विवाहअघि गरिने सौन्दर्य स्याहार तथा तयारी

विवाह हुनु १-२ महिनाअघिदेखि नै बेहुलीले आफ्नो सौन्दर्य तथा शरीरको ख्याल राख्नु आवश्यक छ । शरीरलाईर् धेरै मोटो र भद्दा हुन नदिनु, अनुहार तथा हातखुट्टाको छालालाईर् नरम एवं चम्किलो राख्नुका साथै अनुहारमा भएको चायाँ, पोतो तथा दागहरू हटाउने उपाय गर्नुपर्छ  । आफूलाईर् सुन्दर एवं फिट राख्न बेहुलीले नियमित व्यायाम गरे, समयमै सुते, खानेकुरामा विशेष ध्यान दिई चिल्लो-पिरो तथा मसालेदार खाना सकेसम्म नखाए, दिनमा २-३ लिटर पानी नियमित पिए, टेन्सन नलिनुका साथै सधैं सकारात्मक भावना राखे मात्र शरीर फिट हुनुका साथै अनुहार उज्यालो र चम्किलो देखिन्छ ।

हुनेवाला बेहुलीले आफ्नो सौन्दर्य हेरचाह गर्नुअघि दक्ष ब्युटिसियनसँग सरसल्लाह गर्नु आवश्यक छ । सौन्दर्यका लागि राम्रो गुणस्तरको फेसवास, फेस क्लिन्जर, टोनर, डे-क्रिम, नाइट क्रिम, सनब्लक क्रिम मोस्चराइजर तथा पाउडर आदि आवश्यक हुन्छन् । सकिन्छ भने १५-१५ दिनमा ब्युटिसियनसँग फेसियल फेस क्लिन्जिङका साथै अनुहार तथा केशको टि्रटमेन्ट गराउनु राम्रो हुन्छ । बेहुलीले विवाहको दुई दिनअघि गोल्ड वा ब्राइडल फेसियल गराउँदा अनुहारमा चमक आउँछ । विवाहको एक महिनाअघि नै मेनिक्योर र पेडिक्योर गराउनुपर्छ भने त्यसपछि पनि घरमै निरन्तर हातखुट्टाको रेखदेख गुर्नपर्छ ।

हातखुट्टाको वाक्स गर्नुपरे विवाहको ३-४ दिनअघि मात्र गराउनुपर्छ । वाक्स गर्दा मनतातो पानीले हलुकासँग पुछेर क्यालामिना लोसन लगाउने । त्यसपछि हातखुट्टा नरम र चम्किला देखिन्छन् । बेहुलीले ८-१० दिनअघि नै केश कलर गराउनु पर्छ किनभने ८-१० दिनभित्रमा कलर केशमा राम्रोसँग सेट भैसक्छ । त्यसपछि कट गर्नु छ वा आफूलाईर् नयाँ लुकमा देखिने मन छ भने सुट गर्ने किसिमको हेयर कट गर्न सकिन्छ । विवाहको एक दिनअघि आइब्रो मिलाउने र सोही दिन हातखुट्टामा मेहन्दी पनि लगाउने । यी कार्यहरूका साथै बेहुलीले आफूलाईर् सुहाउने मेकअप तथा जुरोका बारेमा १-२ दिनअघि नै ब्युटिसियनसित सरसल्लाह गर्नुपर्छ अर्थात् कुन किसिमको जुरो आफूलाईर् सुहाउँछ भन्ने कुरा पहिले नै ट्रायल गर्नु

राम्रो हुन्छ ।

 सिर्जना प्रधान पोखरेल महेक ब्युटिपार्लर, कात्यायनी चोक, भीमसेनगोला

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन