शान्त वातावरणमा बगैंचा रेस्टो तथा बार

बगैंचा रेस्टो एण्ड बार छिरेपछि यसको नामले भनेजस्तै यो रेस्टुराँ बगैंचाको बीचमा रहेको अनुभव गर्न सकिन्छ । जावलाखेलको बुद्ध एयरलाइन्स पछाडि साढे ४ रोपनी क्षेत्रफलमा फैलिएको यो रेस्टुराँ ६ महिना पहिले खुलेको हो । यसले परिकारका साथमा बगंैचा तथा हरियालीलाई विशेष जोड दिएको छ । यहाँ प्रवेश गर्दा आँप, अनार, आरू आदि फल तथा विभिन्न फूलले स्वागत गर्छन् ।

बिहान ९ बजेदेखि बेलुकी १२ बजेसम्म खुल्ने बगैंचामा बे्रकफास्टदेखि डिनरसम्म लिन सकिन्छ । लाउन्ज बार, कन्प|mेन्स रुम, प्राइभेट रुम, पार्टी हल तथा बार्बिक्यु गरी बगैंचालाई ५ भागमा विभाजन गरिएको छ । खानाका लागि त्यहाँ आफ्नो स्वादअनुसार सी फुड, भारतीय, चाइनिज, थाई आदि विभिन्न परिकार अर्डर गर्न सकिन्छ । यहाँ हरेक शुक्रबार लाइभ म्युजिकको पनि व्यवस्था गरिएको म्यानेजर देवेन्द्र बताउँछन् । उनका अनुसार बगैंचा पारिवारिक वातावरण, साथीभाइसँग रमाइलो गर्न तथा प्राइभेसी चाहनेहरूका लागि उत्कृष्ट थलो हो ।

यहाँ पारिवारिक एरिया भनेर तोकिएको ठाउँमा धूमपान गर्न पाइँदैन । यसका साथै साथीभाइसँग रमाइलो गर्ने ठाउँ पनि तोकिएको छ जसले गर्दा अरूलाई डिस्टर्ब हुँदैन । पर्सनल हाइजिनमा ध्यान दिनेले अरूको हाइजिनमा पनि ध्यान दिन्छ भन्न्ो विश्वासमा यहाँ हरेक कर्मचारीको सरसफाइमा पनि विशेष जोड दिइएको देवेन्द्र बताउँछन् । खाना कसरी पकाइन्छ भन्ने कुरा ग्राहकले प्रत्यक्ष हेर्न मिल्ने व्यवस्था छ जसले गर्दा यहाँ पाकेका खाने कुरा ढुक्क भएर खान सकिन्छ । यसको बारमा विभिन्न खालका पेय पदार्थ उपलब्ध छन् । आवश्यकताअनुसार यसका कुनै पनि सेवा उपयोग गर्न सकिन्छ । यहाँ क्रेडिट कार्ड तथा डेबिट कार्डको सुविधा पनि छ ।

कुनै विशेष अवसरमा यहाँ खेल पनि देखाइन्छ । गेमका साथमा खाना तथा पेय पदार्थको मज्जा लिन चाहने पारखीहरूका लागि यो र्स्टुराँ उत्कृष्ट छनोट हुनसक्छ । इन्डोर र आउटडोर गरी आफ्नो इच्छाअनुसार जहाँ पनि बस्न सकिन्छ । बस्नका लागि कुर्सीका साथै काउच तथा सोफा राखिएको छ । बाहिरी भागमा बगैंचाको आनन्द लिन सकिन्छ भने यसको भित्री भागको इन्टेरियरलाई नेपाली टच दिइएको छ । यो विवाह पार्टी, जन्मोत्सव, गेट टु गेदर, सेमिनार आदिका लागि पनि उपयुक्त थलो हो । यहाँ ५० देखि १ सय जनासम्म अट्ने हल छ । बार्बिक्यु गर्न चाहनेहरूका लागि पनि यहाँ ठूलो स्पेस छुट्याइएको छ । पार्किङ तथा लोकेसनका दृष्टिले पायक पर्ने यो रेस्टुराँ नयाँ स्वाद चाख्ने सुन्दर गन्तव्य हो । यहाँ जाँदा एक जोडीले सर्भिस चार्ज तथा भ्याटका साथमा १ हजारभन्दा माथि बोक्नु उपयुक्त हुन्छ । नामतोकाइ, चिकेन साथे, रोस्टेड चिकेन चिल्ली, वाइल्ड बोर यहाँका बढी रुचाइएका परिकार हुन् ।

सम्पर्क  ः ०१-५५४८१४८ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन