रानी जीन सेङपछिकी पार्क

३० प्रतिशत मतगणना सकिनेबित्तिकै शुभेच्छुकहरूले शुभकामना दिन थालेका थिए । त्यही बेला गाङनामस्थित आफू बस्दै आएको घरबाट बाहिर निस्केर हल्का हात हल्लाएकी थ्ािइन्-उनले । त्यसको केही घन्टा नबित्दै निर्वाचन आयोगले १८ औं कार्यकालका लागि उनी  राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको थियो । उनी थिइन्-दक्षिण कोरियाकी नवनिर्वाचित राष्ट्रपति पार्क गुन हे ।

पार्क गत डिसेम्बर १९ मा भएको निर्वाचनमा सत्तारुढ दल सेनुरी -न्यू प|mन्टियर) पार्टीका तर्फबाट उम्मेदवार थिइन् । निर्वाचनमा ७५ दशमलव ८ प्रतिशत मतदाताले मतदान गरेका थिए । जसमध्ये पार्कले १ करोड ५७ लाख ७३ हजार १ सय २८ मत अर्थात् ५१.६ मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिद्वन्द्वी  डेमोक्रेटिक युनाइटेड पार्टीका मुन जे इनले १ करोड ४६ लाख ९२ हजार ६ सय ३२ अर्थात् ४८ दशमलव ०२ प्रतिशत मत प्राप्त गरेका थिए । कोरियाका १७ मध्ये १३ प्रदेशबाट पार्कले बहुमत ल्याएकी थिइन् ।

आधुनिक कोरियाली इतिहासमा पार्क प्रथम महिला राष्ट्रपतिमात्र नभएर सन् ८८७ देखि ८९७ सम्म सीला अधिराज्यमा शासन गरेकी रानी जीन सेङपछि राष्ट्रको शासन सत्ता सम्हाल्ने प्रथम कोरियाली महिला बनेकी छिन् । त्यतिमात्र होइन उनले राष्ट्रपतिकी छोरी राष्ट्रपति भएको रेकर्ड पनि राखेकी छिन् । अझ उनी उत्तरपूर्वी एसियाका ६ वटा राष्ट्रकै प्रथम महिला राष्ट्रपति पनि भएकी छिन् । पार्क सन् १९८७ यताको राष्ट्रपति निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने प्रथम उम्मेदवार पनि बनेकी छिन् । उनीभन्दा अघिल्ला ५ राष्ट्रपतिले ५० प्रतिशतभन्दा कम मत ल्याएका थिए ।

पार्क गु हे भूतपूर्व कोरियाली राष्ट्रपति पार्क जङ हीकी जेठी छोरी हुन् । निर्वाचन आयोगले विजय भएको औपचारिक घोषणा गरेपछि ग्वाङ्ह्वामुनस्थित १५ औं शताब्दीका कन्फ्युसियन  राजा सेजोङको सालिक नजिकै रहेको स्टेजबाट उनले देशवासीहरू प्रति धन्यवाद ज्ञापन गरेकी थिइन् । उक्त अवसरमा नवनिर्वाचित राष्ट्रपतिले निर्वाचन प्रचार-प्रसारका क्रममा आफूले गरेको वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता पनि प्रकट गरिन् । त्यसपछि उनले पूर्व राष्ट्रपतिहरू रि सुङ मान, पार्क जङ ही तथा किम दे जुङको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गरिन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै अमेरिकी राष्ट्रपति बाराक ओवामाले पार्कलाई बधाई दिँदै अमेरिका र कोरियाबीच आपसी चासोका विषयमा घनिष्ट सम्बन्धका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थ्ािए । दुवै राष्ट्रपतिले उत्तरपूर्वी एसियाको सुरक्षाका विषयमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसरी नै शुभकामना दिँदै संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले कोरियाली प्रायद्वीपको शान्ति र स्थिरताका लागि पार्क प्रशासनसँग काम गर्न इच्छुक रहेको बताएका छन् । नवनिर्वाचित पार्कले पनि उत्तर कोरिया, जापान तथा चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै कोरियाली जनताको समृद्धिका साथै आर्थिक रूपमा राष्ट्रलाई सम्पन्न बनाउन आफू तल्लीन रहने बताएकी छिन् ।

