स्टाइलिङ विथ साडी इन विन्टर

हिजोआज बजारमा हरेक प्रकार तथा डिजाइनका ट्रेन्डी एवं डिजाइनर साडी उपलब्ध छन् । राम्रोसँग साडी लगाउन नआउनेहरूका लागि रेडिमेड प्लिट्स भएका साडी पनि पाइन्छन् । गर्मीमा साडीलाई जसरी पनि ड्रेप गर्न सकिन्छ तर सही लुक नदिई साडी लगाउँदा त्यति राम्रो देखिँदैन । जाडोमा साडीका साथमा कार्डिगन, ज्याकेट, कोट, हाइनेक आदि पनि लगाइन्छ । सही तरिकाले ड्रेप गरे ती पहिरनसँग साडीको जोडा पनि आकर्षक देखिन्छ ।

ज्याकेट ः साडीसित ज्याकेट लगाउँदा साडीको पल्लुलाई ज्याकेटको नेक बाहिर निकालेर मफलरजस्तै ड्रेप गर्नु उचित हुन्छ ।

कार्डिगन ः कार्डिगनमा बाहिरबाट काँधमाथि पल्लुलाई टक गर्न सकिन्छ वा पल्लुलाई खोलेर राख्न सकिन्छ ।

स्किवी/हाइनेक ः जाडोमा ब्लाउजका ठाउँमा साडीका साथ हाइनेक प्रयोग गर्न सकिन्छ । कन्ट्रास्टमा होस् वा साडीसित म्याचिङ कलरको हाइनेकलाई साडीसित सहज रूपमा प्रयोग गर्न सकिन्छ । हाइनेकका साथमा पल्लुलाई टक गरी लगाउने हो भने स्मार्ट देखिन्छ ।

सल ः साडीको पल्लुसित सललाई लाइनअप गरेर क्यारी गर्न सकिन्छ । पल्लुलाई नेक लाइनमा सलकै रूपमा ड्रेप गरे एउटा राम्रो स्टाइल स्टेटमेन्ट बन्छ ।

अन्य कुरा

    साडीलाई सधैं चिसो ठाउँमा राख्नुपर्छ । साडी राख्ने ठाउँलाई निमको पातले सफा गर्नु राम्रो हुन्छ । हरेक महिना आफ्नो साडीको फोल्ड बदल्नुपर्छ । बोर्डर भारी भएको र जरी तथा स्टोन वर्क भएका साडी छन् भने तिनलाई मलमलको कपडाले बेरेर राख्नु उपयुक्त हुन्छ ।

    साडीलाई वासिङ मेसिनमा धुनु हुँदैन । साडीको पल्लुमा हेभी कढाइ छ भने त्यसलाई बिग्रन नदिन नेट लगाउनुपर्छ ।

 सिफन तथा जर्जेटका साडीहरू चिसो पानीमा खुम्चिन्छन्, त्यसैले यिनलाई ड्राइक्लिन गराउनुपर्छ ।

 बाटिक, बाँधनीजस्ता साडीलाई बढी समयसम्म भिजाएर राख्नाले साडीको रंग जाने खतरा हुन्छ ।

    साडी धुनुपूर्व त्यसलाई नुन भएको पानीमा भिजाउनु राम्रो हुन्छ । त्यसपछि चिसो पानीले धुनुपर्छ । नयाँ साडी सीधै साबुनले धुनु हुँदैन । दुई-तीन पटक सादा पानीले धोएपछि मात्र माइल्ड डिटरजेन्ट प्रयोग गर्नु राम्रो हुन्छ ।

     सिल्कको साडीमा ब्रस चलाउनु हुँदैन । साडीको पल्लु र बोर्डर छुट्टाछुट्टै धुनुपर्छ ।

    साडीमा दाग लागे चिसो पानीले धुनुपर्छ । दाग गाढा छ भने दाग लागेको ठाउँलाई पेट्रोलमा भिजाएर राखेपछि हल्का हातले ब्रस गर्नु उपयुक्त हुन्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन