स्वस्थ जीवनका लागि जीवनशैलीमा परिवर्तन

हेल्थ इज वेल्थ भन्ने कुरालाई हामीले बाल्यावस्थादेखि सुन्दै र पढ्दै आएका छौं । सम्भवतः सफल जीवनको मूल आधार नै स्वस्थ शरीर हो । स्वस्थ शरीरमै स्वस्थ मस्तिष्कको निवास हुन्छ । धेरै काम गर्नु, हतारमा जे भेटियो त्यही खानु, पूर्णरुपमा ननिदाउनु, आराम नगर्नु, अव्यवस्थित दिनचर्या आदिका कारण हाम्रो स्वास्थ्यमा प्रतिकूल असर परिरहेको हुन्छ । अतप् स्वस्थ जीवनका लागि खानपान, बानी व्यवहार, जीवनशैली आदिमा ध्यान दिनुपर्छ । यदि यी सबै कुराको सही रुपमा पालना भयो भने हाम्रो जीवनमा सकारात्मक प्रभाव पर्छ र हामी स्वस्थकर जीवनयापन गर्न सक्छौं । प्रदूषित वातावरण तथा अस्वस्थकर खानाले त्यसलाई अझ कठिन बनाइदिन्छ ।

बालक, युवा वा बृद्ध हरेकलाई कुनै न कुनै रोगले पिरोलिरहेको हुन्छ । मानौं आधुनिक एवं प्रतिस्पर्धात्मक यो युगको अर्को परिचय नै शारीरिक अस्वस्थता हो । के पुरातन समयदेखि नै मानव समाजमा यस्ता समस्या थिए ? उत्तर खोज्ने क्रममा करिब पाँच दशकअघि फर्केर हेर्दा मात्रै पनि यसको सीधा र सरल उत्तर हामी पाइन्छ । निश्चित र निर्धारित समयमा सुत्ने र उठ्नु, साँझको समय परिवारसित बसेर बिताउनु, खाना खाने समयमा निश्चित हुनु, सादा जीवन र उच्च विचारलाई पछ्याउनु वा राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने व्यक्ति स्वस्थ, धन एवं ज्ञानबाट समृद्ध हुन्छ भन्ने आदर्शलाई यथासम्भव व्यवहारमा लागू गर्ने प्रयास आदि । यी सब कुराको परिचय उतिबेलाको मानव जीवनशैलीको परिचय बनेको थियो तर परिवर्तित समयसित समानान्तर रुपमा अघि बढ्ने कुरामा आधुनिकीकरण, उच्च शिक्षा, प्रतिस्पर्धापूर्ण वातावरणबीच मानव जीवन जति अल्झँदै गयो त्यति उसको जीवनशैलीमा परिवर्तन देखा पर्न थाल्यो । हरेक पल प्रतिस्पर्धा, भागदौड, असीमित काम गर्ने समयशैली, रोजगारीको असुरक्षा, कम समयमा धेरै सम्पत्ति कमाउने चाहनासँगै मानवको जीवनशैलमिा समय र फुर्सदको अभाव हुँदै गएको छ । काम गर्ने समय बढ्नाले दिनचर्या लामो भएको देखिन्छ भने रात छोटिँदै गएको अनुभव हुन्छ । कल सेन्टर्स, नेट सफिर्ङ, पार्टी, डिस्को, क्यासिनो आदिले रातदिनको फरकलाई कम गर्दै लगेको अनुभव हुन्छ । निद्रा, आराम र खाने समयमा अनिश्चितता हुनाले स्वास्थ्यमा बढी प्रतिकूलता देखिन थालेको छ । हाइपरटेन्सन, उच्च रक्तचाप, हृदय रोग, मधुमेह आदि रोगले बालकदेखि बृद्धसम्म सबैलाई सताएको देखिन्छ । स्वस्थकर जीवनका लागि जीवनशै्रलमिा परिवर्तन ल्याउनुपर्छ । सम्भवतः जीवनमा सबैभन्दा पहिलो आवश्यकता हो भोन । भोजनले पाचन प्रणालीको माध्यमबाट सम्पूर्ण शरीरलाई पोषण प्रदान गर्छ । दाल, भात, तरकारी, फलफूल, हरियो सागपात,दूध, दही आदि सन्तुलिन आहारबाट शरीरलाई आवश्यक पोषकतत्त्व प्राप्त हुन्छ । अतः यी कुरालाई आफ्नो नियमित आहारको हिस्सा बनाउनुपर्छ । यद्यपि बदलिँदो परिस्थितिअनुसार शारीरिक ऊर्जाको आवश्यकतामा कमी आएको पाइन्छ । पहिले ३ हजार क्यालोरी आवश्यकता पथ्र्यो भने आज यान्त्रिक युगमा १५ देखि २० हजारसम्म क्यालोरी भए पुग्छ । यान्त्रिक युगमा बढी मानव निर्मित यन्त्र, मेसिनको प्रयोग हुने भएकाले मानवीय ऊर्जा कम खर्च हुन्छ । अतः आफ्नो आवश्यकताअनुसार आफ्नो खानपानमा परिवर्तन ल्याएर स्वस्थकर जीवन बिताउन सकिन्छ । रोग नहुनु स्वस्थता होइन, स्वस्थताको अभाव हुनु नै रोगको संकेत हो ।

वर्तमान जीवनशैलीमा हामीले स्वास्थ्यभन्दा स्वादलाई बढी महत्व दिएका छौं । फास्टफुडप्रति आकर्षण दिनहुँ बढ्नुको कारण पनि यही नै हो । केही सुविधाका कारण त केही आधुनिकताको नाममा फास्टफुडको लोकपि्रयता बढ्दो छ । एक सर्वेक्षणअनुसार सहरी क्षेत्रमा करिब ४० प्रतिशत वयस्कले सातामा दुईपटक फास्टफुड खाने गरेको पाइन्छ । रंग, रुप एवं स्वादमा राम्रो हुनुका साथै समयको बचावटका कारण फास्टफुड आजको व्यस्त जीवनशैलकिो अभिन्न अंगका रुपमा विकसित हुँदै गएको देखिन्छ । यद्यपि परिस्कृत एवं प्रशोधिन उत्पादनतर्फको यो आकर्षणलाई स्वास्थ्यका दृष्टिले लाभदायक भने मानिँदैन ।

मानव जीवनसित जोडिएका विभिन्न पक्षका बारेमा गरिएका विभिन्न अनुसन्धानअनुसार निद्रा नलाग्ने रोग नै सबैभन्दा ठूलो समस्या बन्न पुगेको छ । निद्राले मस्तिष्कलाई आराम प्रदान गर्छ र यसको कमीले जैविक चक्रमा नकारात्मक प्रभाव पार्छ । निद्राको कमीले टाउको दुख्ने, शरीर दुख्ने, तनाव आदि रोगदेखि लिएर उच्च रक्तचाप, तनाव, हृदयरोग आदि गम्भीर समस्या उत्पन्न हुने सम्भावना हुन्छ । निद्राको कमीले हार्मोनको सन्तुुलनमा गडबडी भएर मोटोपन, चिन्ता, निराशा आदिले सताउँछन् । अतः स्वस्थ जीवनका लागि ६ देखि ८ घन्टासम्म सुत्नुपर्छ ।

स्वस्थ जीवनका लागि नियमित काम र व्यायाम पनि उत्तिकै आवश्यक छ । प्राणायाम, योगाभ्यास, सूर्य नमस्कार र मर्निङवाक आदि स्वस्थकर जीवनका लागि अत्यावश्यक मानिन्छन् । यसबाट मानव मुटु स्वस्थ रहन्छ, निद्रा राम्रोसँग लाग्छ र शरीर तन्दुरुस्त रहन्छ । व्यायाम कस्तो, कसरी र कति समय गर्ने भन्ने विषयमा आफ्नो शरीरको क्षमता र दैनिक क्रियाकलापअनुसार तय गर्नु राम्रो हुन्छ ।

स्वस्थ जीवनका लागि पारिवारिक एवं सामाजिक सम्बन्धले पनि ठूलो भूमिका खेल्छ । यदि घर, परिवार, मित्रजन तथा समाजसित जोडिएको सम्बन्ध सुमधुर छ भने त्यसले मानसिक एवं नैतिक बल प्रदान गर्छ । कुनै कठिन परिस्थितमिा पनि परिवारको साथ र सहयोग प्राप्त छ भने तपाईं त्यो परिस्थितिबाट उम्कन सक्नुहुन्छ । समाजको तपाईंको सकारात्मक धारणाले आत्मविश्वास बढ्छ । कार्य क्षमतामा वृद्धि हुन्छ र आफ्नो कार्य क्षेत्रमा अघि बढ्न सकिन्छ । यी सबै कुरा स्वस्थकर जीवनका महत्त्वपूर्ण पक्ष हुन् ।

स्वस्थ जीवनका लागि खानपान, निद्रा, सोचविचार, कामका अतिरिक्त व्यक्तिगत बानी-व्यवहारले पनि उत्तिकै भूमिका खेल्छ । शारीरिक एवं मानसिक हाइजिन, स्नान, पहिरनको छनौट, कस्मेटिकको प्रयोग, चस्मा, जुत्ता आदिको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । साथै उठ्ने, बस्ने, सुत्ने, हिँड्ने, पढ्ने लेख्ने आदि कुरामा पनि ध्यान दिनुपर्छ । सबै कुरामा संवेदनशील भए स्वस्थकर जीवन बिताउन सकिन्छ । आफ्नो सोच एवं जीवनशैलीमा परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ । उचित समयमा परिवर्तनको मार्ग रोज्नुपर्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन