दाउमा करिअर

सन्तान जन्मनु विवाहित दम्पतीका लागि हर्षको कुरा हो । यति हुँदाहुँदै पनि हामीकहाँ सन्तान हुर्काउने जिम्मेवारी बढी मात्रामा महिलाहरूले नै बहन गर्नुपर्ने भएकाले महिलाहरूका लागि यो हर्षको विषय मात्र रहँदैन । आपmनो करिअर समेत दाउमा लगाएर सन्तानको स्याहार गर्नु नेपाली महिलाहरूको नियति नै हो । कतिपय महिलाले विवाहपछि अझ भनौं सन्तान जन्मिएपछि भएको जागिर छोडेर घर बस्नुपर्ने बाध्यता छ । संयुक्त परिवार, श्रीम्ाान् तथा अफिस महिलाका लागि केही लचिलो भएर त्यस्तै किसिमको वातावरण सृजना गरिदिए त्यस्तो समस्या आउँदैनथ्यो तर नेपाली समाज आजसम्म महिलाको पक्षमा रहेको देखिँदैन । फलस्वरूप कतिपय महिला अफिस तथा घरको तालमेल मिलाउन नसक्दा सन्तानको पालनपोषण गरेर घरमै बसेका छन् । यसपालिको बहसमा सन्तानका लागि जागिर नै छोडेर बसेका तथा जबर्जस्ती अफिस र घर धानिरहेका महिलाहरूको विचारलाई स्थान दिइएको छ ।

प्रस्तुति ः उपासना पा०८े







सुजना थापा श्रेष्ठ



एकाउन्ट एडमिन अफिसर,

एलाइन्स फर सोसियल मोबिलाइजेसन प्राइभेट लिमिटेड, पुल्चोक



महिलाले घरपरिवार, बालबच्चा तथा अफिस सबै भ्याउने भएकाले म उनीहरूलाई क्षमतावान् भन्छु । कामकाजी तथा अन्य महिलालाई परिवारले सपोर्ट गरे यी सबै काम सम्भव हुन्छ । चार वर्षअघि मेरा जुम्ल्याहा सन्तान जन्मिएका थिए । सन्तान साना छँदा मैले हाफ टाइम काम गरें । त्यो समयमा अफिसले नै आधा काम गर्ने वातावरण मिलाइदिएको थियो । मेरो प्राइभेट अफिस भएकाले आफ्नो काम समयमा पूरा गर्नुपर्ने हुन्छ । अहिले अफिस जाँदा केही ढिला भए पनि आपत्ति हुँदैन । कतिपय अफिसमा शिशु जन्मिएपछि महिलाले पहिलेको जस्तो काम गर्दैनन् भनेर जागिरबाट निकालिएको पनि सुनिन्छ जुन नकारात्मक कुरा हो । मेरो परिवार एकल भएकाले अफिसको कामले ढिला हुने भए श्रीमान्ले छोराछोरी हेर्नुहुन्छ । संयुक्त परिवार होस् वा एकल श्रीमान्को सपोर्ट उत्तिकै आवश्यक छ । अफिसको कामले कहिलेकाहीँ बाहिर जानुपर्ने हुन्छ । १-२ दिन बाहिर पनि जान्छु । कहिलेकाहीँ आफ्ना सन्तानलाई प्रशस्त समय दिन नसकेकोमा पछुतो लाग्छ तर उनीहरूको भविष्यका लागि नै काम गरेकीले मन बुझाउँछु । आफूले सोचेजस्तो वातावरण भए घरपरिवार र करिअरलाई सँगसँगै लान सकिन्छ ।







पार्वता पन्थी, नर्स, स्पर्श नेपाल



म प्राइभेट अफिसमा कार्यरत छु । मेरी छोरी जन्मदा मेरो अफिसमा महिला कर्मचारी कमै थिए । भएका पनि अविवाहित थिए । विवाहित महिलालाई २ महिनाको बिदा दिइन्थ्यो । मेरो सन्तान जन्मिएपछि ३ महिनाको बिदा दिने नियम बनाइएको छ । महिलालाई घरपरिवारले जस्तै सहयोग अफिसले पनि गर्नुपर्छ । मैले बच्चा सानो हुँदादेखि बेबी केयरमा राख्न थालेकी हुँ । श्रीमान्ले पनि सघाउने भएकाले मैले आफ्नो काम सजिलै अघि बढाएकी छु । एउटी महिलाका लागि श्रीमान्को सहयोगले ठूलो महत्त्व राख्छ । महिलाका लागि अफिस पनि केही हदसम्म लचिलो हुनुपर्छ । महिलाहरू घरपरिवार तथा करिअरलाई सँगसँगै अघि बढाउन सक्ने क्षमताका हुन्छन् । सहज वातावरण सिर्जना गरिदिए उनीहरू जस्तोसुकै कामलाई पनि सरल रूपमा अघि बढाउन सक्छन् ।







सञ्चिता लुइँटेल, नायिका



मैले ८० वटा चलचित्रमा काम गरें । चलचित्रको पर्दामा कतिपय अवस्थामा आमाको भूमिका पनि निर्वाह गरें तर पनि वास्तविक जीवनमा आमा हुनुको मज्जा बेग्लै रहेछ । सन्तान नै मेरा अभिन्न अंग बन्न पुगे । म अहिले डेढ वर्षको छोरा तथा ५ महिनाकी छोरीको स्याहार-सुसारमा व्यस्त छु । मलाई चैत-वैशाखमा ४-५ दिनका लागि सुटिङमा जानुपर्ने अफर आएको थियो तर मैले उक्त प्रस्ताव स्वीकार गर्न सकिन । अब केही वर्ष म आफ्ना सन्तानका लागि पूरै समय खर्चिन चाहन्छु । मलाई चलचित्रमा काम नगरी छोराछोरी हेरेर घरै बस्दा पनि पछुतो छैन । म उनीहरूको अनुहार हेरेरै आनन्द लिन्छु । उनीहरूलाई रुवाएर काममा जान मेरो आत्माले मानेन । अझ दुई वर्ष म उनीहरूकै लागि केही नगरी बस्छु ।





रितिका शर्मा, गृहिणी



मैले आफ्ना सन्तानका लागि युनिसेफको जागिर छोडें । मेरा लागि करिअरभन्दा पनि सन्तान ठूलो कुरा हो । ठूली छोरी जन्मदा श्रीमान्को पनि झापामा सरुवा भयो । त्यसैले मैले काठमाडौंमा एक्लै बसेर सन्तान हुर्काउँदै जागिर गर्न सम्भव थिएन । सन्तानलाई छोडेर काममा जाँदा ध्यान अन्यत्र हुने भएकाले मैले आफ्नै इच्छाले जागिर छोडें । छोरी ४ वर्ष जतिकी भएपछि पुनः प्राइभेट अफिसमा काम गर्न थालें । प्राइभेट अफिसमा कामको समयसीमा हुँदैन । अर्को सन्तान जन्मिएपछि मैले उक्त काम पनि छोडंे । मेरो स्वास्थ्यस्थितिले पनि काम गर्न दिएन । कतिपय अफिसमा सन्तान जन्मिएपछि महिलाले पहिलेको जस्तो काम गर्दैनन् भन्ने गुनासो पनि सुनिन्छ जुन गलत हो । सन्तान हुर्किएपछि म अब केही न केही गर्ने योजनामा छु । श्रीमान् तथा परिवारले साथ दिए महिलाले करिअर तथा घरपरिवारलाई साथसाथै लान सक्छन् ।



लक्ष्मी सापकोटा घिमिरे, अधिवक्ता

कश्यप ल र्फम

मैले आफ्नै ल र्फममा काम गर्न थालेको दुई वर्षजति भयो । बाबु सानो भएको बेला म अध्ययन गर्दै थिएँ । त्यो समयमा श्रीमान्ले मलाई सहयोग गर्नुभयो र अध्ययनलाई अघि बढाउन सकंे । अहिले छोरालाई सेमी बोडर्स राखिदिएकी छु । ल र्फममा कहिलेकाहीँ धेरै समय दिनुपर्छ । त्यस्तो अवस्थामा श्रीमान्ले पनि बच्चा ल्याउनुहुन्छ । बढी नै काम भएको बेला बाबुले अफिसमै बसेर गृहकार्य गर्छ । परीक्षाको समयमा अलि गाह्रो हुन्छ । यस्तै गाह्रो-सजिलोको बीचमा महिलाको जिन्दगी बित्छ । मेरो आफ्नै अफिस भएकाले मलाई समस्या परेको छैन तर मेरा कतिपय साथीले शिशुको जन्मपछि पर्याप्त समय दिन नसक्दा अफिस छोड्नुपर्ने अवस्था पनि आएको छ । जे होस् महिलाका लागि अफिस पनि केही लचिलो हुनुपर्छ तब मात्र उनीहरू अघि बढ्न सक्छन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन