स्थायी मेकअप

अफिसमा अति आवश्यक मिटिङ छ, तर भनेको बेला तयार हुने समय हुँदैन । बेलुकी पार्टी छ तर कामको व्यस्तताले पार्लर जाने समय हुँदैन । आइब्रो पनि सेपमा छैन, नङमा पनि कमजोरी देखिएको छ । यस्तो अवस्थामा स्थायी रूपमै अनुहारको मेकअप कायम रहोस् भन्ने चाहना हुनसक्छ । यो चाहना अहिले सम्भव भएको छ । एकपटक लाइनर वा गाजल लगाएपछि लामो समयसम्म त्यसमा टाउको दुखाउनुपर्दैन । एकपटक आइब्रोलाई सेपमा ल्याएपछि बारम्बार पार्लर गैरहनुपर्दैन । यो सबै स्थायी मेकअपका कारण सम्भव भएको छ ।

स्थायी मकेअप के हो ?

सौन्दर्यविद्हरूका अनुसार स्थायी मेकअप आजको आवश्यकता हो । यो सौन्दर्यसम्बन्धी धेरै समस्याको समाधान पनि हो । यो मेकअपलाई स्थायी मेकअप भनिन्छ । यो विधिमा एउटा मसिनो सियोको माध्यमबाट छालाको पहिलो झिल्लीमा विशेष किसिमको सूक्ष्म कलर पिगमेन्ट प्रत्यारोपित गरिन्छ । यसले छालाको रंग परिवर्तन हुन्छ । यो रंग वषार्ंैसम्म विशेष हेरचाहबिना पनि कायमै रहन्छ । यसबाट समय मात्र नभएर पैसा पनि बचत हुने दाबी विज्ञहरूको छ ।

साइडइफेक्ट छैन

कतिपय व्यक्तिमा स्थायी मेकअपले छाला खराब हुने वा अन्य साइडइफेक्ट देखिने भ्रम छ । विज्ञहरूले स्थायी मेकअपले गलत प्रभाव नपार्ने दाबी गरेका छन् । यसबाट एलर्जी हुन्छ भन्ने कुरा पनि गलत भएको उनीहरूको भनाइ छ । छालालाई पनि यसले कुनै असर गर्दैन । संवेदनशील छाला भएका महिलाका लागि यो राम्रो विकल्प हो । सौन्दर्य प्रसाधनबाट एलर्जीको सम्भावना बढी हुन्छ । स्थायी मेकअपबाट कुनै असर पर्दैन । अस्थायी गाजल, मस्कारा, लाइनर, लिपकलर पसिनाबाट बग्छ । लेन्स लगाउने महिलाका लागि स्थायी आइमेक वरदान नै हो । स्थायी मेकअप गरिसकेपछि आइमेकका लागि बारम्बार लेन्स निकाल्ने तथा राख्ने झन्झट बेहोर्नुपर्दैन ।

स्थायी मेकअपपूर्व

एकपटक स्थायी मेकअप गरेपछि त्यसलाई समयपूर्व हटाउन भने सहज हुँदैन । त्यसैले मेकअप गराउनुपूर्व आफ्नो लुकका बारेमा राम्रोसँग निक्र्यौर्ल गर्नुपर्छ । यसका लागि एकसातापूर्व अस्थायी मेकअप गरेर त्यो लुकलाई आफूलाई विश्वास नभएसम्म प्रयोग गर्नुपर्छ । आफ्नो लुक सुहाउँदो भएको कुरामा विश्वस्त भएपछि मात्र त्यसलाई स्थायी रूपमा परिणत गर्नु राम्रो हुन्छ । ओठको आकार, आइब्रो सेप, गाजलका साथै अन्य प्रसाधन लगाउन १५ मिनेटदेखि एक घन्टासम्म लाग्छ र त्यसका लागि एकदेखि दुई सिटिङ लिनुपर्ने हुनसक्छ । पहिलो १० दिनमा कलर पिगमेन्टको माथिल्लो परत र्झन सक्छ, तर त्यसलाई रिटचिङबाट ठीक गर्न सकिन्छ ।

यदि नेल कल्चर गराउँदै हुनुहुन्छ भने यो प्रक्रिया अलिक फरक छ । यसमा विशेष किसिमको पाउडर र जेल मिलाएर नक्कली नङ बनाइन्छ । यसलाई आफ्नो नङसित जोडिन्छ । आर्टिफिसियल नङ प्राकृतिक नङकै रूपमा बढ्छ । त्यसैले हरेक दुई महिनामा रिटचिङ गर्नुपर्ने हुन्छ ।

कसका लागि स्थायी मेकअप

स्थायी मेकअप १८ वर्षभन्दा माथिका जोकसैले गर्न सक्छन् तर गर्भवती महिला, डायविटिज एवं उच्च रक्तचापका बिरामीका लागि भने यो रिस्की हुन्छ । ल्युकोडर्माका रोगीका लागि पनि यो उपयुक्त मानिँदैन ।



मेकअप अवधि

स्थायी आइब्रो -    १५ वर्ष

स्थायी लाइनर, गाजल-    १५ वर्ष

सेमी स्थायी, आइलेन्स पर्मिङ-    २ महिना

सेमी स्थायी मस्कारा-    १०-१५ दिन

स्थायी ब्युटी स्पट-     १५ वर्ष

स्थायी लिपलाइनर-     १५ वर्ष

स्थायी लिपिस्टिक-     २ वर्ष

स्थायी कलरिङ-     १०-१५ वर्ष

स्थायी नेल कल्चर-    २ महिना

सेमी स्थायी नेल आर्ट-    ३ महिना

स्थायी ब्लसर -     १५ वर्ष

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
बहस  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ (थापा) मा पाइलट बन्ने इच्छा थियो तर उनको... पूरा लेख »

नवदेवी सम्मान २०७० सम्पन्न

हरेक वर्ष क्रियटिभ स्टेटमेन्ट्सका नाममा सञ्चालित सेलिब्रेटिङ... पूरा लेख »

पहिचान गरौं आफ्नो क्षमता

करिअरमा सफलता प्राप्त गर्न सही धारणा आवश्यक छ। कारण धारणाबिना जति... पूरा लेख »

जान्न, सिक्न र बुझ्न तत्पर विद्यार्थीहरू

बालबालिकाहरू स्वभावतः चञ्चल, जिज्ञासु एवं सिर्जनशील हुन्छन्।... पूरा लेख »

विज्ञापन