छुट्टै संसार कोशीटप्पु

कोशीटप्पुमा पुगेपछि सबैलाई छुट्टै संसारमा हराएजस्तो लाग्छ । नदीको तिरमा चराहरूसँग लुकामारी खेल्दै तस्बिर खिच्नुको मज्जा वर्णन गरी साध्य हुँदैन । डुँगामा कोशीटप्पुको भ्रमण गर्दा प्रत्येक पाइलामा रोमाञ्चकताको अनुभूति हुन्छ । त्यसैले वि. सं. २०३२ सालमा स्थापना भएको यो कोशीटप्पु वन्यजन्तु आरक्षमा दैनिकजसो पर्यटक आउँछन् । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुरका तीनवटा जिल्लामा फैलिएको छ । यसमा ३ जिल्लाका १६ वटा गाविस समेटिएका छन् । घाँसे मैदानले सत्तरी प्रतिशत जमिन ओगटेको यो क्षेत्रमा थोरै मात्र जंगल छ । सन् १९८७ मा रामसार सूचीमा सूचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यो आरक्षमा ४ सय ९४ प्रजातिका चरा, २ सय ३५ दुर्लभ अर्ना र ११-१२ वटा दुर्लभ डल्पिmन छन् । कोशीटप्पु एउटा वन्य जीवन शरण क्षेत्र -वाइल्ड लाइफ रिजर्भ), तलाउक्षेत्र -वेट ल्यान्ड) भएको ठाउँ हो जुन पूर्वी नेपालमा छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकको बार्‍है महिना भीड लाग्छ । यहाँ हाल ५ वटा हात्ती र केही पानीमा बस्ने जंगली भैंसी -अर्ना) छन् । यो हरिण, नीलगाई, गोही, गंगा डल्पिmनका साथै अन्य ४ सयभन्दा धेरै प्रजातिका चरा ब्ासोबास गर्ने स्थल पनि हो । कोशीटप्पु वन्यजन्तु आरक्ष दक्षिण पूर्वी तराईमा पनि सुनसरी जिल्लाको सप्तकोशी नदीको तटमा छ । राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साइबेरियादेखिका घुमन्ते चराहरू आउ-जाउ गर्छन् । सिसौ, खयर, सिमलका रुख र पोथ्राहरूले भरिएको यो टप्पु सिमसार भूमि र दलदले क्षेत्रबाहेक चराको बासका रूपमा विश्वमै प्रसिद्ध छ । नेपालभरि ८ सय ७० प्रजातिका चरा छन् जसमध्ये यहाँ ४ सय ९४ प्रजातिका स्थायी चरा छन् । यो आरक्ष लोपोन्मुख अवस्थामा रहेका अर्ना जंगली भैंसीहरूको संरक्षित वासस्थानका रूपमा स्थापना भएको थियो । यसको दक्षिणी सीमामा सप्तकोशी नदीको बाँध छ ।

भ्रमण गर्ने बढ्दै

नदीको केही भाग समेटेर पूर्व-पश्चिम १० किलोमिटर र उत्तर दक्षिण १८ किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको अवलोकन गर्न बर्सेनि विदेशी पर्यटकहरू आउँछन् । यहाँ दुर्लभ चराहरू पाइने भएकाले विश्वका विभिन्न स्थानबाट चरासम्बन्धी अध्येताहरू आउँछन् । यसबाहेक साधारण विदेशी पर्यटक तथा स्वदेशीहरू त्ा छँदैछन् । कोशीटप्पु वन्यजन्तु आरक्षणमा यस वर्ष विदेशी तथा स्वदेशी पर्यटकहरूको संख्या बढेको छ । गत चार वर्षको अनुपातमा यसपटक तीन गुणा पर्यटक बढेका छन् । आर्थिक वर्ष २०६३/६४ मा २ सय ४४ जना विदेशी र १ हजार २ सय ७१ ज्ाना स्वदेशीले कोशीटप्पुको भ्रमण गरेका थिए । आर्थिक वर्ष २०६७/६८ मा ४ सय ५२ जना विदेशी तथा ३ हजार २ सय ३ जना स्वदेशीले कोशीटप्पुको भ्रमण गरेका छन् । यहाँ नेपाली पर्यटकहरूको खासै तथ्यांक राख्ने काम भने भएको छैन । विद्यार्थीलाई निःशुल्क प्रवेश गराइने भएकाले यो संख्या त्यसभन्दा बढी निश्चित छ । यहाँ निःशुल्क प्रवेश गर्नेहरूको तथ्यांक राखिँदैन । सबैले टिकट काट्ने हो भने यो संख्या दस गुणा बढ्ने सिमसार संरक्षण तथा सदुपयोग आयोजनाका फिल्ड प्रबन्धक विवेकानन्द झा बताउँछन् ।

कोशीटप्पुको आकर्षण

आकर्षण अर्नाको

लोपोन्मुख अवस्थामा रहेको संरक्षित वासस्थानका रूपमा स्थापना भएको यो आरक्षको प्रमुख आकर्षण अर्ना -जंगली भैंसी) हो । हाल कोशीटप्पुमा २ सय ३५ वटा अर्ना छन् । नेपालमा यहाँ मात्र अर्ना पाइन्छन् । त्यसैले पनि नेपालीहरूका लागि अर्ना आकर्षक हुनसक्छन् । अर्नाका ठूल्ठूला सिङ कम डरलाग्दा हुँदैनन् । अर्ना दिउँसो आरक्षको घाँसे मैदानमा हूलमा चरिरहेको देख्न सकिन्छ । यो आरक्षमा अन्य २० प्रकारका साना-ठूला हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिंगर आदि जनावर तथा दुर्लभ चरा प्ानि छन् । यसबाहेक कोशी नदीमा चराहरूसँगै ८० प्रजातिका माछाका साथै दुर्लभ घडियाल गोही तथा ग्यांगेटिक डल्पिmन पनि पाइन्छन् । यो आरक्ष दुर्लभ गिद्धका लागि पनि प्रसिद्ध छ ।

दृश्य दुर्लभ चराको

कोशीटप्पु वन्यजन्तु आरक्षण  घांँसे मैदानले भरिएको छ । यहाँ पानी तथा घाँसे मैदानमा बस्ने जनावर र पंक्षीहरू पाइन्छन् । यहाँ खयर, साल तथा सिसौ आदि पनि पाइन्छन् । विश्वमै दुर्लभ मानिएका चराचुरुङ्गीहरूसहित ४ सय ९४ प्ा्रजातिका चराचुरुंङ्गी पाइने यो आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका १ सय १४ वटा पंक्षी फेला पर्छन् जसमध्ये लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज, फिसिङ इगल, टफटेड सोभलरडक व्रेस्डेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमै दुर्लभ चराहरूअन्तर्गत पर्छन् । विश्वमा कतै नपाइने स्वाम प्याटि्रज नामक चरा यहांँ पाइन्छ । कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घांँटी भएका चराका साथै कर्‍याङकुरुङ, सारस तथा पानीहांँस पनि देख्न पाइन्छ । कोशीटप्पु दुर्लभ चराको दृश्यका लागि पनि प्रख्यात छ ।

घुमन्ते चराहरूको चर्तिकला

कोशीटप्पुलाई अर्नाको राजधानी एवं चराहरूको स्वर्ग नै भनिन्छ । कात्तिकदेखि फागुन महिनासम्ममा चीन, श्रीलङ्का, भारत, तिब्बत आदि देशबाट चराहरू आउँछन् र केही समय बसेपछि उनीहरू पाकिस्तान, अफगानिस्तान हुँदै अपि|mका, युरोपतिर जाने चरा अनुसन्धानकर्ताहरू ब्ाताउँछन् । जाडो मौसममा रुसको साइबेरिया, मंगोलिया, चीन, तिब्बत, काजकस्तान, अफगानिस्तान, स्पेन तथा इरानबाट पनि चराहरू यहाँ आएको पाइन्छ । ती चराहरू कोशीटप्पुको घाँसे म्ौदान र सप्तकोशीको पानीमा रमाउँछन् । स्थायी र बाहिरबाट आएका चराहरूको चर्तिकला हेर्न लायक हुन्छ जसमा पानी हाँस, खैरे चिचिल्कोटे, धोबिनी चरा, सिलसिले, मलाहा चील, लघु राजपुत्रिका, भुंँडीफोर, मलाहा हुचील, सेतो टिकटिके, कालो भुंँडीफोर, काकाकुल, टुँइसी सुगा, सेतो गिद्ध, सुन ढुकुर, डांँफे, हिउंँ कुखुरा, थोप्ले लाटोकोसेरो, बगाले सिम कुखुरा, ठूलो माटीकोरे, कालो धनेश, कौरे हाँस, ध्यानी बकुल्ला, ठूलो सेतो बकुल्ला, मयूर, डाङ्ग्रे सारौं, तार्के जुरेली, डबुल्की चरा, लामखुट्टे श्येनबाज, फुस्रो टिकटिके, डंगर गिद्ध, चखेवा-चखेवी, लामा औंले, फाप्रे चरा, श्वेतवक्ष जुरेली, सेतो साँवरी, जलेवा, सिम बकुल्ला, कण्ठे ढुकुर, पौवे सारौं, पिरजा, कालो बुङ्गे चरा, कण्ठे सुगा, काग, रुख भंँगेरा, कुर्ले ढुकुर, कालो चिबे, भुंँडीफोर गरुड, गोमायु महाचील, मुसे चील, सारस आदि चरा प्रमुख छन् ।

सप्तकोशी नदीमा जलविहार

तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो । आरक्षण घुम्न जानेहरूका लागि आसपासको क्षेत्रले मात्र होइन सप्तकोशी नदीमाथिको डुँगा र र्‍यापmटिङले समेत मन तान्न सक्छ । काभ्रे जिल्लाको दोलालघाटबाट भोटेकोशीमा र्‍याफ्टिङ गर्दै वराहक्षेत्र चतरा निस्केर कोशीटप्पुको भ्रमण गर्न सकिन्छ । धरानबाट २६ किमि उत्तर मूलघाट गएर र्‍याफ्टिङ गर्दै चतरा भएर कोशीटप्पु र्झन सकिन्छ । चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ ।

भ्रमण दुई रात तीन दिन

कोशीटप्पुमा अर्ना र चराहरू हेर्न दुई रात तीन दिनको समय चाहिन्छ । कोशीटप्पुका टुरिस्ट गाइड राजकुमार सिंहका अनुसार त्यहाँ भ्रमण गर्न कम्तीमा दुई रात बस्नुपर्छ अनि मात्र चरा र अर्ना अवलोकन गर्न सकिन्छ । राम्रोसँग घुम्न समय लाग्ने भएकाले पनि यो प्याकेजमा भ्रमण गर्नेले समय छुट्टाएर कोशीटप्पु आउनुपर्छ । यसबाहेक आफ्नो समय अनुकूल दिन लम्ब्याउँदा पनि हुन्छ । विदेशीका लागि कोशी क्याम्प, मधुवन र कोशी वाइल्डलाइफ क्याम्प, प्रकाशपुरजस्ता राम्रा होटल छन् । स्वदेशी पर्यटकका लागि प्रकाशपुर, मधुवन तथा पश्चिम कुशाहामा एक दर्जनजति होमस्टे खुलेका छन् । मुख्य चराहरूको वास्ास्थान नदीको पारिपट्ट िभएकाले राम्रोसँग चरा अवलोकन गर्न भित्र जानुपर्छ । त्यसका लागि डुँगा भाडामा लिएर दिनभरि घुम्नुपर्छ । एक जना गाइड लानु अनिवार्य हुन्छ जसले वन्यजन्तु र चरा पाइने स्थान देखाउनुका साथै चिनाउन मद्दत गर्छन् । यहाँ अधिकांश मानिस भने नदी तटमा उभिएर चरा देखिएन भन्दै फर्किने गरेको गाइड राजकुमार बताउँछन् । उनी भन्छन्-'चरा र अर्ना हेर्न त भित्र जानुपर्छ यहाँ मानिस भएको ठाउँमा कहाँ

आउँछन् ? विद्यार्थीलाई निःशुल्क प्रवेश गराइने यो आरक्षणमा विदेशीहरूसँग प्रतिव्यक्ति ५ सय रुपैंयाँ लिइन्छ । सार्क राष्ट्रका नागरिकसँग प्रतिव्यक्ति २ सय ५० रुपैंयाँ लिइन्छ भने नेपाली नागरिकबाट प्रतिव्यक्ति २० रुपैंयाँ लिइन्छ । यहाँ पिकनिकका लागि प्रति समूह ३ सय रुपैयाँ तिर्नुपर्छ । हात्ती चढ्न प्रतिव्यक्ति प्रतिघन्टा २ सय तथा डुँगा सयरका लागि प्रतिदिन ३ हजारदेखि ३५ सय रुपैंयाँसम्म भाडा तिर्नुपर्छ ।

भ्रमण मौसम

आरक्षमा तीन अलग मौसम अनुभव गर्न पाइन्छ । गर्मीको मौसम फागुनदेखि जेठसम्ममा न्यूनतम वषर्ासँगै तीव्र गर्मी हुन्छ । त्यतिबेला यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेडसम्म पुग्न सक्छ । मनसुन जेठको अन्त्य तथा असारको सुुरुमा प्रारम्भ हुन्छ र भदौसम्म लगातार वषर्ा हुन्छ । सबैभन्दा भारी वषर्ा साउनतिर हुन्छ । शिशिर ऋतुलाई उपयुक्त मौस्ाम, खुल्ला आकाश र उपयुक्त तापक्रमयुक्त मानिन्छ । यो मौसममा एकदम ठन्डा हुन्छ । यो महिनालाई भ्रमण योग्य समय मानिन्छ । यतिबेला चराहरूको राम्रो जमघट हुन्छ । कात्तिकदेखि फागुनसम्म अर्ना र चराको संसार हेर्न रमाइलो हुन्छ । यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै बेग्लै हुन्छ । अझ हात्ती चढेर आरक्षण र नजिकैका गाउँ घुम्दाको मज्जा बेग्लै हुन्छ ।

कसरी पुग्ने ?

विराटनगरबाट करिब ५० किलोमिटर उत्तर-पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम-दक्षिणमा अवस्थित कोशीटप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वप्रसिद्ध छ । पहिले सप्तकोशी नदी तटबन्ध काटेर बस्तीमा प्रवेश गरेकाले कोशीटप्पु पुग्न इटहरी र इनरुवाबीचमा पर्ने झुम्का तथा धरान चतरा भएर जानुपर्ने अवस्था थियो । अहिले  विराटनगर र धरानबाट कोशीटप्पुसम्म पुग्न यातायातको सुविधा छ । हवाई तथा स्थलमार्गबाट पनि त्यहाँ पुग्न सकिन्छ । पूर्व-पश्चिम राजमार्गको लौकही नजिकैको जमुवा नहर, पश्चिम कुशाहाबाट दुई किमि उत्तरमा रहेको आरक्षणको दक्षिणी भागबाटै त्यहाँ पुग्न सकिन्छ । यसबाहेक आरक्षको सप्तरी र उदयपुरस्थित चेक पोस्टबाट पनि त्यहाँ प्रवेश गर्न सकिन्छ । सप्तरीबाट कन्चनपुरको बदगाह र उदयपुरको तपेश्वरीबाट पनि आरक्ष क्षेत्रमा प्रवेश गर्न सकिन्छ ।

चराको वेवसाइट

फोटो पत्रकार यात्रा थुलुङले कोशीटप्पुमा पाइने चराका तस्बिर संकलन गरेका छन् । उनले आफ्नो वेवसाइटमा चार दर्जनभन्दा बढी जातका चराको तस्बिर राखेका छन् । कोशीटप्पुमा पाइने चराहरूका आकर्षक तस्बिर धधध।ष्पimबलभउब।अिom मा हेर्न सकिन्छ जहाँ पानी हाँस, चखेवा-चखेवी, गिद्ध, माटीकोरे, बकुल्ला, गरुड, साँवरी, जुरेली, जलेवा, भंँगेरा आदिका तस्बिर संग्रह गरिएको छ ।



कोसी टप्पु वाइल्ड लाइफ क्याम्प

नेपालको सबैभन्दा ठूलो नदी कोसीको सेरोफेरोमा बनेको कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा कोसी टप्पु वाइल्ड लाइफ क्याम्प छ । कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र वन्यजन्तुको संरक्षणका लागि निर्माण गरिएको हो । यहाँ भेटिने दुर्लभ चराचुरुङ्गी तथा वन्यजन्तु स्वदेशी एवं विदेशी पर्यटकका लागि निकै आकर्षक छन् । यो संरक्षण क्षेत्रभित्र रहेको कोसी टप्पु वाइल्ड लाइफ क्याम्प प्राकृतिक सौन्दर्य अवलोकनका लागि उत्कृष्ट गन्तव्य हो । सन् १९९३ मा स्थापित यो क्याम्पलाई आरक्षण क्षेत्रभित्र निर्माण भएको पहिलो लक्जरियस वाइल्ड लाइफ क्याम्पका रूपमा लिइन्छ । यहाँ सफारी स्टाइल टेन्टमा १२ वटा क्याम्प छन् । १५ विघा क्षेत्रफलमा फैलिएको यसका हरेक टेन्टमा २ वटा बेड छन् । यहाँ आरामदायी तथा सफा कोठाका साथै तातो र चिसो पानीको पनि व्यवस्था छ । ट्वाइलेट मोडर्न छ भने बत्तीका लागि भने मैनबत्ती तथा लालन्टिन प्रयोग गरिन्छ ।

स्थापना कालमा यो रिसोर्ट चराचुरुङ्गी हेर्ने मानिसहरुलाई लक्षित थियो तर पर्यटकको बढ्दो भीड तथा प्रकृतिप्रेमीहरूलाई पनि समेट्ने उद्देश्यले यसले बिदामा प्रकृतिको काखमा बस्न चाहने मानिसका लागि पनि आफ्नो ढोका खुला गरेको छ । यहाँ बसेर प्रकृतिको अलौकिक सौन्दर्य अवलोकन गर्न पाइन्छ ।

वषर्ामा कीराहरू बढ्नुका साथै पानी पनि जम्ने हुँदा यो मनसुनभरि बन्द हुन्छ । त्यहाँ पुग्न अक्टोबरदेखि मार्च महिना उपयुक्त मानिन्छ । ग्राहकको सजिलो तथा चराचुरुङ्गीलगायत वन्यजन्तुका बारेमा जानकारी दिन यहाँ न्याचुरालिस्ट तथा बर्ड स्पेसलिस्ट छन् । यो क्षेत्रमा लामो समय बिताएका तथा अनुभवी स्टाफले ग्राहकलाई गाइड गर्छन् । टेन्ट स्टाइलमा निर्माण भएको क्याम्प भए पनि यसले मानिसको जिब्रोको स्वादलाई पनि विशेष प्राथमिकता दिएको छ । यसका लागि बीच भागमा रहेको गोल घरमा विभिन्न स्वादका परिकार पस्किइन्छ । यहाँ  विदेशीका साथै नेपाली स्वादका खानाको मज्जा समेत लिन सकिन्छ । कोसी टप्पु जाँदा कम्तीमा पनि २ रात ३ दिनको बसाइ  उपयुक्त हुन्छ ।  त्यहाँ जाँदा क्यामेरा र बाइनाकुलर बोक्नुपर्छ । यसका साथै केही मात्रामा अत्यावश्यक औषधि तथा कीरा रोख्न सक्ने सामग्री लिएर जानुपर्छ । क्याम्पले आफ्ना ग्राहकको बसाइअनुसार कार्यक्रम बनाउँछ । उक्त कार्यक्रममा खोलाको किनार हुँदै बिहानको जङ्गल वाकमा चराचुरुङ्गीे, हरिण, जलगैंडा आदि हेर्दै मज्जा लिन सकिन्छ । त्यसैगरी डुँगाबाट जाँदा डल्पिmन, मार्स मुगर आदि हेर्न सकिन्छ । यसका साथै यहाँको यात्रामा थारु गाउँको विस्तृत जानकारीको व्यवस्थ्ाा पनि छ ।  

यो टेन्ट क्याम्प काठमाडौंबाट हवाई मार्ग हुँदै ४५ मिनेटमा विराटनगर पुगिन्छ । त्यसपछि १ घन्टा ४५ मिनेटको बस यात्राबाट कोसी टप्पु वाइल्ड लाइफ क्याम्प पुग्न सकिन्छ । बसमा काठमाडौंबाट सामान्यतया १० घन्टामा पुग्न सकिन्छ । चितवनबाट भने ७ घन्टाको यात्रामै कोसी टप्पु पुग्न सकिन्छ । ग्राहकको सजिलोका लागि बस स्टप तथा एयरपोर्टबाट पिक एण्ड ड्रपको सुविधा छ । यहाँ डेबिट एवं क्रेडिट कार्डको पनि व्यवस्था छ । त्यहाँ रिजर्भेसन गरेर जाँदा राम्रो हुन्छ । यसको सम्पर्क कार्यालय कमलादीमा छ । फोन नम्बर ०१-४२२६१३० ः तथा ४२४७०७८ । 

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by भीषण राई
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन