सेलिब्रेटीहरूको वार्म लुक्स
रातपछि दिन भनेझैं जाडो र गर्मी महिना पनि क्रमशः फेरिइरहन्छ । कसैलाई गर्मी मन पर्छ त कसैलाई जाडो । ग्ल्यामरस देखिन चाहनेहरू भने गर्मी नै रुचाउँछन् र उनीहरू छोटो स्कर्ट, स्लिभलेस टिसर्ट, चप्पल आदिमा हिँड्न रुचाउँछन् । हिजोआज भने ग्ल्यामरस लुक्स दिन चाहनेहरूका लागि न्याना स्मार्ट पहिरनहरू बजारमा भित्रिएका छन् । फलस्वरूप सेलिब्रेटीहरू जाडोमा न्याना लुगा लगाएर पनि स्मार्ट तथा ग्ल्यामरस लुक्समा सजिन सक्छन् ।
नायिका अनु शाहलाई जाडो मौसमको आगमनसँगै तनाव सुरु हुन्थ्यो । उनी अब के लगाउने, कसरी हिँड्ने भनेर पिरोलिइरहन्थिन् तर अनु अहिले जाडोमा पनि रमाइरहेकी छिन् । लामो कोट, लेगिन्स, बुट वा क्लोज सुजमा उनी स्मार्ट देखिन्छन् । उनलाई ज्याकेटभन्दा लङ स्वेटर नै बढी मन पर्छ । अनुका अनुसार स्वेटरले फिगरलाई सुन्दर देखाउँछ भने ज्याकेटले फिगर नै लुकाउँछ । त्यसैले उनी त्यति ज्याकेट लगाउँदिनन् । जिन्सले बढी चिसो हुने भएकाले लेगिन्स नै बढी प्रयोग गर्छिन् । जाडो महिनाभरि स्कार्फ छुट्दैन । अग्ली भएकीले अनु फ्ल्याट बुट र क्लोज सुजमा हिँड्न रुचाउँछिन् । उनी स्कुटरमा चिसो नछिर्ने हिसाबले हिँड्छिन् । जाडोमा मनतातो पानी र सुप भने पिइरहन्छिन् ।
पूर्व मिस नेपाल मलिना जोशी जाडोमा बिहान घाम उदाएपछि मात्र उठ्छिन् । गर्मीमा जस्तो त्यति एक्सरसाइज पनि गर्दिनन् । घाममै बसेर हल्का एक्सरसाइज गर्छिन् । उनी जाडोमा अवसरअनुसार ड्रेसअप गर्छिन् । कतै पार्टीमा जाँदा फूल ब्लाउज साडीमा सजिन्छिन् । सलमा भन्दा फूल ब्लाउजले स्मार्ट देखाउने जोशी बताउँछिन् । ककटेल इभेन्टतिर भने न्यानो वान पिस, कोट, स्टकिङ, क्लोज सुज वा बुटमा जान्छिन् । क्याजुअल वेयरमा हाइनेक, जम्पर, ट्राउजर, पाइन्ट, लेगिन्थ, बुट, क्लोज सुज नै उनको छनोटमा पर्छन् । जाडोमा उनलाई सबैभन्दा मन पर्ने पहिरन नै हाइनेक हुन् । उनीसँग हाइनेकको राम्रै कलेक्सन छ । यसपटक उनी रातो, पहेंलो, हरियो, गुलाबी आदि कलरफूल हाइनेक लगाउने सोचमा छिन् । हाइनेकको बाहिर जम्फर वा ज्याकेट उनको रोजाइको क्याजुअल वेयर हो । जाडोमा गर्मीमा भन्दा बढी खाने र ज्याकेट, कोटले मोटाएको छोप्ने हुँदा यो सिजनमा प्रायः मोटाउने अनुभव उनी सुनाउँछिन् । त्यसकारण यसपटक जाडोमा थोरै खाने अभियानमा छिन् । मलिना सुप र कफी भने समय-समयमा पिइरहन्छिन् ।
मोडल तथा नायिका पि्रयंका कार्कीलाई पनि जाडोले छिट्टै समात्छ । उनी कतै जाने काम नहुँदा ओच्छ्यानमै समय बिताउँछिन् । सुत्दा समेत मोजा तथा हाइनेक लगाएर सुत्छिन् । पि्रयंकाका अनुसार थोरै लगाएर अनि शरीर देखाएर मात्र हट देखिने होइन । टन्न लुगा लगाएर चिटिक्क बन्न सकियो भने पनि आकर्षक देखिने उनको तर्क छ । फेसन सेन्स राम्रो र पि्रजेन्टेबल हुनुपर्ने पि्रयंका बताउँछिन् । उनी इभेन्टतिर जाँदा पातलो कोटमा जान रुचाउँछिन् भने क्याजुअल वेयरमा जिन्स, लेगिन्समा स्कर्ट, क्लोज सुज तथा बुटमा हुन्छिन् । उनी यसपटकको जाडोमा कालो र ब्राउनबाहेक कलरफुल रंगसँग पनि खेल्ने सोचमा छिन् । उनले भित्रबाट न्यानो हुने तर बाहिर पातलो देखिने छोटा कोटहरू डिजाइन गराएकी छिन् । पि्रयंकालाई जाडोमा टोपी, पञ्जा, मफलर तथा मोजा पनि नभइ हुँदैन । उनलाई जाडोमा पकेटबाट हात निकाल्नै गार्हो लाग्छ । उनी जाडोमा पर्याप्त चिया र
सुप पिउँछिन् ।
भिजे सुपि्रया तुलाधरका जोर्नीहरू दुख्छन् । त्यसैले उनी फ्लासी मफलर, स्वेटर डे्रस, स्टकिङ, स्किनी जिन्स, ओभरकोट, निलेन्थ बुट आदिमा हिँड्छिन् । उनलाई हिलभन्दा सिम्पल तथा फ्ल्याट बुट नै मन पर्छन् । कोट भने डार्क टोन भएको रातो, पर्पल तथा हरियो मन पर्छ । जाडोमा उनका साथमा लिप बाम र मोस्चराइजर सधैं हुन्छ । सुपि्रयालाई जाडोमा धेरैजसो कफी सपमै भेटिन्छ । सुपि्रया जाडोमा सेमी र्फमल पहिरनमा देखिन्छन् ।
मोडल सिम्पल खनाललाई जाडो मौसम निकै मन पर्छ । उनी जाडोमा कसरी स्मार्ट देखिने भनेर फेसन ट्रेन्डलाई नियालिरहेकी हुन्छिन् । स्कर्ट, लेगिन्स तथा हाफ बुट लगाउँदा स्टाइलिस्ट देखिने भएकै कारण जाडोमा फेसनेबल देखिन अझ सजिलो हुने उनी बताउँछिन् । सिम्पल जाडोमा मुख्यतः कालो रंग तथा डार्क कलर बढी प्रयोग गर्छिन् । यसपटकको जाडोका लागि उनले कालो, रातो र क्रिम कलरको कोट लिइसकेकी छिन् । उनलाई ज्याकेटभन्दा कोट नै मन पर्छ । उनी धेरै थरीका इंग्लिस कलर तथा ब्रान्डेड कोटहरू नै लगाउने प्लानमा छिन् । सिम्पल पार्टीतिर हल्का भरेको ऊलन टप्स र बुटमा देखा पर्छिन् ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
तटीय मस्तीका लागि गोवा
समुद्री छालमा लुकामारी खेल्नुको आनन्द कस्तो हुन्छ ? हामी धेरैलाई... पूरा लेख »










तपाईंको प्रतिकृया