सक्षम युवापुस्ता

सुक्रबार बेलुकाको इभिनिङ पार्टी, गजल रेस्टुरेन्ट तथा लाउन्च रेस्टुरेन्टको परिदृश्य हेर्ने हो भने नेपालका युवाको ठूलै समूह रमाइलो तथा मोजमस्तीमा देखिन्छ । संगीतको तालमा मर्किएको कम्मर, हातमा वाइन तथा मीठो परिकारको स्वाद लिन युवापुस्ता यस्ता गन्तव्यसम्म पुग्छ । युवाहरूको यस्तो शुक्रबारे जमघट जीवनशैली नै बनिसकेको छ । साँझ जामअप गर्ने, खल्ती रित्याउने, बिहान ह्यांगअपले गर्दा उठ्नै हम्मे हुने अवस्था सामान्य हँुदै गएको छ । अहिलेको समयमा यो कुरा त्यति अचम्मलाग्दो पनि होइन । खुल्ला अर्थतन्त्र तथा ग्याजेट सम्मोहनले युवापुस्तालाईर् गाँजिरहेको छ । उनीहरूमा जिम्मेवारी त कम हुन्छ नै कर्तव्य बोधको कमी पनि महसुस हुन्छ । आफ्नो कर्तव्य तथा जिम्मेवारी के हो त्यो त परकै कुरा हो, पारिवारिक वातावरणभन्दा साथीभाइको जमघट मन पराउने युवापुस्ताको भविष्य पनि सबैका लागि प्रश्न हो । त्यसो त युवापुस्ताको अर्काे समस्या प्लस टु सकिनेबित्तिकै विदेसिन हतारिनु पनि हो । यसले गर्दा नेपालमा युवाहरूको अभाव सुरु भैसकेको छ तर पनि कतिपयले भने आफ्नै देशमा बसेर सुखद् भविष्य कोर्ने लक्ष्य लिएका छन् । कोही विदेशमा पढाइ सकेर पनि नेपालमा आफ्नो अनुभव बाँड्न फर्किएका छन् । यसबाट उनीहरूको कर्तव्यबोध, जिम्मेवारी एवं देशप्रेम प्रस्ट हुन्छ ।

नारीको यो अंकमा त्यस्तै कर्मशील महिलाहरूलाईर् प्रस्तुत गरिएको छ । विविध क्षेत्रका यी ११ जना युवती २५ वर्षको  हाराहारीमै आ-आफ्नो क्षेत्रमा जमिसकेका छन् । यीमध्ये अधिकांश त अझैसम्म अविवाहित नै छन् । विविध पेसामा सक्रिय यी युवतीहरू नेपालका सहरिया युवतीहरूका प्रतीक पनि हुन् जसले नेपालको भावी पुस्ताको उज्यालो भविष्यलाई संकेत गरिरहेका छन् । फरक-फरक विधाका ११ जना युवतीलाई एक ठाउँमा ल्याएर फरक क्षेत्रको काम -फोटो सेसन) गराउनु उनीहरूकै लागि पनि नौलो अनुभव थियो । र्फमल वेयरमा ठाँटिने पाइलट, इन्जिनियर, डाक्टर, व्यापारी, शिक्षासेवी, वाद्यवादक, बजार प्रमुख आदि आ-आफ्नो निर्णय क्षमता तथा कौशलका बलमा सकारात्मक रूपमा अघि बढिरहेका छन् । उनीहरू देशमै केही गर्ने लक्ष्यका साथ अघि बढ्दैछन् । दिनभर हवाई उडानमा व्यस्त पाइलट कोमल बस्नेतका लागि नारीको यो मेकओभरसहितको फोटो सुट नितान्त नौलो अनुभव रह्यो । कोमल भन्छिन्, 'सुरुमा केही अधैर्य भए पनि आफ्नो मेकओभरपछि स्वतः धैर्य बढेको देखेर अनौठो लाग्यो ।' उनले जीवनमै पहिलो पटक पूरै मेकअपमा यसरी तस्बिर खिचाएकी हुन् ।

साहारा फिजियोथेरापी हस्पिटलकी हेड अफ डिपार्टमेन्ट तथा सिनियर फिजियोथेरापिस्ट सुस्मिता ढकालका लागि पनि यो रमाइलो अनुभव रह्यो । पढाइका कारण फेसनसँग नजिक हुन नपाएकी सुस्मितालाईर् नारीको यो मेकओभरसहितको फोटो सेसनले आफू सेलिब्रेटी भएको अनुभव गरायो ।

सर्वसाधारणदेखि सेलिब्रेटिहरूसम्मका लागि परिधान डिजाइन गर्ने खुश्बु डंगोलका लागि आफ्नो व्यक्तिगत फोटोसेसन पनि पहिलो हो । नारीका लागि आफ्नो छुट्टै पहिरन बनाउँदाको कठिन अनुभव पनि उनले सुनाइन् । पाठ्यक्रम निर्माणमा पोख्त प्रवीणाले मिस लिटिलको उपाधि हासिल गर्दाको क्षणलाईर् पुनः स्मरण गरिन् । उनलाईर् आफ्नो मेकओभर तथा पाठ्यक्रम बनाउँदाको क्षण उस्तै लाग्यो । समाजसेवी यमुना कटुवाल बिहानदेखि बेलुकासम्म वृद्ध आमाबुबाको सेवामा समय बिताउँदा आफ्नो केश कोर्ने पनि फुर्सद पाउँदिनन् तर नारीले यसरी सेलिब्रेटीका रूपमा आफूलाईर् बोलाउँदा राम्रै भएर हिँड्नुपर्ने उनले महसुस गरिन् र भनिन्-श्रृंगार गरेर हिँड्दा राम्रै देखिँदिरहेछु । आयुर्वेदिक औषधिको नेपालकै सबैभन्दा पुरानो उत्पादक आरोग्य भवनकी फ्याक्ट्री अप्रेसन म्यानेजर वषर्ा रिमाललाईर् मेकओभर गर्दा आफ्नो हेयरस्टाइल निकै सुहाएपछि उनले त्यही हेयर स्टाइललाई निरन्तरता दिने निर्णय गरिन् । वषर्ा भन्छिन्— पत्रिकामा फोटो हेर्दा जति सजिलो देखे पनि सुन्दर फोटो निकाल्न धेरै मेहनत गर्नुपर्दाे रहेछ ।

यी ११ जना युवती हाम्रो पुरुषप्रधान समाजका लागि उदाहरण पनि हुन् । उनीहरूको सफलताका पछाडि उनीहरूकै मेहनत, धैर्य तथा जिम्मेवारीबोधले महत्वपूर्ण भूमिका खेलेको छ । उनीहरूको यो सकारात्मक उपलब्धि युवापुस्ताले अनुकरण गरी अघि बढ्दा भावी पुस्ताका नेपाली युवतीहरूको प्रगति गुणात्मक हँुदै जाने कुरामा कुनै शंका छैन ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by झरना नहर्की
Other news by सिर्जना दुवाल श्रेष्ठ
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन