शिशु जन्मिएपछि जागिर चट

राजधानीको एउटा निजी स्कुलमा माध्यमिक तहमा सामाजिक शिक्षा विषय पढाउँदै आएकी २८ वषर्ीया पवित्रा पराजुली -नाम परिवर्तन) ६ महिनाअघि सुत्केरी भइन् । सुत्केरी भएको दुई महिनापछि उनी जागिरबाट निकालिइन् । 'सुत्केरी भएको जानकारी स्कुलमा गराएर माइती बस्न गएँ, स्कुलकै कारण धेरै दिन माइत नबसी काठमाडौं र्फकदा पनि जागिर जोगाउन सकिन, म सुत्केरी भएकै दिन अर्कै शिक्षक भर्ना गरिसकेका रहेछन् ।' 'सुत्केरी भएर घरमा बसे पनि चिन्ता जागिरकै हुन्थ्यो, समय-समयमा स्कुलमा फोन गरिरहेकै थिएँ, तपाईंको सट्टामा अर्को यहीँ भित्रका सरले पढाइरहनुभएको छ भन्ने खवर पाउँथें, साथीभाइले सहयोग गरेछन् भनेर मख्ख थिएँ तर कुरो अर्कै रहेछ ।' उनी चित्त बुझाउन खोज्छिन्, 'हुन त निजी क्षेत्रमा जहाँ पनि यस्तै हो, मेरी साथीले पनि एक साताअघि मात्रै जागिर छोडें भन्दै थिई । शिशु जन्मिने दिन नजिक आएपछि घरमा बसेर आराम गर्नुको साटो अफिसमा निकै पेलानमा परिछ, हाकिमहरूले मौका हेरेका होलान् कसरी निकालौैं भनेर, शिशु जन्मिएपछि पहिलेको जस्तै गरी काम गर्न नसकेर निकालिनु भन्दा आफै छोडिदिएँ भन्दै थिई ।' 

निजी क्षेत्रमा काम गर्ने महिला कर्मचारीहरू विवाह नगरुन्जेलसम्म काममा निकै खट्छन् र उनीहरूको भ्यालु पनि बढी हुन्छ । विवाह गरेपछि घर र अफिस एकसाथ अघि बढाउन नसकेरै कतिपयले जागिर छोड्छन् भने कतिपय महिला जिम्मेवारी बहन गरेरै चुनौती मोल्न अग्रसर हुन्छन् तर उनीहरूले अवसर पाउँदैनन् । भनसुनबाट जागिर पाएका, हाकिमका नजिकका नातेदार महिला कर्मचारीले भने सरकारी तवरबाट उपलब्ध सेवा-सुविधाभन्दा बढी पाउँदै आएका छन् । पवित्रा पराजुलीकै स्कुलमा विज्ञान विषय पढाउने महिला थिइन् जो पोहोर साल सुत्केरी भइन्, दुई महिना बेतलवी बिदा पनि बसिन् जागिर पनि मजाले खाइन् किनभने उनी पि्रन्सिपलकी साली थिइन् । कसैको चाकडी गर्न नजान्ने, आपmना मान्छे नभएका एवं शुद्ध जागिर खाने महिलाहरूले शिशु जन्मिएपछि जागिरको आशा नगरे पनि हुने पवित्रा बताउँछिन् । 

चार वर्षदेखि लेखा अधिकृतका रूपमा काम गर्दै आएकी काठमाडौं, गल्कोपाखाकी २७ वषर्ीया अञ्जला सुवेदी -नाम परिवर्तन) निकै नाम चलेको एक निजी कम्पनीबाट हालै मात्र निकालिइन् । विवाह नहुँदै उक्त कम्पनीमा कार्यरत अञ्जला राम्रो काम गर्ने कर्मचारीमध्येमा गनिन्थिन् । उनी आफ्नो काममा निकै लगनशील थिइन्, तोकिएको काममा दत्तचित्त भएर लागिपर्थिन् उनका सहकर्मीहरू यसै भन्छन् । 'हाएर एण्ड फाएर' को नीति अवलम्बन गर्ने निजी प्रतिष्ठानहरूले अञ्जलाको हकमा पनि त्यही कुरा दोहोर्‍याएको पाइयो । आफ्नो काममा रातदिन खटिदै आएकी अञ्जला जतिबेला गर्भवती भएको हल्ला कम्पनीमा चल्न थाल्यो उतिबेलैदेखि अर्को जगेडा कर्मचारीको खोजी हुन थाल्यो । निजी कम्पनी त्यसमा पनि लेखाको काम एक जनाको अभावमा पेन्डिङ राख्नु भएन, व्यवस्थापनको उक्त निर्णयलाई अन्यथा लिनु हुँदैन । गर्भवती  भएदेखि शिशु नजन्मन्जेलसम्म उनले पहिलेकै रफ्तारमा काम गरिरहिन्, व्यवस्थापनले कुनै कमी महसुस गर्नु परेन । उनकी एक सहकर्मी भन्छिन्, 'अञ्जला निकै मेहनती थिइन्, सुत्केरी हुने दिन नजिक हुँदै जाँदा पनि आराम नगरी अफिस आउँथिन् । अहिले कम्पनीले टाइम मिलेन भन्दै निकालिदियो ।' उनले सुत्केरी भए पनि श्रम ऐनमा उल्लेख भएअनुसार ५२ दिन सुत्केरी बिदा त पाइन्, बिदा सकिएपछि उनी अफिस आइन् । व्यवस्थापनले उनबाट पहिलेकै रफ्तारमा काम खोजेको थियो तर एउटी सुत्केरी महिला घरमा आराम गरेर बस्नुपर्ने बेलामा जागिर बचाउन अफिस आएकी छे, उनले चार-पाँच घन्टा काम गरेर बच्चालाई दूध ख्वाउन एक-दुई घन्टा चाँडै निस्कन खोजेकी थिइन् तर उनलाई त्यति समय पनि व्यवस्थापनले मिलाइदिएन । एक हप्ताजति उनी काममा पनि आइन् तर जतिसुकै अनुनय-विनय गर्दा पनि उनको आग्रहलाई सरोकारवालाहरूले सुनेनन् । उल्टै उनलाई भनियो, 'समय मिल्छ र पहिलेकै गतिमा काम गर्नुहुन्छ भने ठीकै छ मिल्दैन भने जागिर छोड्नुको विकल्प छैन ।' उनी छाँगाबाट खसेजस्तै भइन् र तत्काल निर्णय गरिहालिन्, 'ठीकै छ तपाईंहरूको निर्णयको म सम्मान गर्छु, तर आइन्दा तपाईंहरूको यो कम्पनीमा महिला कर्मचारी नराख्नु होला, आजकी केटी भोलि कसैकी श्रीमती बन्ली, भोलि कसैकी श्रीमती पर्सि आमा बन्ली अनि तपाईंहरूको काममा बाधा पुग्ला ।' अञ्जलाको यो क्रन्दनबाट पनि के स्पष्ट हुन्छ भने एकाधबाहेकका निजी कार्यालयहरूमा  काम गर्ने महिला कर्मचारीहरूले  बच्चा जन्माइसकेपछि  जागिर गुमाउनुपर्छ ।

गत वर्ष बच्चा जन्मिएकै कारण प्रतिष्ठित कम्पनीको सातौं तहमा पाँच वर्षदेखि काम गर्दै आएकी  धापासीकी सोनिया ढकाल -नाम परिवर्तन) पनि जागिरबाट हात झिक्न बाध्य भइन् । उनी अहिले आफ्नो एक वर्षको छोरा हुर्काएर घरमै बसिरहेकी छिन् । सोनियाको अनुभव पनि अञ्जलाको भन्दा फरक छैन, 'सुरुमा निकै आश्वासन दिएको थियो व्यवस्थापनले, प्रमोसन पनि समयमै गरिदिएको थियो, तलब-भत्ता आदि सुविधा पनि राम्रै उपलब्ध गराएको थियो तर त्यसभित्र यो सुविधा केवल बच्चा नपाउन्जेल लेख्न छुटाइएको रहेछ ।' दुई महिना सुत्केरी बिदा बसेकी सोनिया बिदा सकिएपछि अफिस जाँदा उनको ठाउँमा दुईजना नयाँ कर्मचारी परिचालित थिए । उनले बाध्य भएर जागिर छोडिन् ।

राजधानीको एक निजी क्याम्पसमा तीन वर्षदेखि पार्ट टाइम लेक्चररका रूपमा पढाउँदै आएकी मुना भट्टराई -नाम परिवर्तन) ले शिशु जन्मिएपछि जागिर  गुमाइन् । जतिबेला उनी मिस मात्रै थिइन् अर्थात् उनको विवाह भएको थिएन भर्खर मास्टर्स सकेकी थिइन्, त्यतिबेला उनको नाम बिक्थ्यो, काम बिक्थ्यो र निजी क्याम्पसमा तानातान हुन्थ्यो । उनले  समय मिलाएर तीन-चारवटा क्याम्पस पढाउन भ्याइन् । आय पनि राम्रै थियो, जब उनी म्याडम बनिन् अर्थात् उनको विवाह भयो त्यसपछि उनको चार्म घटेजस्तै देखिन थाल्यो । उनको क्याम्पसमा नयाँ जागिरका लागि धाउने महिलाहरूप्रति क्याम्पस प्रमुखको धारणा हुन्थ्यो, 'भर्खरका प|mेस केटीहरू भए भने अलि टिक्छन् विवाह गरिसकेकाहरूको भर हुँदैन, फ्याट्ट शिशु जन्माउँछन् अनि अर्को तुरुन्तै खोज्न असम्भव हुन्छ, सकभर विवाह नगरेका केटीहरूलाई नै हाम्रो क्याम्पसमा पढाउने चान्स दिनुपर्छ होइन भने केटाहरू छँदैछन्, चलिहाल्छ नि ।' बच्चा जन्मनुभन्दा एक हप्ता पहिलेसम्म उनले आफ्नो जिम्मेवारी निर्वाह गरेकी थिइन्, उनी हस्पिटलमा भर्ना भएलगत्तै उनको सट्टामा नयाँ लेक्चररको खोजी भयो । 'निजी क्याम्पस त्यसमाथि आफू पार्ट टाइम लेक्चरर, बच्चा जन्मिनुभन्दा एक हप्ता पहिलेसम्म क्याम्पस गएकी मुनाले बच्चा जन्मिएको एक महिनामै जागिरबाट हात झिक्नुपर्‍यो । दुई महिनासम्म त  सुत्केरी महिलालाई बिदा मिल्छ, निजी क्याम्पस भएकाले एक-दुई पिरियड भए पनि लिन्छु भनेर क्याम्पस जाँदा मेरो ठाउँमा अर्कै लेक्चरर भर्ना गरिसकेका रहेछन्, पि्रन्सिपलसँग कुरा राख्दा उल्टै हाँसोको पात्र भइयो । 'म्याडमहरू सुत्केरी भएर घरमा बस्ने विद्यार्थीलाई नपढाउने कुरा त भएन नि, सक्नुहुन्छ भने पढाउनुहोस् होइन भने नयाँले पढाइरहेकै छ उसले रेगुलर क्लास लिन्छ ।' भर्खरकी सुत्केरी आफ्नो दायित्व निर्वाह गर्न घरका आफन्तले नजान आग्रह गर्दागर्दै पनि क्याम्पस पुगेको बेला अभद्र व्यवहार भएपछि उनमा निजी क्षेत्रको जागिरप्रति मोह भङ्ग भयो । उनले निजी जागिर भुलेर पनि नखाने प्रण गरिन्, सानो बालक काखमा राखेर सरकारी जागिरको तयारी गरिन् र अन्ततः शाखा अधिकृतमा नाम निकाल्न सफल भइन् । भट्टराई भन्छिन्-'सकिन्छ भने परिश्रम गर, सरकारी जागिर खाऊ, सकिँदैन भने आपmना बालबालिकाको भविष्य बिगारेर प्राइभेट जागिरमा बिन्ती नबिसाऊ, म पनि शिशु जन्मिएपछि निकै पीडित भएकी महिला हुँ ।' 

निजी कम्पनीमा महिलाहरूले सुत्केरी भएपछि पनि काम गनर्ेे हो भने या त उसको कोही ठूलै मान्छेसँग हिमचिम हुनुपर्छ वा टप लेबलकै पोस्ट हुनुपर्छ । मध्यमस्तरका महिला कर्मचारीहरूका लागि निजी क्षेत्रको जागिर केवल बच्चा नहुन्जेलसम्मका लागि मात्र उपयोगी छ । यी त केवल प्रतिनिधि पात्र मात्र हुन्, विवाह गरेर घरपरिवारलाई समय दिन नसक्दा घरबारै चौपट भएका महिलाहरू पनि समाजमा बग्रेल्ती भेटिन्छन् । कतै अफिसलाई टाइम दिन नसक्दा जागिरै चट हुने घटना देखिन्छन् । आखिर एउटी महिलाले घरपरिवार सम्हालेर जागिरसम्म भ्याउँछे भने उसलाई घरपरिवार अनि कार्यालयले पनि उचित स्थान दिनुपर्ने हो । जागिर गर्छु भन्दाभन्दै पनि घरपरिवारको दबाबमा परेर काम गर्न नपाएका महिलाहरूको पीडा एकातिर छ भने जागिर पाएर पनि बच्चा जन्मिएकै कारणले गुमाउनुपरेको पीडा अर्कातिर छ । आखिर महिलाहरू त जागिरकै कारण दोहोरो मारमा पर्ने गरेको देखिन्छ । आँट र केही गर्छु भन्ने आत्मविश्वास भएका महिलालाई केही गर्ने अवसर दिनु घरपरिवारको  दायित्व हो भने लामो समयदेखि आफ्नो कार्यालयमा काम गर्ने एउटी महिला विवाहित भएकै कारण बच्चा जन्माएकै कारण जागिरबाट निकाल्नु भनेेको मानवताविरुद्धको अपराध सिवाय केही होइन ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ (थापा) मा पाइलट बन्ने इच्छा थियो तर उनको... पूरा लेख »

नवदेवी सम्मान २०७० सम्पन्न

हरेक वर्ष क्रियटिभ स्टेटमेन्ट्सका नाममा सञ्चालित सेलिब्रेटिङ... पूरा लेख »

पहिचान गरौं आफ्नो क्षमता

करिअरमा सफलता प्राप्त गर्न सही धारणा आवश्यक छ। कारण धारणाबिना जति... पूरा लेख »

जान्न, सिक्न र बुझ्न तत्पर विद्यार्थीहरू

बालबालिकाहरू स्वभावतः चञ्चल, जिज्ञासु एवं सिर्जनशील हुन्छन्।... पूरा लेख »

विज्ञापन