घरपालुवा खरिद गर्नुअघि

डा. शरदसिंह यादव

व्यस्त सहरिया जीवनमा घरपालुवा एउटा महत्वपूर्ण आवश्यकता बन्न पुगेको छ । सहरका घरहरूमा सायदै कुनै घर होला जसमा कुकुर हुँदैन । मानिसको बफादार साथी भनौं वा घरपरिवारको सुरक्षाका लागि कुकुर अपरिहार्य छ ।

कुकुरको छाउरा किन्ने सोचमा हुनुहुन्छ भने आफ्नो नजिकको पशु चिकित्सकको सल्लाह आवश्यक हुनसक्छ ।

काठमाडौं उपत्यका तथा देशका अन्य भागमा पनि अहिले व्यवसायका रूपमा कुकुरका छाउरा-छाउरी किनबेच गर्ने चलन बढ्दै गएको छ । विभिन्न केनल क्लब तथा निजी तवरबाट कुकुरका छाउराहरू किनबेच हुने गरेको पाइन्छ ।

आफ्नो आवश्यकताअनुसार कुकुर किन्न सकिन्छ तर कतिपय ठाउँमा कुकुरका छाउरा-छाउरीको उमेर ढाँटेर बेचिएको पनि पाइन्छ । राम्रोसँग आमाको दूध पनि खान नपाएका कुकुरका छाउराहरू भित्रैदेखि कमजोर हुन्छन् । उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ । तपाईंले ल्याएको छाउरा दुई-तीन दिनमै परिवारको सदस्य जस्तै

भैसकेको हुन्छ ।

यथेष्ट जानकारीबिना ल्याएको कुकुरको छाउरा स्वस्थ छ-छैन छुट्याउन

कठिन हुन्छ ।

बिरामी कुकुरको छाउरा ल्याएर समय र पैसा त खेर जान्छ नै, साथमा परिवारसँग घुलमिल भएपछि अझ अप्ठ्यारो हुन्छ । काठमाडौंमा बेचिएका कुकुरका छाउरामध्ये कतिपय  तीन महिना नपुग्दै मर्छन् ।



जान्नैपर्ने कुरा

    कुकुर जहिले पनि व्यवस्थित रूपमा तथा पूर्ण जानकारी भएको व्यक्ति अथवा ठाउँबाट किन्ने ।

    ४५-६० दिनको छाउरा मात्र किन्ने ।

    कुकुरको छाउराको आँखाबाट कचेरा, आँसु, नाकबाट सिंगान बगेको

भए नकिन्ने ।

    छाउराको शरीरको तापक्रम -१०२.५ डिग्री फरेनहाइट) हेरेर मात्र लिने ।

    छाउरा ल्याएको ठाउँ तथा सम्भव छ भने आमाबुबाको समेत जानकारी लिने ।

    छाउरालाईर् एक महिनापछि जुकाको औषधि ख्वाएको छ, छैन जानकारी लिने ।

    छाउराको दिसा-पिसाब सामान्य

छ-छैन हेर्ने ।

    छाउराको शरीरमा किर्ना, उपियाँ छन्-छैनन् हेर्ने ।

    छालाको कुनै समस्या छ भने नकिन्ने ।

    कम्तीमा ४० दिनमा लगाउनुपर्ने डिस्टेम्पर तथा पार्भो भाइरसको भ्याक्सिन लगाएर मात्र किन्ने ।

    छाउराले राम्रोसँग खाना खाए नखाएको निरीक्षण गर्नर्े ।

    छाउरा-छाउरी कुन जातका हुन् जानकारी लिने ।

    कुकुर किन्नेबित्तिकै पशु चिकित्सककहाँ गएर आवश्यक सल्लाह लिने ।

 कुकुर १२ देखि १६ वर्षसम्म बाँच्छ । त्यसैले स्वस्थ कुकुर किनेर आफू तथा आफ्नो परिवारलाई पनि

स्वस्थ राख्नुपर्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by डा. शरदसिंह यादव
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
चिठी  [1]
फेसन  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

नयाँ वर्षको शुभकामना

हामीबाट बिदा भएको वर्ष २०६९ अब केवल सम्झनामा... पूरा लेख »

फेसन सप्ताह

फेसनको सम्बन्ध मानिसहरूको जीवनसँग छ। फेसन त्यस्तो कुची हो जसले... पूरा लेख »

वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश

वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »

चिन्तन

नेपाली महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरिसकेकाले प्राप्त... पूरा लेख »

विज्ञापन