संगीतमा समर्पित निशा

तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ ...गीतबाट चर्चित गायिका निशा देसार हिजोआज निकै व्यस्त छिन् । हुन त उनी विगत १० वर्षदेखि गायनमै व्यस्त छिन् । यद्यपि उनी ८ वर्ष आफ्नै मातृभाषा नेपाल भाषाको गायनमा मात्र सीमित रहिन् । एक त नेपाल भाषाका गीत गाउनेहरू कम थिए भने सीमित समुदायमा मात्र गीतको प्रभाव पर्ने कारण उनको चर्चा सीमित थियो ।

ललितपुरको चापागाउँमा जन्मिएकी निशाले बाल्यकालमै सांगीतिक वातावरणमा हुर्कने अवसर पाइन् । काका प्रेमबहादुर देसार गीत गाउँथे । नेपाल भाषाका उनका दर्जनौं गीत रेडियो नेपालमा रेकर्ड छन् । निशाले काकासँग ५-६ वर्षको उमेरदेखि सरगम तथा भजनहरू सिकिन् । स्कुलमा पनि काकासँग गाउन पुग्थिन् । २८ वर्षको अल्पायुमै काका बितेपछि उनले संगीतलाई जीवनको अभिन्न अङ्ग बनाउने संकल्प गरिन् । हरेक बिहान हार्माेनियम बजाई गायन प्राक्टिस गर्ने निशाले एसएलसीपछि डोरेमीमा शास्त्रीय संगीत सिकिन् । १ सय मेघाहर्जमा भएको नेपाल भाषा गायन प्रतियोगितामा भाग लिएर प्रथम भएकी निशाले निःशुल्क गीत रेकर्ड गर्ने अवसरसमेत पाएकी थिइन् । त्यसपछिका दिनहरूमा उनी नेपाल भाषाको गायनमा व्यस्त रहिन् । उनले लगभग ४५ वटा नेवारी कलेक्सन एल्बममा स्वर दिइसकेकी छिन् । मिडियामा त्यति नछाए पनि नेपाल भाषाका गीत गाउँदा आत्मसन्तुष्टि मिल्ने निशा बताउँछिन् ।

वि.सं. २०६६ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गायन प्रतियोगितामा भाग लिएर प्रथम भएकी निशालाई त्यतिबेला थुपै्र वरिष्ठ गायक-गायिकाले यति मीठो स्वरकी धनि कहाँ हराइरहेको भनेर प्रोत्साहन दिएपछि मात्र उनको नेपाली गायनमा प्रवेश भएको हो । उनले नेपाली कलेक्सन एल्बमहरूका लागि गीत गाउने अवसर पाउँदै गइन् । कलेक्सन एल्बमकै 'गीत तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ' बाट उनी चर्चित भएको मान्छिन् । एक वर्षअघि आफ्नो पहिलो सोलो एल्बम लोकार्पण बजारमा ल्याएकी निशालाई एल्बमले अझ धेरै श्रोतामाझ परिचित गरायो । आधुनिक र गजल गाउन रुचाउने निशा क्लासिकल बेस भएको आधुनिक गीत गाउन मन पराउँछिन् । उनलाई आफूले गाएको बसिरहुँ भन्छु तिमीसँगै तर छुट्नुपर्छ गरूँ कसो एकदमै मन पर्ने गीत हो ।

हिजोआज उनी कलेक्सन एल्बमको गायन, चलचित्र गायनबाहेक कन्सर्टहरूमा पनि व्यस्त छिन् । नेपालका धेरैजसो ठाउँमा गाइसकेकी निशा दर्शकहरूले जमाना खराब छ र तिम्रो मेरो नै सुन्न रुचाउने बताउँछिन् । ३५ वटा नेपाली कलेक्सन एल्बममा समेत उनले स्वर दिइसकेकी छिन् । हालै उनले नेपाल भाषाको निशा शीर्षकको एल्बम बजारमा ल्याएकी छिन् । उनको राम्रो गीत गाउँदै जाने र यसमै समर्पित भएर लाग्ने सोच छ । उनले मेरो प्यारो ओखलढुंगा र नारायणगोपालको संगीत र दुर्गालालको शब्दको छः जी यथें, यो जी न छ गीत रिमेक गाएकी छिन् । निशाले इमेज अवार्डमा नेपाल भाषाको गीत २०६५, रेडियो नेपाल नेपाल भाषा गीत २०५८, इमेज अवार्ड वेस्ट फिमेल अवार्ड २०६८, कालिका एफएम वेस्ट गजल गायिका २०६७, विन्ध्यवासिनी म्युजिक अवार्ड २०६८ आदि अवार्ड पाएकी छिन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by सिर्जना दुवाल श्रेष्७
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ (थापा) मा पाइलट बन्ने इच्छा थियो तर उनको... पूरा लेख »

नवदेवी सम्मान २०७० सम्पन्न

हरेक वर्ष क्रियटिभ स्टेटमेन्ट्सका नाममा सञ्चालित सेलिब्रेटिङ... पूरा लेख »

पहिचान गरौं आफ्नो क्षमता

करिअरमा सफलता प्राप्त गर्न सही धारणा आवश्यक छ। कारण धारणाबिना जति... पूरा लेख »

जान्न, सिक्न र बुझ्न तत्पर विद्यार्थीहरू

बालबालिकाहरू स्वभावतः चञ्चल, जिज्ञासु एवं सिर्जनशील हुन्छन्।... पूरा लेख »

विज्ञापन