महिलामाथि हिंसा कहिलेसम्म ?

महिला हिंसाविरुद्धको १६ दिने अभियान सकिन नपाउँदै बर्दियाकी १६ वषर्ीया शिवा हासमीलाई जिउँदै जलाइयो र केही दिनपछि उनको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो तर आजसम्म दोषी पत्ता लगाएर सजाय दिने काम पूरा भएको छैन । त्यसको केही समयपछि बाजुरामा एक महिलाले श्रीमान्लाई मदिरा सेवन नगर्न आग्रह गर्दा काखे बालकलाई समेत तातोपानी खन्याएर चरम यातना दिइयो । लगत्तै बर्दियाको एक गाउँमा १६ वषर्ीया शर्मिला भुलको छाउपडी गोठमा मृत्यु भयो । यस्तै बाराकी ट्युसन पढ्न गएकी १८ वषर्ीया विन्दु ठाकुरको जलाएर फालिएको शव फेला पर्‍यो । यस्ता अनेकौं घटना दिनानुदिन घटिरहेका छन् र तिनमा महिलाहरू नै सिकार भैरहेका छन् । देश संक्रमणकालबाट गुजि्ररहेको वर्तमान परिप्रेक्ष्यमा नीति, नियम र कानुन कमजोर भएका छन् र खुल्लमखुल्ला महिलामाथि अन्याय भैरहेको छ भन्ने कुराको ज्वलन्त उदाहरण माथिका घटना हुन् । यस्ता घटना सामान्य बन्दै गैरहेका छन् तर महिला आयोग किन मौन छ ? महिलामाथि अन्याय भैरहँदा पनि ऊ किन बोल्दैन ? अधिकारकर्मी भनिएका त्यत्रा महिलाहरू कता हराए ? नारीमाथि अत्याचार भैरहँदा सरोकारवालाहरूले त्यसकाविरुद्ध आवाज उठाउनुपर्छ कि पर्दैन ? अनि आमनागरिक पनि कानमा तेल हालेर बस्न मिल्छ ? आफूमाथि त्यस्तै घटना घटे मात्रै रोइकराइ गर्ने हो कि, अरूलाई परेको दुःखमा साथ दिएर आफूमाथि त्यस्ता घटना हुन नदिन प्रयास गर्ने हो ? सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । अब सरोकारवालाहरूसँग जवाफ माग्नुपर्ने भएको छ, आखिर महिलामाथि हुने हिंसा कहिलेसम्म ?

रजनी तिवारी, धादिङ



नारामा सीमित नारी स्वतन्त्रता

हामीकहाँ नारी समानताको चर्चा प्रशस्त भए पनि व्यवहारमा हेर्दा महिलाहरूले सदियौंदेखि झेल्दै आएको असमानता हटेको छैन । नारी समानताका पक्षमा उठेको आवाज फोस्रो साबित भएको छ । विभिन्न बहानामा नारीमाथि अत्याचार भैरहेकै छ । अझ शारीरिक शोषणको कुरा त गरिसाध्य छैन । महिलाहरूविरुद्ध हत्या, हिंसा, बलात्कार, छेडखानीजस्ता कैयौं अभद्र क्रियाकलाप हुने गरेका छन् तर त्यसविरुद्ध ठोस कदम चाल्ने काम राज्यका संयन्त्रबाट भएको देखिँदैन । हालैका दिनहरूमा विभिन्न स्थानका विभिन्न उमेर समूहका महिलामाथि भएका अत्याचारका कहालीलाग्दा घटनाले सभ्य समाजको खिल्ली उडाइरहेको देख्न सकिन्छ । त्यस्ता कार्यमाथि अंकुश लगाउन संस्थागत अग्रसरता पर्याप्त मात्रामा हुन सकेको छैन । यस्ता घटनाहरू हुन्जेल जतिसुकै समानताका कुरा गरे पनि नारीहरूले समानताको अनुभूति गर्न पाउने छैनन्, नारी समानताको कुरा गर्नु नै बेकार हुनेछ । नारी समानतालाई सशक्त रूपले व्यवहारमा लागू गर्न महिलाहरूलाई आर्थिक रूपले समृद्ध बनाउने तथा स्वनिर्णयको अधिकार प्रयोग गर्न सक्ने बनाउनु आवश्यक छ । यसका साथै महिलामाथि हुने हिंसामा राज्यले शून्य सहनशीलताको नीति अँगाल्नु पर्छ । यस विषयमा महिलाका पक्षमा आवाज उठाइरहेका सरोकारवालाहरूको ध्यान पुगोस् ।

शान्तिमाया तामाङ, बालाजु



लोडसेडिङ कहिले घट्ला ?

नेपाली जनता अहिले अन्धकारको युगमा छन् । उज्यालोमा बस्ने उनीहरूको सपना पूरा हुने सम्भावना कमै देखिन्छ । हाम्रो देशमा हरेक वर्ष लोडसेडिङ घटाउने कुरा हुन्छ तर प्रत्येक वर्ष बढेको बढ्यै छ । अब नेपाललाई जलस्रोतको धनी देश भन्नु पनि बेकार छ । जनता अन्धकारमा बाँच्न विवश छन् यहाँका जमिन सुख्खा र बाँझा छन् अनि नागरिकहरू काकाकुलझैं तिर्खाइरहेका छन् । त्यसमाथि नेपाली जनतालाई लोडसेडिङले रुवाएको छ । देश विकासको गति ओरालो लागेको छ । भएका उद्योगधन्दाहरू पलायन भएका छन्, नयाँ खुल्ने त परको कुरा । आर्थिक क्षेत्र शिथिल छ । एक्काइसौंं शताब्दी मैनबत्ती र टुकीको उज्यालोमा बामे सर्दैछ । योभन्दा ठूलो दुर्गति के हुन सक्ला ? अझ दुःखलाग्दो कुरा त समाधानका ठोस प्रयास भैरहेको पनि देखिँदैन । कुर्सीको खिचातानीमै अल्भिmएका हाम्रा महान् नेताहरू जेनरेटरको प्रकाशमा बसेर बाहिर औंसीको रात रहेको ठान्दैछन्, तिनलाई जनताको पीडाबोध हुन सकेको छैन । आपmनै भुँडी मात्र भर्ने ध्याउन्नमा लागेका नेताहरू जनमुखी निर्णय गर्न अघि सर्दैनन् । त्यसो हुँदा नेपाली जनताले राहतको सास फेर्न पाउलान् जस्तो छैन । अनिश्चित भविष्यमा दैनिक गुजारा गर्नु नै उनीहरूको नियति भएको छ ? के स्थिति सदैव यस्तै रहला ?

विन्दु पौडेल, पर्वत, हाल ः काठमाडौं



बधाई पुष्पा दिदीलाई

सीएनएन हिरोको उपाधि दोस्रोपल्ट पनि नेपालीकै पोल्टामा पार्न सफल पुष्पा दिदीलाई हार्दिक बधाई । तपाईंको उदाहरणीय कामबाट सम्पूर्ण नेपालीले फेरि एकपटक विश्वमा शिर उँचो पार्ने अवसर पाएका छन् । यसबाट नेपाली महिला कुनै पनि कुरामा पछाडि छैनन् भन्ने देखिएको छ  । जेल जीवन बिताइरहेका आमाबाबुका छोराछोरीहरूको उद्धार गरी आफ्ना सन्तानलाई झैं लालनपालन एवं शिक्षादीक्षा प्रदान गर्ने तपाईंको कार्य स्तुत्य छ । अरुको पीडाका आँसु पुछ्न सधैं अघि सर्ने तपाईंका हात यसरीनै अघि बढिरहून् । मनमा आँट र अठोट भए जुनसुकै काम पनि सफल हुन्छ भन्ने तपाईंको प्रेरणाले थुप्रै नेपाली चेलीमा एक प्रकारको उत्साह थपिदिएको छ । हुन त समाजले सधैं बलेको आगो ताप्छ । त्यसो हुँदा तपाईंले सम्मान पाएको केही समय वाहवाही बटुल्नुहुनेछ र केही समयपछि बिर्सन पनि सक्छन् मानिसहरूले । यद्यपि तपाईंले गरेका शुभ कार्यहरू सधैं अमर रहनेछन् । नेपाली चेलीहरूमा तपाईंका कारण बढेको हौसलाका लागि फेरि पनि बधाई ।

सुशीला थापा, बाँसबारी



किन बढ्दैछ महिला हिंसा ?

अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा चलिरहेको महिला हिंसाविरुद्धको १६ दिने अभियान कै क्रममा देशका विभिन्न भू-भागमा महिलामाथि भएका अन्याय, अत्याचार एवं हिंसाका घटना सुन्नु र पढ्नुपर्दा एकदमै नरमाइलो लागेको छ । यी कुराहरू हेर्दा हाम्रो देशमा न त कानुन छ, न त कानुन पालना गराउने निकाय नै छन् भन्न सकिन्छ । यहाँ विधिको शासन छैन, सुशासनको अभावमा महिलाहरू अन्याय एवं थिचोमिचो मात्र होइन, पाशविक दुव्र्यवहार एवं हत्या-हिंसा भोग्न बाध्य छन् । के सहर, के गाउँ सबैतिरका महिला असुरक्षित छन् । गाउँगाउँमा सुरक्षाकर्मी हुन्छन्, भद्रभलाद्मी हुन्छन् तर उनीहरूले पनि दोषीलाई कारबाही गराएर पीडितलाई न्याय दिलाउनतिर भन्दा कतिपय अवस्थामा घटना ढाकछोप गर्न तथा पीडकलाई जोगाउन पहल गरेको देखिन्छ । उच्च ओहोदामा बसेका सरकारी कर्मचारी एवं सुरक्षाकर्मीहरूबाटै पनि महिला सुरक्षित छैनन् । अपराधीहरूको मनोबल बढ्दो छ भने आमजनतामा एक प्रकारको त्रास सिर्जना भएको छ । यो  कदापि राम्रो लक्षण होइन । यस्तो अवस्थामा पनि सरोकारवाला निकायहरू कानमा तेल हालेर बसिरहेका छन्, प्रतिकारमा उत्रन सकेका छैनन् । यस्तो किन ? अपराध नियन्त्रण गर्ने कानुन छ भने अपराधीहरूले कठोर सजाय पाउनै पर्छ । यस्तै अवस्था कायम रहन दिनु कसै गरेर पनि देशको हितमा छैन । समयमै त्यस्ता क्रियाकलाप रोक्न आवश्यक कदम चाल्नु जरुरी छ ।

वषर्ा श्रेष्ठ, ललितपुर

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ (थापा) मा पाइलट बन्ने इच्छा थियो तर उनको... पूरा लेख »

नवदेवी सम्मान २०७० सम्पन्न

हरेक वर्ष क्रियटिभ स्टेटमेन्ट्सका नाममा सञ्चालित सेलिब्रेटिङ... पूरा लेख »

पहिचान गरौं आफ्नो क्षमता

करिअरमा सफलता प्राप्त गर्न सही धारणा आवश्यक छ। कारण धारणाबिना जति... पूरा लेख »

जान्न, सिक्न र बुझ्न तत्पर विद्यार्थीहरू

बालबालिकाहरू स्वभावतः चञ्चल, जिज्ञासु एवं सिर्जनशील हुन्छन्।... पूरा लेख »

विज्ञापन