अम्बिकाको आवाज

'जादुमय छ अम्बिकाको आवाज ।' कालिञ्चोक एफएमबाट 'शुभप्रभात कार्यक्रम' संचालन गर्ने दोलखाकी चर्चित रेडियो प्रस्तोता अम्बिकाले हालै 'रेडियो स्मार्ट अवार्ड' हात पारिन् ।  अम्बिकाको आवाजमा प्रसारण हुने 'गीति कथा' का प्रशंसकहरू उनको स्वर सुनेर मुग्ध हुन्छन्  । सायद त्यसैले कालिञ्चोक एफएमले स्थापना गरेकै वर्ष पहिलो अवार्ड उनैलाई सुम्पिएको छ  । एफएम स्थापनापछिको पहिलो अवार्ड आफ्नो पोल्टोमा खस्दा उनी असाध्यै खुसी छिन् । २४ वषर्ीया अम्बिका कुशल कार्यक्रम प्रस्तोताका अतिरिक्त कार्यक्रम प्रमुख तथा रेडियो प्राविधिक पनि हुन् । संचालकहरू-भन्छन्-'इमान्दारीपूर्वक काम गर्ने क्षमताका कारण उनलाई थप अवसर दिइएको हो । अम्बिका बहुप्रतिभाशाली, कामप्रति लगनशील एवं इमान्दार व्यक्ति हुन् ।' स्नातक उत्तीर्ण अम्बिका रेडियोका लागि भनेपछि जुनसुकै समय समर्पण गर्न तयार हुने सक्रिय पत्रकार हुन् ।

- शरूना मानन्धर श्रेष्ठ





वकालतमा मीना

४३ वर्षकी मीना सेडाईंले कालो कोट लगाउन थालेको २१ वर्ष भैसकेको छ । २०४७ सालदेखि विराटनगरमा कानुनी व्यवसाय गर्दै आएकी सेडाईंले २०५४ सालमा बी.एल. गरेकी हुन् । कानुनी पेसालाईर् सधैं अध्ययन र इमान्दारिताको उपल्लो दर्जा मान्ने मीना अहिले एलएलएम गर्दैछिन् । दिनहुँ कालो कोटमा अदालत धाउनु उनको दिनचर्या हो भने विहान-बेलुकी असल गृहिणी हुनु उनको पहिचान हो । कानुनका अतिरिक्त राजनीति शास्त्रमा एम.ए. गरेकी मीना प्राध्यापन पनि गर्छिन् । महिलाले पनि कालो कोट लगाएर बहस गर्छन् भन्ने कुरालाईर् अहिले पनि हाम्रो समाजमा स्थापित गर्न नसकिएको बताउने सेडाईं इमान्दारिताका साथ मेहनत गरे सफलता हात लाग्ने कुरामा विश्वास गर्छिन् । अहिलेसम्म ३ हजारभन्दा बढी मुद्दा हेरिसकेको बताउने सेढाईंले महिलाकै मुद्दा बढी हेरेकी छिन् । उनी महिला तथा बालबालिकाका मुद्दामा वकालत गर्दा आत्मसन्तुष्टि महसुस गर्छिन् ।

- माधव घिमिरे



फरक काममा वसन्ता

पहिले उनको काम देखेर सबैले खिसी गर्थे । महिलाले पनि यस्तो काम गर्ने हो भनेर धेरैले उनलाई नराम्रो पनि भने तर आज अवस्था फरक छ । टुकुचा नाला गाविस-२ की वसन्ता जीसीलाई धेरैले महिलाले पनि खसी पार्छन् भनेर व्यंग्य गर्थे । पुरुषले मात्र खसी पार्नुपर्छ भन्ने जमानामा उनले कुनै लाज वा डर नमानी आफ्नो कामलाई जारी राखिन् । उनले विगत ७ वर्षदेखि खसी पार्ने कामलाई निरन्तरता दिँदै आएकी छिन् । नारी चेतना केन्द्र नेपालको सहयोगमा २०६१ सालमा विराटनगरमा भेटनरी व्यवस्थापन तालिम लिएकी वसन्ता तालिममा सहभागी एक्ली महिला थिइन् । पुरुषहरू आफै बोका लिएर खसी पार्न घरमै आउँछन् । उनले श्रीमान् सुन्दर जीसीलाई पनि खसी पार्न सिकाएकी छिन् । यो काम उनीहरूका लागि अहिले व्यवसाय नै बनेको छ । वसन्ता नारी चेतना केन्द्र नेपालको सहयोगमा पुण्यमती नारी चेतना सीपमूलक सहकारी संस्थाकी व्यवस्थापक पनि बनेकी छिन् । पहिले बोल्न पनि लजाउने जीसी फरक काम गर्ने साहस गरेर नै सफल भएकी हुन् ।

- नगेन्द्र अधिकारी

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन