महिला भर्सेस आर्थिक सतर्कता

महिलाहरूको वित्तीय अवस्था बलियो बनाउन उनीहरू आत्मनिर्भर हुनु आवश्यक छ । धेरैजसो घरमा महिलाहरूले आर्थिक रूपमा निर्णय लिन सक्दैनन् । उनीहरूमा अझै पनि आर्थिक कारोबारको ज्ञान छैन । उनीहरूलाई लगानी तथा बचतबीचको तालमेल  मिलाउन अझै समस्या छ । घरको आर्थिक कारोबारमा सक्रिय रहे पनि महिलाहरू विभिन्न कारणले गर्दा ठूलाठूला आर्थिक निर्णय लिन डराउँछन् । यति हुँदाहुँदै पनि अहिले ठूलाठूला वित्तीय निर्णय गर्ने महिलाहरूको संख्या बढ्दैछ । वित्तीय संस्थाहरूले महिलाहरूलाई आर्थिक निर्णय आफै गर्न सहयोग गरिरहेका छन् । अझ अहिले त च्याउझैं खुलेका सहकारीहरूले महिलाहरूलाई बिनाकोल्याटर ऋण प्रदान गरेर उनीहरूलाई आर्थिक क्षेत्रमा थप सक्रिय हुन प्रोत्साहित गरिरहेका छन् । फलस्वरूप वित्तीय क्षेत्रमा महिलाहरूले आफ्नो पाइला पनि निकै तीव्र रूपले बढाइरहेका छन् ।

बैंक अफ काठमाडौं, बानेश्वर शाखाकी म्यानेजर रत्ना केसी नेपाली महिलाहरूको आर्थिक कारोबारमा सहभागिता बढिरहेको एवं बैंकहरूमा महिलाहरूको खाता सन्तोषजनक रहेको बताउँछिन्् । यति हुँदाहुँदै पनि महिलाहरूलाई वित्तीय कारोबारका विषयमा जानकारी गराउनु आवश्यक रहेको बताउँदै निर्देशक केसी महिलाहरूलाई बचत, खर्च, इन्स्योरेन्स, लगानी आदिका बारेमा मोटामोटी जानकारी हुनुपर्ने तर्क गर्छिन् । रत्ना भन्छिन्-महिलाहरूलाई आर्थिक क्षेत्रमा उत्साहित बनाउन हरेक बैंकले महिला लक्षित पृथक् खाता सिर्जना गरेका छन् तर पनि महिलाहरूमा आत्मविश्वासको कमी भएकाले उनीहरू निर्णय लिन हिचकिचाउँछन् ।'

त्यसो त कतिपय महिला आफ्नो कुनै पनि कामको योजना बनाउँदैनन् । योजना लिएर अघि बढे भने उनीहरूको धेरै प्रगति हुन्छ । महिलाहरू भविष्यमा आउने कुनै पनि आपत्कालीन स्थितिप्रति त्यति संवेदनशील हुँदैनन् । उनीहरू कुनै प्रकारको आपत्कालीन योजना बनाउनुको औचित्य पनि देख्दैनन् । घर चलाउनु तथा पैसा कमाउनु मात्र सबै कुरा होइन । आफूले कमाएको पैसा बचत गरी भविष्यका लागि सोच्नु पनि महत्वपूर्ण कुरा हो । त्यसैले वित्तीय योजना  आवश्यक छ । यसका लागि विशेषज्ञहरूबाट परामर्श लिन सकिन्छ । कुनै पनि क्षेत्रमा लगानी गरिसकेपछि महिलाहरू त्यसलाई अघि बढाउन त्यति सक्रिय हुँदैनन् । उनीहरू काम अधूरै छोडेर घाटा खान पनि तयार हुन्छन् । उनीहरू एकपटक अलिकति घाटा हुनेबित्तिकै पछाडि र्फकन खोज्छन् । त्यसैले कुनै किसिमको आर्थिक समस्या आए विशेषज्ञको राय लिएर समाधान गर्नुपर्छ ।

कतिपय महिला दिदीबहिनीहरू आफ्नो बजेटभन्दा बढी किनमेल गर्छन् जसले गर्दा उनीहरूको बजेट डगमगाउँछ । क्रेेडिट कार्डले त झन् खर्चलाई कैयौं गुना बढाइदिएको छ । त्यसैगरी कतिपय महिला दिदीबहिनीहरू अलग-अलग पोलिसीमा लगानी गर्दैनन् । उनीहरू एकतर्फ लगानी गरेपछि त्यसैमा लागिपर्छन् । अविश्वासिलो परिणाममा उनीहरू आनन्दले लगानी गर्छन् । कतिपय महिलाहरू ढुकुटी तथा बढी व्याजमा लोभिएर आफ्नो पैसा फसाउँछन् जसले गर्दा ठूलो समस्या उत्पन्न हुन्छ । उनीहरू सकारात्मक तथा नकारात्मक पक्षको ख्यालै नगरी लगानी गर्न आतुर देखिन्छन् ।

इन्स्योरेन्स कम्पनीहरूको तथ्यांक हेर्ने हो भने पुरुषहरूको तुलनामा महिलाहरूको इन्स्योेरेन्स कम हुन्छ । उनीहरू भरसक इन्स्योरेन्स गर्न चाहँदैनन् । उनीहरू यसलाई आवश्यक पनि मान्दैनन् । कतिपय महिलाहरू थोरै व्याजमा मोटो रकम ऋण लिएर त्यसलाई बढी व्याजमा लगाउँछन् वा कतै लगानी गर्छन् । यसले गर्दा उनीहरू सकेसम्म बढी ऋण लिन हौसिन्छन् ।

अहिले आफ्नो व्यापार बढाउने राम्रो माध्यम विज्ञापन भएको छ । त्यसमा पनि विज्ञापनले महिलाहरूलाई आफ्नो अधीनमा पारिरहेको छ । टिभी तथा पत्रपत्रिकाहरूमा लगानीका विविध अवसरका विज्ञापन आउँछन् जसमा कतिपय महिलाहरूले केही नसोची लगानी गरेको पनि पाइन्छ । अरूको लहलहैमा लागेर लगानी गर्नु सबैभन्दा ठूलो गल्ती हो । कतिपय महिलाहरू आफ्ना साथीभाइ, छिमेकी आदिको कुरामा लागेर लगानी गर्न पछि पर्दैनन् । त्यसैगरी कतिपय महिलाहरू दीर्घकालीन सोचबिना लगानी गर्न आतुर हुन्छन् । यद्यपि प्राक्टिकल भएर लगानी गर्नुपर्छ ।

गैरीगाउँकी मैया थापाले कुनै समयमा आर्थिक रूपमा निकै गल्ती गरिन् । उनले साथीभाइको लहलहैमा लागेर ठूलो रकम फसाएर धेरै दुःख पाइन् । त्यसैले आर्थिक कारोबार गर्दा निकै सजग हुनुपर्ने उनी बताउँछिन् । आर्थिक कारोबारमा कहिल्यै बढी उत्साहित तथा हतोत्साहित हुन नहुने उनको अनुभव छ । महिलाहरूले पनि बचत गर्ने बानी बसाल्नुपर्छ । केही कमाउन मन लागे विचार पुर्‍याएर लगानी गर्नुपर्छ । सुरक्षित ठाउँमा लगानी गरे जीवन सुखमय हुने थापाको भनाइ छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by झरना नहर्की
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन