' भर्खरै बजारमा आएको छ । वषर्ालाई मन पर्ने दुई गजल 'नसोची नसम्झी मन नदिनू सकिन्न पुर्याउन त बचन नदिनू' 'उही साँझ यो उही बिहान, जलिरहेछ यो दिलको आरन' हुन् ।
कुमार विवाहित
विवाहित गीतलाई सुख-दुःखको अनुभूति व्यक्त गर्ने कलात्मक शैलीका रूपमा परिभाषित गर्छन् । विवाहितलाई मन पर्ने गीतहरू 'किताबमा हात राखी भन्छु तिमीजस्ती राम्री रूपमा मैले कोही देखिनँ' र 'माथि-माथि लेकबाट' हुन् । विवाहितले 'स्वणिर्म' शीर्षकको सोलो एल्बम पनि बजारमा ल्याएका छन् ।
विपिन किरण
किरणको विचारमा गीत भावनाहरूको तरङ्ग हो । किरण गीत आत्मसन्तुष्टिका लागि लेख्ने बताउँछन् । किरणका गीतहरू 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई' 'टुट्यो तारा आकाशमा', 'बल गरेर त्यो मन यता मोड भन्दिन म' आदि चर्चित छन् । किरणका 'किरण' 'किरण-२' किरण-३' 'किरण-४' गरेर जम्मा चार वटा एल्बम बजारमा आएका छन् ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया