अदिति बुढाथोकी, मोडल
अदिति बुढाथोकी र्याम्प मोडलिङमा व्यस्त छिन् । जन्मिएपछि समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्ने अदिति ३ वर्षदेखि मोडलिङ गर्दैछिन् । हाल स्नातक अध्ययनरत अदितिले म्यागजिनको कभर तथा विज्ञापनहरूका लागि फोटोसेसन गराएकी छिन् । चलचित्र तथा म्युजिक भिडियोका थुप्रै प्रस्ताव अस्वीकार गरेकी अदिति अब हुने मिस नेपालमा भाग लिने योजनामा छिन् । बैंकर हुने लक्ष्य बोकेकी अदितिको रुचि फोटोग्राफीमा पनि छ । उनी हरेक शनिबार अनाथ बालबालिकाहरूका लागि खाना एवं कपडा बाँड्ने काम गर्छिन् । भविष्यमा अनाथ बालबालिकाका लागि केयर होम खोल्ने उनको लक्ष्य छ ।
सविन श्रेष्ठ
संसारमा सबैभन्दा बढी माया कसको लाग्छ ?
आमाको ।
जीवनमा महत्त्व राख्ने महिला ?
आमा, दिदी र हुनेवाला श्रीमती ।
कस्ता युवतीप्रति आकषिर्त हुनुहुन्छ ?
राम्रा आँखा, लाम्चो अनुहार र लामो केश भएका युवतीप्रति ।
युवतीहरूको कस्तो गेटअप मन पर्छ ?
कुर्ता-सुरुवाल तथा भद्दा मेकअप नगरी गाजल मात्र लगाउने ।
राम्री महिला ?
रेखा थापा ।
आम युवतीका मुख्य गुण ?
आदर गर्ने, आँटिली र परिआएका हरेक काम गर्न पछि नपर्ने ।
मन नपर्ने पक्ष ?
ठाडो बोल्ने, मै मात्र राम्री भन्ने
अहं भावना ।
कुन नायिकासँग काम गर्न सजिलो/रमाइलो ?
रेखा थापासँग ।
सान्नानी भिन्तुना
सबैभन्दा बढी नेवारी चलचित्रमा अभिनय गर्ने नायिका हुन्, भिन्तुना जोशी । गायक दुर्गालाल जोशी तथा नृत्यांगना नगिना जोशीकी कान्छी छोरी भिन्तुना सानैदेखि नाच्न रुचाउँथिन् । ४ कक्षामा पढ्दा उनले आमा म भोलिदेखि स्कुल जान्छु है सान्नानी शीर्षकको विज्ञापनमा काम गरेकी हुनाले अहिले पनि उनलाई सान्नानी भनेर चिन्नेहरू थुप्रै छन् । जोशीले कक्षा १० मा पढ्दा नलेख चिठी शीर्षकको गीतको म्युजिक भिडियोबाट अभिनययात्रा प्रारम्भ गरेकी हुन् । याँ मिसा शीर्षककको ठूलो पर्दाको यात्रा थालेकी भिन्तुनाले हालसम्म २ दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी छिन् । पहिलो चलचित्रबाटै पिपुल्स च्वाइस अवार्ड हात पारेकी भिन्तुना कोरियोग्राफरका रूपमा स्थापित
हुन चाहन्छिन् ।
निशाको च्वाइस
मनपर्ने रंग
कलरफूल ड्रेसहरूमा रमाइलो लाग्छ ।
मनपर्ने पहिरन
जिन्स र टिसर्ट ।
पार्टी वेयर
वन पिस ।
वेडिङ ड्रेस
जीवनमा एकपटक हुने विवाहका लागि त स्पेशल ड्रेस नै चाहियो । मैले विवाह गदर्ा कस्तो टे्रन्ड चल्छ त्यसैलाई पछ्याउँदै एलिगेन्स लुक्स दिन चाहन्छु ।
सपिङ
एकदम मनपर्छ ।
मनपर्ने एसेसरिज
एयररिङ तथा औंठी ।
ब्यागमा सधैं हुने सामान
मेकअपका सामान, चस्मा, वालेट तथा मोबाइल ।
फेसन मन्त्र ।
अरूको सिको गर्नु भन्दा आफूलाई सुहाउने र सजिलो पहिरन लगाउनुपर्छ ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
तटीय मस्तीका लागि गोवा
समुद्री छालमा लुकामारी खेल्नुको आनन्द कस्तो हुन्छ ? हामी धेरैलाई... पूरा लेख »










तपाईंको प्रतिकृया