ममता खोज्दै बाल्यावस्था

बालबालिकाहरू ईश्वरद्वारा निर्मित अबोध र सत्यताका त्यस्ता कृति हुन् जसभित्र ईश्वर स्वयं विराजमान हुन्छन् । ईश्वरको अर्को रूपलाई बालबालिकामा हेरिन्छ । बालबालिकाको हाँसो देखेर अनायासै मन प्रसन्न हुन्छ भने बालबालिकाले आफ्नो ख्यालठट्टा, प्रेम एवं अबोधपनले हरेकलाई आकषिर्त गर्छन् । बालमनमा कोमल भावना र प्रेम भरिएको हुन्छ । हरेक बालबालिका आमाबाबुको प्रेम र नजिकका व्यक्तिको स्नेहका भोका हुन्छन् । उनीहरूलाई न त संसारको भौतिक सुखको चाहना हुन्छ न त आवश्यकता नै । आवश्यकता हुन्छ केवल प्रेमको र भोक हुन्छ त मात्र स्नेहको । प्रेम प्राप्त गरेर बालबालिका अभिभूत मात्र हुदैनन्, संसारको त्यो सुख पनि प्राप्त गर्छन्, जुन उनीहरूको पवित्र मनले चाहना राख्छ । त्यसैले बाल्यावस्थालाई जीवनको स्वणिर्म समय मानिन्छ । कारण यो उमेरमा न कुनै चिन्ता हुन्छ न त कुनै प्रकारको जिम्मेवारीको बोझ हुन्छ । खेलकुद, खानपान एवं आरामको निद्राबाहेक अरू काम हुँदैन ।

हिजोआज भने बाल्यावस्थाको स्वणिर्म समय कहीँ-कतै हराएको, गुमेको अनुभव हुन्छ । भागदौडको जीवनमा व्यक्तिभित्र अगाडि बढ्ने होड चलिरहन्छ । मानिसहरू सफलता प्राप्त गर्ने चक्करमा जे-जस्तो काम गर्न पनि तयार हुन्छन् । ठूलो हुने चाहनामा सम्बन्धको महत्त्व पनि बिर्सन्छन् । भौतिक सुख-सुविधा प्राप्त गर्ने लहडमा मौलिक खुसी पनि हराउन पुग्छ । आज कुनै पनि परिवारको सम्बन्धमा न्यानोपन महसुस गर्न सकिँदैन, जुन १५-२० वर्ष पहिले देख्न पाइन्थ्यो । धेरैजसो मानिसमा समस्या, बेचैनी र असन्तुष्टि छ । कोही आफ्नो प|mस्टेसन अफिसमा निकाल्छन् भने कोही आफ्नी श्रीमती र सन्तानमाथि तर यी सबका बीच घरमा यस्ता सदस्य पनि हुन्छन् जो आफ्नो पीडा व्यक्त गर्न सक्दैनन् । उनीहरू भित्रभित्रै कुण्ठित भएर जीवन प्रारम्भ गर्नुपूर्व नै टेन्सन र एक्लोपनबाट ग्रसित हुन्छन् । यो पीडा हो आजका स-साना बालबालिकाको । बालबालिकाको यस प्रकारको समस्या कुनै एउटा परिवारमा सीमित छैन, घरघरको यही कथा छ । आजको यो दूषित वातावरणमा आफ्नोपन, प्रेम, स्नेह रुचि कतै हराएको छ ।

कर्पोरेट कल्चरको प्रभाव अत्यन्त बढेको छ । पैसा कमाउने होड तीव्र छ र त्यसमा निजी जीवन भताभुङ्ग हुँदैछ । निजी जीवनका लागि समय नै छैन । अफिस वर्कको प्रेसरले निजी जीवनमा पनि प्रभाव देखाउन थालेको पाइन्छ । मानसिकतामा परिवर्तन आएकाले अहिले न पहिलेजस्तो प्रेम छ न सम्मान । मोर्डन वा कर्पोरेट कल्चर हाबी भएको छ । पैसाको चाहनामा मानिसहरू यति धेरै मस्त छन् कि उनीहरूलाई न प्रेमको महत्त्व छ न त सम्बन्धप्रति सम्मान । आधुनिकताको चक्करमा सम्बन्धको अर्थ बुझ्ने फुर्सद कसैलाई छैन । आपसी कलहमा नवजात सन्तानले पीडा खेप्नुपरेको अवस्था छ । यो संसारमा पाइला राख्नेबित्तिकै ऊ त्यस्तो कुचक्रमा फस्न पुगेको छ, जहाँ न त आमाको प्रेम छ न पिताको स्नेह । प्रेमबाहेक उसलाई ठूल्ठूला टेडी वियर र महँगा खेलौना त अवश्य प्राप्त हुन्छन् । बिहानदेखि बेलुकीसम्म मातापिताको प्रेमको खोजीमै उसको दिनचर्या बित्छ र दम्पती भने आफ्ना सन्तान महँगा खेलौनामा रमाएको कुरामा ढुक्क भएको गलत सोच बनाइरहेका हुन्छन् ।

व्यस्त जीवनमा युवाहरूले आफ्नो संस्कृति बिर्सदै गएको अनुभव हुन्छ । पश्चिमी संस्कृतिको प्रभावमा न केही बुझिएको छ न त केही बुझाउन सकिएको छ । बालबालिकाप्रतिको दृष्टिकोणमा परिवर्तन देखिन्छ, बालबालिकाहरूलाई बोझ महसुस गरेको देखिन्छ । अहिलेका बालबालिका बुढ्यौलीका सहारा बन्छन् भन्ने कुरा दम्पतीले नबुझेको पाइन्छ । ट्रेडिसनल विचारधारालाई आजका युवाले ब्याकवार्ड भनेर खिल्ली उडाउँछन् हो, उक्त सभ्यतामा रोमाञ्चकता थिएन, तर सत्यता आजको पुस्ताले सोचेजस्तो पनि होइन । आजभन्दा १५-२० वर्ष पहिलेसम्म दम्पतीका बीच प्रेमको गंगा बग्थ्यो । बालबालिकाको अभिभावकसित अगाध प्रेम हुन्थ्यो । बालबालिका आफ्नी आमालाई भगवान्को दोस्रो रूप मान्थे तर आज न त्यो संस्कार छ न त त्यो परिवेश नै । बुबाको छोरासित सम्बन्ध छैन न त छोराको बुबासित नै ।

उचित लालनपालन प्राप्त नहुनाले बालबालिकामा प्रत्येक कुरामा चिडचिडेपन र क्रोध देखिन थालेको छ । स-साना बालबालिका समेत हत्याजस्तो अपराधतर्फ उन्मुख देखिन्छन् । क्रोधमा आफ्नै सहपाठीको हत्या गरेको समाचार सुन्न पाइन्छ । कम उमेरमै बलात्कार गर्नतर्फ उन्मुख भएको पनि देखिन्छ । उनीहरू सम्बन्धको महत्त्व र अर्थ बुझ्दैनन् । कम उमेरमा दुव्र्यसन, जाँड-रक्सी, चुरोट आदि कुलतमा फस्न पुगेको पाइन्छ । भविष्य बन्नुपूर्व नै बिगि्रएको देखिन्छ ।

जीवनको उद्देश्य बिर्सिएर अपराध र गलत कामको दलदलमा फँस्दै गएको पाइन्छ ।

त्यसैले श्रीमान्-श्रीमतीले आफ्नो दायित्वलाई राम्रोसँग बुझ्नु जरुरी छ । पैसाका लागि शिशुलाई एक्लै छोड्नु हुँदैन । आपसी सामञ्जस्यता बसाउनुपर्छ । प्रेमपूर्वक बालबालिकाको

लालनपालन गर्नुपर्छ । उनीहरूको आवश्यकता के हो, त्यसलाई बुझ्नुपर्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन