जाडोमा तातो सुप
चिकेन सुप
सामग्रीः चिकेन काटेको ३० ग्राम, चिकेन क्युब १ ग्राम, गार्लिक चप १० ग्राम, मख्खन २० ग्राम, मैदा १ चम्चा, कर्नफ्लोर ३ ग्राम, क्रिम १० ग्राम, मख्खन १० ग्राम ।
विधिः मैदा र कर्नफ्लोर खैरो हुने गरी भुटेपछि चिकेन क्युब पनि भुट्ने । हड्डी उमालेको पानीमा भुटेको मैदा गार्लिक चप, चिकेन क्युब तथा काटेको चिकेन हालेर उमाल्ने । माथिबाट क्रिम र बटरले डेकोरेसन गर्ने ।
बोन सुप
सामग्रीः मटन बोन ३ किलो, काटेको प्याज १ पाउ, अदुवा-लसुनको पेस्ट १ सय ग्राम, टोमाटो प्युरी १ किलो, तोरीको तेल ५० ग्राम, कलर खुर्सानी १ चिम्टी, बेसार आधा चम्चा, जिराको धूलो ५० ग्राम, रातो खस्रो खुर्सानी २५ ग्राम
नुन स्वादअनुसार ।
विधिः काटेको प्याजलाई केही समय भुटेपछि अदुवा र लसुनको पेस्ट पनि त्यसैमा हालेर खैरो हुन्जेल भुट्ने । बेसार हालेर टोमाटो प्युरी, खुर्सानी, जिरा र नुन हाल्ने । विस्तारै चलाउँदै पानी हालेर मज्जाले उमाल्ने र आधा घन्टाजति पकाउने । पछि बोन ड्रप गर्ने र पानी थप्दै केही समय पकाउने । सानो आँचमा चार घन्टाजति पकाएपछि बोन सुप तयार हुन्छ ।
भेज सुप
सामग्रीः पनीर तथा मिक्स भेज कटिङ ५० ग्राम
मैदा १ चम्चा, कर्नफ्लोर ३ ग्राम, दूध १५ ग्राम
क्रिम १० ग्राम, मख्खन १० ग्राम, मैदा १ चम्चा
गार्लिक चप १० ग्राम ।
विधिः मैदा तथा कर्नफ्लोर खैरो हुने गरी भुटेपछि पानी र दूध हाल्ने । त्यसपछि पनीर, मिक्स भेज कटिङ हालिदिने । केही समय विस्तारै चलाउने । सुप तयार भएपछि क्रिम र मख्खन हालेर सर्भ गर्ने ।
मसरुम सुप
सामग्रीः मसरुम ३० ग्राम, कर्नफ्लोर ३ ग्राम, दूध १५ ग्राम, क्रिम १० ग्राम, मख्खन १० ग्राम, मैदा १ चम्चा, गार्लिक चप १० ग्राम ।
विधिः मैदा तथा कर्नफ्लोर खैरो हुने गरी भुटेपछि पानी र दूध हाल्ने । त्यसपछि मसरुम हालिदिने । केही समय विस्तारै चलाउने । सुप तयार भएपछि क्रिम र मख्खन हालेर सर्भ गर्ने ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया