फेसनमा पिन्ज फेन्सी
फेसनको संसारमा पि|mन्जको प्रयोग बढ्दो पाइन्छ । पहिरनदेखि विभिन्न एसेसरिजमा यसको प्रयोगले फेसन स्टाइललाई थप आकर्षक बनाएको छ । पि|mन्जलाई झल्लरयुक्त पहिरन पनि भन्न सकिन्छ । यसले व्यक्तित्वलाई अपिलिङ टच प्रदान गर्छ । त्यसैले यस्तो पहिरनलाई आफ्नो वार्डरोबको अभिन्न हिस्सा बनाउनुपर्छ ।
विशेष गरी युवतीहरू पि|mन्जलाई इभिनिङ वेयरका रूपमा प्रयोग गर्न रुचाउँछन् ।
पि|mन्ज ड्रेसमा ब्लु, ब्ल्याक र रेड बढी सुहाउँदो हुन्छ । रंग छनोट गर्दा आफ्नो स्किन टोन सुहाउँदो छ-छैन विचार पुर्याउनुपर्छ ।
ड्रेसमा थोरै मात्र पि|mन्ज छ भने पि|mन्जयुक्त एसेसरिज प्रयोग गर्नु उपयुक्त हुन्छ ।
पि|mन्ज अग्ला युवतीहरूलाई बढी सुहाउँछ, लामो खुट्टामा झल्लर भएको स्कर्ट पनि सुहाउँदिलो हुन्छ ।
मोटो शरीर भएकाहरूले आफ्नो पेट लुकाउन यस्तो पहिरन लगाउन सक्छन् ।
पि्रन्टेड फेबि्रकमा पनि पि|mन्जको प्रयोग राम्रो हुन्छ ।
परिवर्तनका लागि सिम्पल पहिरनमा पि|mन्ज भएको डेनिम ज्याकेट प्रयोग गर्न सकिन्छ । यसले साधारण तर ग्ल्यामरस लुक प्रदान गर्छ ।
एसेसरिजका रूपमा पि|mन्जयुक्त ब्याग, बुट्स, स्कार्फ आदि प्रयोग गर्न सकिन्छ । यस्तो शैली हिजोआज निकै प्रचलनमा छ ।
स्कर्टमा पि|mन्ज प्रयोग भएको छ भने त्यसका साथमधधा प्लेन टप लगाउनु राम्रो हुन्छ । यसले व्यक्तित्वलाई हट एवं सिम्पलको संयुक्त लुक प्रदान गर्छ ।
साडीजस्तो एथनिक पोसाकमा पि|mन्ज पर्स र ब्याग प्रयोग गर्नु हुँदैन ।
कतिपय युवती पि|mन्जका नाममा माथिदेखि तलसम्म पि|mन्जबाट ढाकेर प्रस्तुत भएका हुन्छन् । यसो गर्नु ठीक होइन, यसले व्यक्तित्वलाई सर्कसको जोकरजस्तो देखाउँछ ।
इभिनिङ पार्टीका लाथि पि|mन्ज लगाउने हो भने एसेसरिजका नाममा ठूल्ठूला इयरिङबाट काम चलाउन सकिन्छ । पार्टीमा बढी मोजमस्ती गरिन्छ भने केशमा हेयर एसेसरिज प्रयोग गर्नु राम्रो हुन्छ ।
टप वा ज्याकेटमा पि|mन्ज छ भने त्यसलाई स्किनी जिन्ससित जोडा मिलाउनु राम्रो हुन्छ । यसबाट व्यक्तित्व सुन्दर देखिन्छ ।
नि-लेन्थयुक्त पि|mन्ज कुनै पनि पार्टीका लागि पर्फ]{ट हुन्छ ।
होचा युवतीहरूले हाइ हिल बुटका साथमा पि|mन्ज लगाउँदा सुहाउँछ ।
पि|mन्ज भएको ब्याग खरिद गर्दा लेदर ब्याग छनोट गर्नुपर्छ । लेदर ब्यागका साथमा पि|mन्ज बढी सुहाउँदिलो हुन्छ ।
फिगर स्लिम छ भने पि|mन्ज ड्रेस टिनएजर तथा यंग गल्र्सलाई मात्र नभएर थर्टी प्लस युवती/महिलाहरूलाई पनि सुहाउँछ ।
प्लेन फेबि्रकको पि|mन्जबाहेक विडेड पि|mन्जयुक्त पहिरन पनि सुन्दर बनाउन उपयोगी साबित हुन्छ ।
विडेड पि|mन्ज भएको पहिरनमा क्रिस्टल, वुडन, मेटलको विड बढी रुचाइन्छ । यस्तो पहिरनमा थुप्रै तह बनाउन सकिन्छ, यो टिनएजर्सलाई बढी सुहाउँ छ ।
सलवार सुटका साथमा पि|mन्ज भएको स्टोल प्रयोग गर्न सकिन्छ । यसले इन्डो वेस्टर्न लुक प्रदान गर्छ ।
सिम्पल जिन्स र टिसर्टका साथमा पि|mन्जयुक्त बेल्ट प्रयोग गरे व्यक्तित्व आकर्षक बन्छ ।
पि|mन्ज ड्रेस कलरफुल छ भने एसेसरिजको नाममा एउटा ब्रासलेट मात्र पनि पर्याप्त हुन्छ ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया