के तपाईं वुलन टे्रेन्डी हुनुहुन्छ ?
जाडोमा धेरैजसो स्वेटर लगाउन रुचाउनुहुन्छ तर के तपाईं वुलन ट्रेन्डी हुनुहुन्छ ?
जाडो मौसम धेरैलाई मन पर्छ । जाडो सबैभन्दा रमाइलो र स्वस्थ मौसम मानिन्छ । के तपाईंलाई पनि यस्तै लाग्छ ?
-क) हो -ख) सायद -ग) होइन
के जाडो मौसम आउनुपूर्व खानपान र पहिरनजस्ता कुराको पूर्व तयारी गर्नुहुन्छ ?
-क) हो -ख) सायद -ग) होइन
के तपाईंलाई यसपटक धेरै जाडो छ भन्ने लाग्छ ?
-क) हो -ख) सायद -ग) होइन ।
के जाडोमा विशेष गरी बूढाबूढी तथा बालबालिकाको ख्याल राख्नुपर्छ ?
-क) हो -ख) सायद -ग) होइन
के जाडोमा रंगीबिरंगी स्वेटर लगाउन, खरिद गर्न र उपहार दिन मन पराउनुहुन्छ ?
-क) हो -ख) सायद -ग) होइन
के जाडो मौसममा ऊनीका कपडामा सुन्दरता अझ बढ्छ ?
-क) हो -ख) सायद -ग) होइन
के तपाईं पहिरन सुहाउँदो स्वेटर लगाउनुहुन्छ ?
-क) हो -ख) सायद -ग) होइन
बजारमा कुनै नयाँ स्टाइलको स्वेटर आयो भने सपिङका लागि तपाईंसित पूरा समय हुन्छ ?
-क) हो -ख) सायद -ग) होइन
तपाईंको वार्डरोब सुन्दर तथा आकर्षक स्वेटरहरूले भरिएको छ, जसमा हरेक रंग तथा फेसनका स्वेटर हुन्छन् ।
-क) हो -ख) सायद -ग) होइन
स्वेटर धुँदा राम्रो खालको डिटरजेन्ट प्रयोग गर्नुहुन्छ, जसले गर्दा स्वेटर नरम रहन्छ अनि रंग पनि फिक्का हुँदैन । स्वेटर धुँदा निकै सावधानी अपनाउनुहुन्छ ।
-क) हो -ख) सायद -ग) होइन
मूल्यांकन ः उत्तरमा 'क' बढी छ भने तपाईं जाडो मौसम रुचाउने खालको हुनुहुन्छ र तपाईंलाई स्वेटरको खरिद, हेरचाहसम्बन्धी राम्रो ज्ञान छ र पूर्ण समझदारी अपनाउनुहुन्छ । उत्तरमा
'ख' बढी छ भने खरिद गर्ने र लगाउने काममा समझदार हुनुहुन्छ तर कहिलेकाहीँ चुक्नुहुन्छ । बढी उत्तर 'ग' छ भने न त तपाईं समझदारीपूर्वक स्वेटर खरिद गर्नुहुन्छ, न लगाउनुहुन्छ । तपाईं जाडो मौसमलाई एन्जोय पनि गर्नुहुन्न ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया