जाडोका लागि महत्त्वपूर्ण कुरा

जाडो महिनाले धेरैजसो मानिसमा एक प्रकारको त्रास उत्पन्न गराउँछ । यो खाँदा चिसो लाग्छ त्यो खाँदा ज्वरो आउँछ जस्ता कुराले पनि कतिपयलाई त्रसित बनाइरहेको हुन्छ । त्यसकारण कतिपय अवस्थामा त के गर्ने भन्ने अन्योल नै उत्पन्न हुन्छ । जाडो महिनामा केही कुरामा ध्यान दिने हो भने  अप्ठ्यारो परिस्थितिबाट बच्न सकिन्छ ।

बाहिर निस्कनुअघि कान छोप्नुपर्छ  

स्वास्थ्यको हिसाबले पनि कान छोप्नु आवश्यक छ । हाम्रो काँधभन्दा माथिल्लो भागको रक्त संचारको गति तुलनात्मक रूपमा तीव्र हुन्छ । टाउकोमा हिट रेडियट हुन्छ । त्यसैले घर बाहिर निस्कनुभन्दा पहिले टाउको छोप्नुपर्छ । यसले गर्दा तातोपन बाहिर निस्कन पाउँदैन भने बाहिरी चिसो पनि टाउकोमा पुग्न पाउँदैन । राम्रोसँग छोपेपछि कानको माध्यमबाट चिसो हावा नाक, घाँटी तथा मस्तिष्कसम्म पुगेर नोक्सान पुर्‍याउन पाउँदैन ।

हाइपरटेन्सन, डिप्रेसन र हाई ब्लडप्रेसरको समस्या

चिसो मौसममा हाम्रो अन्तस्रावी ग्रन्थिबाट यस्तो हार्मोन निस्कन्छ जसले शरीरको तनाव स्तर र ब्लडप्रेसर बढाउँछ । त्यसैले जाडो मौसमको खानपानमा नुन र घिउ कम प्रयोग गर्नुपर्छ । एक्लै बस्नुको साटो बढी समय समूहमा बिताउनुपर्छ । यसले गर्दा डिप्रेसन तथा हाइपरटेन्सनजस्ता समस्याबाट बच्न सहयोग पुग्छ । हाई ब्लडप्रेसरका रोगीले नियमित रूपमा औषधि प्रयोग गर्नुपर्छ ।

अर्थराइटिसको पीडा   

चिसोले शरीरका मांसपेशीहरू कडा हुन्छन् । फलस्वरूप हातखुट्टामा पीडा हुन्छ । अर्थराइटिसका रोगीलाई यो समयमा बढी अप्ठ्यारो हुन्छ । उनीहरूले बिहान तथा राति घरबाट बाहिर निस्कँदा मोजा तथा पन्जा लगाउनुपर्छ । नुहाउँदा सधैं तातोपानी प्रयोग गर्नुपर्छ । राति सुत्नुभन्दा पहिले मनतातो पानीमा खुट्टा डुबाउनुपर्छ । दिनहुँ केही समय घाममा बस्नुपर्छ । यसले शरीरमा भिटामिन डी उपलब्ध गराउँछ ।

दमका रोगीका लागि

जाडोको सुरुवात तथा अन्त्यमा दमको समस्या बढी देखिन्छ किनभने यो मौसममा फूलको यस्तो परागकण हावामा उड्छ जसले गर्दा दमका रोगीहरूमा एलर्जी बढ्छ । त्यसका अतिरिक्त जाडोमा पूरै वातावरण धूलोका कण तथा गाडीको धूवाँले प्रदूषित हुन्छ जसलाई स्लग भनिन्छ । यस्तो वातावरण दमका रोगीका लागि नोक्सानदायक हुन्छ । अतः यो मौसममा घरभित्रको कार्पेट र पर्दाको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ । दमका रोगीले राती घरका सबै भmयाल-ढोका बन्द गर्नु हुँदैन । घरबाट बाहिर निस्कदा इन्हेलर साथमा राख्नुपर्छ ।

रुम हिटर धेरै समय चलाउनु हुँदैन

हिटर तथा ब्लोहरले वातावरणमा रहेको अक्सिजन तथा चिसोपन सोस्ने हुँदा कोठामा सास लिन गार्‍हो हुन्छ । यस्तो स्थितिमा खोकी लाग्छ र टाउको दुख्ने समस्या उत्पन्न हुन्छ । त्यसैले कोठामा लगातार रुम हिटर चलाउनु हुँदैन । हिटर तथा ब्लोअर चलाउँदा भाँडामा पानी भरेर राख्नुपर्छ । यसले वातावरणको नरमपन कम हुन दिँदैन ।

रुघाखोकीबाट बच्न

यो मौसममा कतिपय मानिस रुघाखोकीको समस्या नआओस् भनेर फल खाँदैनन् । फल खाएर कहिल्यै घाँटी खराब हुँदैन । जाडो मौसममा सुन्तला, जुनार, अमलाजस्ता मौसमी फल प्रयोग गर्नुपर्छ जसमा पर्याप्त मात्रमा भिटामिन सी हुन्छ । यो मौसममा सुन्तला र अमला नियमित प्रयोग गर्दा रुघाको समस्या हुँदैन ।

सुप पिउँदा

सुप पिउँदा रुघा हट्छ भन्ने कुरा पूर्णरूपमा सही होइन । रुघा कम गर्न सुप सहयोगी हुँदैन । यसका लागि औषधि सेवन गर्नुपर्छ । चिसो मौसम छ भने तातो सुप पिउँदा तातोपनले रुघाग्रस्त व्यक्तिलाई केही राहत प्रदान गर्छ । चिसोका कारण पानी कम पिउनेहरूका लागि भने सुप राम्रो विकल्प हो ।

शरीर तात्नेे वस्तु खानुपर्छ

प्रकृतिको व्यवस्था यति दुरुस्त छ कि हरेक मौसममा शरीरको आवश्यकताअनुरूप फलफुल प्राप्त हुन्छ । जाडो मौसममा जाडोको बचाउका लागि हिट प्रोटेक्सन आवश्यक छ । त्यसैले यो मौसममा बदाम, तिल, मेथी, गुड, जुनेलो आदि शरीरलाई ताप दिने वस्तुहरू खानुपर्छ । यस्ता वस्तुले शरीरमा पर्याप्त ऊर्जा दिन्छन् ।

जाडो मौसममा भोक लाग्छ

यो मौसममा चिसोबाट बच्न शरीरमा बढी ऊर्जा बन्छ । त्यसैले मानिसलाई अतिरिक्त क्यालोरीको आवश्यकता पर्छ । यो मौसममा स्वाभाविक रूपमा हाम्रो शरीरको बेसिक मेटाबोलिक रेट बढ्छ । त्यसैले यो मौसममा हामी जे खान्छौं त्यो सजिलै पच्छ । खानाप्रति हाम्रो रुचि बढ्छ । जाडोमा फल तथा तरकारी चाँडै पच्छ । भोजनप्रति हाम्रो रुचि बढ्छ । यो मौसममा पौष्टिक गुणले भरिपूर्ण अनेकौं प्रकारका फल तथा तरकारी उपलब्ध हुन्छन् । यतिबेला स्वादको विविधताको आनन्द उठाउन सकिन्छ । यो मौसममा घिउ, तेल, मख्खन, चिनी र ड्राई पु|mटजस्ता बढी क्यालोरी भएका वस्तुको सेवनमा सन्तुलन ल्याउनुपर्छ । हरिया तरकारी तथा फलफूलले रोगप्रतिरोधक प्रणाली बलियो बनाउँछन् ।

नुहाउँदा शिशुलाई चिसो लाग्छ

शिशु जन्मिएको दिनदेखि नैै सफाइमा ध्यान पुर्‍याउनुपर्छ । शिशुलाई दिनहुँ मनतातो पानीले नुहाइदिनुपर्छ तर नुहाउनेबित्तिकै खुल्ला हावामा राख्नुहुँदैन ।

शिशुलाई ऊनीका कपडा लगाइदिनुपर्छ  

कतिपय मानिसले साना बालबालिकाहरूलाई चिसोबाट बचाउन एकसाथ थुप्रै ऊनीका कपडा लगाइदिन्छन् तर त्यसो गर्दा उनीहरूको स्वास्थ्य स्थिति बिग्रन्छ । धेरै कपडाले उनीहरूमा पसिना निस्कन्छ र शरीर चिसो भै रुघा लाग्छ । शिशुलाई ऊनीका कपडा लगाइदिँदा उनीहरूको सहजतामा ध्यान पुर्‍याउनुपर्छ ।

बालबालिका तथा बूढाबूढी बढी बिरामी हुन्छन्

यो धेरै हदसम्म सही हो । हरेक मौसममा भाइरस र ब्याक्टेरिया बढी सक्रिय रहन्छन् । बालबालिकाहरूको इम्युनसिस्टम पूरै विकास भएको हुँदैन । त्यसैले शरीरमा भाइरसको हमला तीव्र गतिले बढ्छ । हाम्रो शरीरभित्र एन्टिबडी र ब्याक्टेरियाको बीचमा संघर्ष हुन्छ । यो प्रक्रियाबाट रुघा लाग्न सक्छ । उनीहरूलाई सिजनल इफेक्टिभ डिजअर्डर हुन्छ । यसमा चिन्तित हुनु हुँदैन । बालबालिकाहरूको उमेरसँगै यो समस्या कम हुँदै जान्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन