जाडोमा चाहिन्छ नरम छाला

जाडो महिना सुरु हुँदा नेपालको सौन्दर्य बजारमा एक प्रकारको परिवर्तन देखिन थाल्छ । बढ्दो जाडोसँगै छालालाई नरम बनाउने क्रिम, मोस्चराइजर, बडिलोसन तथा विविध प्याकको बजार आकासिन्छ । गर्मी महिनामा जसरी सनस्त्रिmम तीव्र रूपमा बिक्री हुन्छ त्यही दाँजोमा जाडो महिनामा कोल्ड क्रिमको व्यापार तीव्र हुन्छ । जाडो महिना सुरु हुनेबित्तिकै अनुहार फुट्ने, चाउरी देखिने समस्या जोकोहीलाई हुन्छ । त्यसका लागि अनुहार चिल्लो बनाउने क्रिम आवश्यक हुन्छ । कोल्ड क्रिम तथा मोस्चराइजरले अनुहारको नरमपन यथावत् राखी अनुहार चाउरिन तथा फुट्नबाट बचाउँछन् ।

आजभन्दा १५ वर्षअघिको परिदृश्यलाई हेर्ने हो भने जाडो महिनाका लागि केन्दि्रत गरेर अहिले जस्तो व्यापक प्रसाधन पाइँदैनथ्यो । जाडो महिनाका लागि अनुहार नरम बनाउन तर, घिउ तथा ग्लिसिरिन प्रयोगमा ल्याइन्थ्यो । बजारमा केवल बटरफ्लाई र बोरोलिन पाइन्थे र त्यो पनि उपल्लो वर्गले मात्र प्रयोगमा ल्याउँथे । बजारमा यसबाहेक कुनै विकल्प पनि थिएन । कोल्ड क्रिम लगाएर हिँड्दा अनुहार कालो हुन्थ्यो । त्यसबेला अहिले जस्तो उपभोक्ताहरूलाई छालासम्बन्धी कुनै ज्ञान पनि थिएन । त्यसैले उनीहरू बजारमा पाइने सीमित उत्पादनमा केन्दि्रत थिए तर आजको परिदृश्य निकै परिवर्तित छ । अहिले बजारमा बहुराष्ट्रिय तथा राष्ट्रिय ब्रान्डमा विविध प्रकारका जाडो लक्षित क्रिमहरू उपलब्ध छन् । जाडो केन्दि्रत मात्र होइन छालाको प्रकृति हेरी आफूलाई उपयुक्त हुने क्रिम लिन सकिन्छ । चिल्लो, खस्रो तथा सामान्य तीनै प्रकृतिका क्रिम तथा मोस्चराइजर छानेर बजारमा खरिद गर्न सकिन्छ । त्यसैगरी जाडोलाई नै लक्षित गरेर अहिले बडी क्रिम, बडिलोसन तथा स्याम्पुहरू बजारमा देखिएका छन् । लोटसका तुफन भट्टाचार्यका अनुसार जाडो महिना पनि आफ्नो उत्पादन बिक्री हुने राम्रो महिना भएको बताउँछन् ।

न्यूट्रनाइट लोटसको जाडोकालागि आएको

राम्रो उत्पादन हो । जाडो महिनामा विशेष गरी लोसन तथा कोल्ड क्रिम बढी बिक्री हुने उनी बताउँछन् ।

विशेष गरी कोल्ड क्रिम तथा मोस्चराइजर राति सुत्ने बेलामा प्रयोग गरिन्छ । राति यस्ता क्रिमहरू प्रयोग गर्दा अझ प्रभावकारी परिणाम देखिन्छ । म्याकलिभेराका घनश्याम गौतम आफ्नो ब्रान्डले जाडो महिनाका लागि सबै रेन्ज बजारमा उतारेको बताउँछन् । विशेष गरी जाडो महिनामा म्याकलिभेराको मोस्चराइजर तथा पपया कोल्ड क्रिम बढी बिक्ने गौतमको दाबी छ । राम्रो गुणस्तर तथा सन्तुलित मूल्यले गर्दा म्याकलिभेरा छोटो समयमै लोकपि्रय भएको र जाडो महिनाका लागि कोल्ड क्रिम निकै आवश्यक रहेको उनी बताउँछन् । गौतमका अनुसार कोल्ड क्रिमको नियमित प्रयोगले जाडो जस्तो सुख्खा मौससमा पनि कान्तिमय छाला, मुहार प्राप्त गर्न सकिन्छ । अहिले बजारमा ५० रुपैयाँदेखि माथिका रेन्जमा कोल्ड क्रिम खरिद गर्न सकिन्छ । त्यसैगरी विविध एमएलमा स-साना बट्टामा मोस्चराइजर क्रिम खरिद गर्न सकिन्छ । ग्राहकहरूको सुविधाका लागि अहिले पाउँचमा पनि क्रिम उपलब्ध हुन थालेका छन् ।

आस्ताबेरी तथा प|mेसियाका हेमन्त निरौलाका अनुसार नेपालमा बनेको होस् वा विदेशमा बनेको जाडो महिनामा कोल्ड क्रिमको महत्व निकै छ । ग्राहकहरूको यो पहिलो प्राथमिकतामा पर्छ । त्यसैले धेरैले सौन्दर्य प्रसाधन खरिद गर्न जाँदा कोल्ड क्रिम पनि खरिद गर्छन् । यसलाई जाडो महिनाको रुटिन भन्न सकिन्छ । हामीले पनि आस्ताबेरी तथा प|mेसिया ब्रान्डका कोल्ड क्रिम तथा मोस्चराइजर बजारमा उतारिसकेका छौं । आस्ताबेरी तथा प|mेसिया ब्रान्डका क्रिमहरू सबै प्रकृतिका छालाका लागि उपयुक्त छन् । हामीले विविध फ्लेवरका क्रिम उत्पादन गरेका छौं । यी दुवै ब्रान्डका क्रिमहरूको कुनै नकारात्मक प्रभाव छैन । जोकोहीले आफ्नो बजेटअनुसार यी क्रिम खरिद गर्न सक्छन् । जाडोका लागि एलोभेरा फेसियल प्याक, केशर प्याक उपयुक्त छन् । आस्थाबेरी तथा प|mेसियाका क्रिमहरू बट्टा तथा ट्युबमा खरिद गर्न सकिन्छ ।

नेपाली बजारमा नक्कली कस्मेटिकको बिगबिगी  छ । अझ चलेका कोल्ड क्रिमहरूको त के कुरा ? बजारमा यस्ता नक्कली क्रिम बग्रेल्ती भेटिन्छन् । यसका लागि ग्राहक आफै सजग रहनुपर्ने जोय कस्मेटिकका मणिरत्न बताउँछन् । उनका अनुहार तथा ओठका लागि कोल्ड क्रिम एवं लिप गाड उपलब्ध छ । जोयको हनी एण्ड अल्मोड क्रिममा बदामको एउटा विशेष प्रकृति हुन्छ जसले अनुहारलाई मुलायम बनाउँछ । त्यसैगरी स्त्रिmन प|mुट मोस्चराइजरले फलको सुवास प्रदान गर्दै अनुहारलाई दूषित पदार्थबाट रक्षा गर्छ । जोयका क्रिमहरू ५ सय एमएल तथा लोसन पनि ५ सय एमएलसम्ममा उपलब्ध छन् । त्यसैगरी जोयका लिप गार्डहरू भिटामिन ईयुक्त छन् जसले ओठलाई नरम बनाउँछन् ।

जाडो महिनामा अनुहारको छाला मात्र होइन ओठ तथा केशको स्काल्प पनि सुख्खा हुन्छ । त्यसैले यस्ता अङ्गहरूको विशेष रेखदेख गर्नुपर्छ । पानामा हर्बलका अनुज अग्रवाल गर्मीमा भन्दा जाडोमा छालाको हेरचाह बढी गर्नुपर्ने बताउँछन् । सुख्खा वातावरणले गर्दा अनुहारमा चाउरी देखा पर्छ अनि हाम्रो व्यक्तित्व नै खल्लो देखिन सक्छ । हामीहरूमध्ये धेरैले जाडो महिनामा छालाको त्यति स्याहार गर्दैनौं । यो एकदमै गलत हो । जाडोमा सकेसम्म आफ्नो अनुहारलाई प्याम्पर गरिराख्नुपर्छ । पानामा हर्बलले त्यही कुरालाई मध्यनजर गरी  ड्राइ प|mुट फेसियल कीट, मिक्स प|mुट लोसन, मिक्स प|mुट बडी लोसन, हेयर आयल बजारमा भित्राएको छ । यी प्रसाधनहरू जाडोका लागि निकै उपयुक्त छन् । हाम्रा उत्पादनमा नेपाली ग्राहकहरूको बजेट तथा उनीहरूको आयलाई ध्यानमा दिई मूल्य निर्धारण गरिएको छ ।  

तर तथा नौनी प्रयोग गर्दा अनुहार नरम हुने, जाडोमा अनुहार कान्तिमय देखिने कुरालाई पछ्याउँदै जाडोका क्रिम तथा मोस्चराइजर उत्पादन गरिएको हो । यस्ता क्रिमहरू तथा मोस्चराइजरहरू जन्मिएका बालकदेखि वृद्धसम्मले प्रयोग गर्न सक्छन् । के पुरुष के महिला जाडोका लागि यस्ता क्रिम तथा मोस्चराइजर उपयोगी मानिन्छन् । जाडोमा स्कुटर चढ्ने तथा बाहिर बढी हिँडडुल गर्नेहरूका लागि यस्ता क्रिमहरू सञ्जीवनी साबित हुन्छन् । सबै रेन्ज उत्पादन गर्ने भीएलसीसीले जाडोमा लिक्वोरिस कोल्ड क्रिम तथा मोस्चराइजर बजारमा ल्याएको छ । यी दुवै क्रिमले सूर्यबाट निस्कने असरबाट बचाउन कवचको काम गर्छन् । सुख्खा छालालाई नरम बनाउँछन् । यसका उत्पादनमा ग्रप सिड, कोबरा स्याफ्रोन, रोज पेटल, एलोभेरा, जोजोबा भिटामिन आदि छन् । यसका साथै जाडो महिनामा ओठको सुरक्षाका लागि लिप बाल्म पनि उपलब्ध छ ।

कोल्ड क्रिममा भिटामिन ई, विभिन्न फलको एक्सट्रायक्ट, जैविक तेल, भिटामिन सी, रोज वाटर, ड्राइ प|mुट, मिल्क इन्जाइम, कोको बटर, केशर आदिका फ्लेवर मिश्रति गरिएको हुन्छ । बडी केयरका नारायण सिग्देलका अनुसार बडी केयरको कोल्ड क्रिम, वाइल्ड प|mेसिया बडिलोसन, वइन्टर चेरी मोस्चराइजिङ आदि क्रिम तथा लोसन बजारमा उपलब्ध छन् । वइन्टर चेरी मोस्चराइजरमा भिटामिन सी प्रयोग गरिएको छ । यसले स्किनलाई हाइडेट हुनबाट जोगाउँछ । यसलाई दिनहुँ बिहान-बेलुकी प्रयोग गर्दा राम्रो परिणाम प्राप्त हुन्छ । त्यसैगरी यसको कोल्ड क्रिमले अनुहारको छालालाई नरम तथा जवान देखाउँछ । यसमा भएको रोज वाटर तथा एलोभेराले अनुहारको छालालाई फेलेक्जिबल बनाउँछ । कुनै केमिकल प्रयोग नगरी बनाइएको यो ब्रान्डका क्रिमहरू लगाएर जाडो मौसमलाई आनन्ददायक बनाउन सकिन्छ ।

कोरियाको लोकपि्रय ब्रान्ड स्किन लबरका विविध ब्रान्ड बजारमा उपलब्ध छन् । नेपालीहरूको टेक्चरसँग मिल्दाजुल्दा कोरियन कस्मेटिकहरू नेपाली छालाका लागि उपयुक्त भएको डी. बी. गुरुङ बताउँछन् । यसैगरी स्किन लवरका एन्टी रिङ्कल इसेन्स तथा स्किन एन्टी रिङ्कल आई क्रिम जाडोका लागि निकै उपयोगी छन् । यसले जाडोमा अनुहारमा देखिने चाउरी कम गर्छ । अनुहारको मोस्चरलाई कायम गर्दै गोरोपनलाई यथावत् राख्छ । एन्टी रिङ्कल आई क्रिमले स-साना चाउरीलाई कम गर्छ । जाडोका लागि रिङ्कल क्रिम मात्र होइन कोल्ड क्रिम पनि निकै उपयोगी छन् । त्यसैगरी चेज कस्मेटिकका मृत्युञ्जय जैसवालका अनुसार मध्यम वर्गीय समूहलाई लक्षित गरिएको चेज कस्मेटिकका कोल्ड क्रिम बजारमा भित्र्याइएको छ । गुणस्तरीय तथा नेपाली छालाका लागि उपयुक्त यसको मिसावट छालाको जीवन्ततालाई यथावत् राख्न सहयोगी छ । यसको कोल्ड क्रिम तथा मोस्चराइजरमा भिटामिन ई मिश्रण गरिएको छ । पूर्ण हर्बल चेजका उत्पादनमा विभिन्न जैविक तत्वहरूको तेल प्रयोग गरिएको छ ।

त्यसैगरी हालै नेपाली बजारमा आएको केरलोनका कस्मेटिक पनि नेपाली छालाका लागि उपयुक्त छन् । जर्मनीमा बनेका यी प्रोडक्ट विदेशमा लोकपि्रय छन् । यसले अब नेपाली बजार पनि तताउने आशा राखिएको छ । यसका कस्मेटिक उच्च गुणस्तरीय, छालाका लागि लाभदायक तथा छालालाई कोमल बनाउन सहयोगी साबित हुनेमा यसका बिक्रेताहरू ढुक्क छन् । यहाँ कलर कस्मेटिक तथा छालाका लागि विविध खालका मोस्चराइजर उपलब्ध छन् ।

प्रतिस्पर्धी नेपाली बजारमा १ सयदेखिका लोसनहरू बढी बिक्री हुने गरेका छन्  । ब्रान्डेड कस्मेटिक कम्पनीहरूका सबै रेन्जका स्टल ठूला-ठूला मल तथा सुपर सपहरूमा राखिएका छन् । नेपाली बजारमा निभिया, जोनसोन, लोटस, हिमालय, पञ्चवटी, केयर एण्ड कियोर, म्याकलिभेरा, लोलेन, बोरोलिन, बटरफ्लाई, भीएलसीसी, जोय, आस्ताबेरी, प|mेसिया, रेभलोन, ओले आदि ब्रान्डका मोस्चराइजर तथा कोल्ड क्रिमबीच निकै प्रतिस्पर्धा छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन