ऊनीका कपडाको हेरचाह

रोजिन शाक्य

स्वेटर धुँदा

    ऊनीको कपडालाई मनतातो पानीमा धोए लामो समय टिक्छ ।

    कतिपय ऊनीका कपडालाई सीधै हातले धुन सकिन्छ भने कतिपयलाई ड्राइक्लिनको आवश्यकता पर्छ ।

    ऊनीका कपडालाई माइल्ड डिटरजेन्टले सफा गर्नुपर्छ । यसो गर्दा कपडा बिग्रने डर हुँदैन ।

    स्वेटरलाई झुन्ड्याएर सुकाउनु हुँदैन । भुइँमा, समतल स्थानमा अखबार वा सफा कपडा ओछ्याएर छायामा सुकाउनुपर्छ ।

    स्वेटरलाई हल्का ढंगले निचोर्नुपर्छ । सुकेपछि त्यसको रेसालाई हलुका हातले झार्नुपर्छ ।

    शुद्ध ऊनीका सल, स्वेटर, ब्ल्याङ्केट तथा ज्याकेटलाई ड्राइक्लिन गर्नुपर्छ । घरमै पानीमा धुनु हुँदैन ।

    ऊनीका कपडा लगाएपछि ब्रसले सफा गर्नुपर्छ ।

 ऊनीका कपडा धोएपछि उल्ट्याएर सुकाउनुपर्छ ।

    स्वेटर धोएपछि अन्तिम पटक पखाल्ने पानीमा केही थोपा ग्लिसरिन हाल्नुपर्छ । यसबाट स्वेटरको चमक कायम रहन्छ ।

स्वेटर खुम्चिए

स्वेटरमा तातोपानी पर्‍यो भने खुम्चिन सक्छ । यस्तो हुनुको कारण यसका रेसा आपसमा अल्झनु हो । त्यसलाई ठीक गर्न स्वेटरलाई हल्का मनतातो पानीमा कुनै माइल्ड डिटरजेन्ट हालेर दस मिनेट छोड्नुपर्छ । त्यसपछि सफा गरे स्वेटर पहिलेको आकारमा आउाछ । आपसमा रेसा अल्भिmए अमिलो दहीले मलेपछि ठीक हुन्छ ।

स्वेटरमा दाग लागे

    ऊनीका कपडामा पेन वा पेन्सिलको दाग लागे अल्कोहल र सेतो सिरका बराबर मात्रामा मिसाएर लगाई केही समय छोड्नुपर्छ । त्यसपछि हल्का हातले मलेपछि दाग निस्कन्छ ।

 मसीको दाग लागेको ठाउँमा स्पिरिटमा कपडा भिजाएर लगाउनुपर्छ । त्यसपछि चिसो पानीले पखाले दाग सफा हुन्छ ।

 कपडामा चियाको दाग लागेको छ भने मनतातो पानीमा स्पिरिट मिसाएर धुनुपर्छ ।

 प्रेस गर्दा सावधानी अपनाउनुपर्छ

 ऊनीका कपडा प्रेस गर्दा स्टिम आइरन प्रयोग गर्नुपर्छ ।

 प्रेस गरेर पूर्णरूपमा सुकाउनु ठीक होइन ।

 कपडालाई उल्टोबाट प्रेस गर्नुपर्छ ।

    सुल्टो प्रेस गर्दा माथिबाट सुती कपडा राख्नुपर्छ ।

 भिजेका वा ओसिला ऊनीका कपडामा आइरन गर्नु हुादैन ।

स्वेटर स्टोर गर्दा

    स्वेटर स्टोर गर्ने ट्रंक, बक्स वा आलमारी राम्रोसँग सफा गर्नुपर्छ । बक्समा सुकेका निमका पातहरू राखेर त्यसमा अखबार ओछ्याइराखे ओसका कारण कपडा खराब हुँदैनन् ।

    स्वेटरलाई मलमलको कपडामा बेरेर राख्नुपर्छ ।

    नेप्थलिनको चक्कीलाई स-साना पोकामा बााधेर बक्सको चारै कुनामा राख्नुपर्छ ।

 आलमारीमा कपडा राख्दा साबुनको र्‍यापर पनि राख्नुपर्छ । यसबाट ऊनीका कपडा सुरक्षित रहन्छन् ।

    स-साना पाउँचमा ल्वाङलाई ऊनी कपडाका बीच प्रयोग गर्नु राम्रो हुन्छ ।

 ऊनीका कपडालाई समय-समयमा घाममा सुकाउनुपर्छ ।

 ऊनीका कपडालाई सावधानीपूर्वक फोल्ड गरी ड्रायर वा ब्यागमा राख्नुपर्छ ।

 लामो समयसम्म प्याक गरी राख्न ऊनीका कपडालाई धुनुपर्छ । धोएर राखेपछि कीरा पर्ने डर हुादैन ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by रोजिन शाक्य
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

नयाँ वर्षको शुभकामना

हामीबाट बिदा भएको वर्ष २०६९ अब केवल सम्झनामा... पूरा लेख »

फेसन सप्ताह

फेसनको सम्बन्ध मानिसहरूको जीवनसँग छ। फेसन त्यस्तो कुची हो जसले... पूरा लेख »

वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश

वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »

चिन्तन

नेपाली महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरिसकेकाले प्राप्त... पूरा लेख »

विज्ञापन