सुष्मा कार्की
नायिका नभएको भए ?
सम्भवतः गायिका हुन्थें ।
आफू कत्तिको राम्री छु
जस्तो लाग्छ ?
ठिक्कै लाग्छ । राम्री छु जस्तो पटक्कै लाग्दैन ।
अविवाहित हुनुको फाइदा ?
डिमान्ड बढी हुन्छ र मज्जाले समय दिन पाइन्छ ।
पुरुषहरूको मन नपर्ने बानी ?
द्वैध चरित्र देखाउने प्रवृत्ति र नचाहिने कुरामा रिसाउने ।
तीन कुरा जुनबिना
बाँच्न सक्नुहुन्न ?
परिवार, पैसा र प्रेम ।
पैसालाई कसरी परिभाषित गर्नुहुन्छ ?
शक्तिका रूपमा लिन्छु । हिजोआज पैसा नभई केही सम्भव छैन तर पैसा नै
सबैथोक होइन ।
कुन बेला खुसी हुनुहुन्छ ?
जब आफूले सोचेको कुरा पूरा हुन्छ ।
मनपर्ने दुई कलाकार ?
करिष्मा मानन्धर र मौसमी मल्ल ।
कुन नायकसँग काम गर्ने इच्छा छ ?
सलमान खानसँग ।
तपाईंको विचारमा
नारी सौन्दर्य ?
ब्युटी विथ ब्रेन एण्ड गुड हर्ट ।
तपाईंको कमजोरी ?
अरूलाई छिट्टै विश्वास गर्छु ।
भ्रमणमा कत्तिको रुचि छ ?
एकदमै, देश-विदेश घुम्ने रहर छ ।
म्युजिक भिडियोमा जम्दै शिल्पा
विराटनगरबाट ब्याचलर पढ्न आएकी शिल्पा पोखरेललाई घरबेटी बामा अभिनय गरेपछि अभिनयको नशाले छुन थाल्यो । परिणामस्वरूप उनी पढाइ थाती राखेर म्युजिक भिडियो तथा विज्ञापनहरूमा जम्न थालिन् । उनले छोटो समयमै ५५ वटा म्युजिक भिडियोमा अभिनय गर्न भ्याइसकेकी छिन् । उनी आफूले सेन्टिमेन्टल भूमिका निर्वाह गरेका म्युजिक भिडियो दर्शकहरूले औधी रुचाएको बताउँछिन् । मिलन अमात्यको जसलाई मुटुको अन्त्य ठानेको थिएँ, अञ्जु पन्त र स्वरूपराजले गाएको तिमी कसको हुने होला आदि शिल्पाद्वारा अभिनीत तथा दर्शकहरूद्वारा रुचाइएका म्युजिक भिडियो हुन् । उनलाई भने नवीन भट्टराईले गाएको तिम्रो मायाको नशामा...मा गरेको अभिनय मन पर्छ । भविष्यमा राम्रो चलचित्रमा अभिनय गरी नाम कमाउने रहर साँचेकी शिल्पालाई रेखा थापाको अभिनय रुचाउँछिन् । कलाकार हुन मेकअप तथा हेयर स्टाइलसम्बन्धी ज्ञान आवश्यक छ भन्ने लागेर उनले ब्युटिसियन कोर्स पनि गरेकी छिन् । विदेशमा कोर्स गरेर नेपालमा पार्लर स्थापना गर्ने शिल्पाको चाहना छ ।
गौरव पहाडी
तपाईंको जीवनमा महत्व राख्ने महिला ?
आमा तथा सानीआमाहरू ।
आइडियल महिला ?
अनुराधा कोइराला ।
मनपर्ने नायिका ?
पि्रयंका चोपडा ।
राम्री नायिका ?
निरुता सिंह ।
कुन नायिकासँग काम गर्ने सपना छ ?
सानैदेखि निरुता सिंहसँग अभिनय गर्ने रहर थियो, हेरौं पूरा हुन्छ कि ?
महिलाहरूको कुन कुराले आकर्षण गर्छ ?
नशालु आँखाले ।
महिलाका गुणहरू के-के हुन् ?
मीठो बोली-बचन र केयरिङ ।
महिलाहरूको कुन कुराले दिक्क बनाउँछ ?
बढी केयर गर्ने र एटिच्युट देखाउने बानीले ।
गर्ल प|mेन्ड छिन् कि ?
अहिले छैन ।
जीवनसाथी कस्तो होस् भन्ने चाहना छ ?
हेर्दा साधारण, लुक्स राम्रो र धेरै नबोल्ने ।
नेपाल भाषाबाट मूलधार चलचित्रमा
सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुने असिस्मा नकर्मीले सेलिब्रेटी बन्ने सपना टिनएजमै बुनिसकेकी थिइन् । स्कुल नसक्दै एउटा नेवारी म्युजिक भिडियोमा अभिनय गरेकी असिस्माले एसएलसीपछि नेपाली म्युजिक भिडियोमा ब्रेक पाए पनि आपmनो मातृभाषा नेपाल भाषाका म्युजिक भिडियोहरूमा अभिनय गर्न थालिन् । उनले संस्कृति झल्काउने नेपाल भाषाका गीतहरूमा अभिनय गरेकी छिन् । उनी न्याल्ल ब्याँ शीर्षकको चलचित्रमा पनि नायिकाका रूपमा देखा परिसकेकी छिन् । प्लस टु सकेर उच्च अध्ययनका लागि अमेरिका पुगेकी असिस्माले उतै एक्टिङ स्कुल अफ ड्यालसमा अभिनय सिकेकी छिन् । उनी केही महिनाअघि मात्र नेपाल फर्किएकी हुन् । अमेरिकामा हुँदै दुईवटा गीतको म्युजिक भिडियोमा अभिनय गरेकी असिस्माले यहाँ आइपुग्नेबित्तिकै सिक्स फिट लाइन शीर्षकको नेपाली चलचित्रमा अभिनय गरिन् । यही वर्ष प्रदर्शन हुने यो चलचित्रबाट आफ्नो करियरले गति पाउने उनको विश्वास छ ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
तटीय मस्तीका लागि गोवा
समुद्री छालमा लुकामारी खेल्नुको आनन्द कस्तो हुन्छ ? हामी धेरैलाई... पूरा लेख »










तपाईंको प्रतिकृया