अविवाहित  पार्क सन् १९५२ को फेब्रुवरी २ मा सामदोक दोङ थेगु, दक्षण्िा कोरियामा जन्मिएकी हुन् । उनकी एक बहिनी तथा एक भाइ छन् । सन् १९५३ मा परिवार सोलमा बसाइ सरेपछि  उनले सङसिम माध्यमिक विद्यालयबाट माध्यमिक तहसम्म अध्ययन गरेकी थ्ािइन्  । उनले सोलकै सोङगाङ विश्वविद्यालयबाट सन् १९७४ मा इलेक्ट्रोनिक विषयमा इन्जिनियर गरेकी छिन् । त्यसपछि प|mान्सको ग्ा्रेनोबल विश्वविद्यालयमा अध्ययन गरिरहेका बेला आमा युक योङ सुको सन् १९७४ अगस्त १५ मा भएको हत्याका कारण उनको अध्ययनमा पूर्णविराम लागेको थियो । आमाको हत्यापछि सन् १९७९ सम्म उनलाईर् फस्ट लेडीको सम्मान दिइएको थियो । उनका पिता राष्ट्रपति पाक जङ हीको पनि हत्या गरिएपछि ब्लु हाउसबाट आँसु पुछ्दै निस्किएकी पार्क ३४ वर्षपछि राष्ट्रको शासन सत्ताको बागडोर लिएर ५ वर्षका लागि ब्लु हाउस प्रवेश गर्दैछिन् । उनले आगामी फेब्रुवरी २५ देखि कार्यभार सम्हाल्ने छिन् ।

पार्कले गत अपि्रल्ा ११ मा भएको १९ औं संसदीय निर्वाचमा आफ्नो पार्टीलाई बहुमत दिलाउन ठूलो योगदान पुर्‍याएकी थिइन् । उनले गाउँगाउँमा गएर किसानहरूको पीडा-मर्का र चाहना बुझेकी थिइन् भने यसपालिको निर्वाचन प्रचारमा आफ्ना बुबाको १६ वर्षे कार्यकाल -सन् १९६३देखि१९७९) मा भएका गल्ती-कमजोरीहरूप्रति जनतासँग माफी माग्दै कोरियाको राजनीतिक सुधार तथा आर्थिक उन्नतिको नारा दिएकी थिइन् । उनका पिता पाक चुङ हीले सन् १९६३ देखि १९७९ सम्म देशको राष्ट्रपतिको हैसियतमा सैनिक शासनको नेतृत्व गरेका थिए । वर्तमान कोरियाको आर्थिक, सामाजिक तथा औद्योगिक सम्पन्नताको श्रेय सैनिक शासन अवधिमा पार्क जङ हीले गरेको सुधारलाई मानिन्छ ।

पार्क आफ्ना बुबाको अधूरो काम पूरा गर्न सन् १९९८ मा तत्कालीन 'ग्रान्ड नेसनल पार्टी' बाट राजनीतिमा प्रवेश गरेकी थिइन् । उनी चार पल्ट सांसद भैसकेकी छिन् । पार्कले सन् २००८ मा राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरे पनि अन्तर पार्टी निर्वाचनमा पराजित भएकी थिइन् । त्यसपछि पार्टी सुधार राजनीतिमा लागेकी पार्कले समय सापेक्ष पार्टी संचालन गर्न ग्रेन्ड नेसनल पार्टीको नाम परिवर्तन गरी 'न्यू प|mन्टियर पार्टी' बनाएकी छिन् । यो पार्टीकी उनी महिला अध्यक्ष पनि हुन् ।

पार्कको विजयले छिमेकी राष्ट्रहरूका साथै एसियामै एक प्रकारको तरङ्ग पैदा भएको छ भने कोरियामा नयाँ युगको प्रारम्भ भएको तर्क गरिएको छ । वर्तमान राष्ट्रपति ली म्यङ बाकको कार्यकालमा बढेको लंैगिक असमानता, युवा बेरोजगारी तथा उत्तर कोरियासँग चिसिएको सम्बन्धमात्र होइन राष्ट्रपति लीका दाइ तथा छोराको भ्रष्टाचार काण्डबाट बिगि्रएको पार्टीको छविसमेत सुध्रने आशा उनका शुभेच्छुकहरूले गरेका छन् । निर्वाचनकै पूर्वसन्ध्यामा सफलतापूर्वक लामो दूरीको रकेट प्रक्षेपण गरेको उत्तर कोरियासँगको पार्क नीतिलाई विश्लेषकहरूले रुचिपूर्वक पर्खिरहेका छन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन