हरक्षण साथै रहने जोडी

सिर्जना दुवाल श्रेष्७

हरेक साँझ कमलादीस्थित राजघराना रेष्टुराँमा एउटा युगल जोडीको सुमधुर स्वर सुन्न सकिन्छ । विगत ९ वर्षदेखि यो जोगीले उस्तै रुचि अनि उत्साहका साथ जीवनरथ चलाइरहेको छ । उनीहरु हुन् गायक विकास तामाङ र सलोनी क्षेत्री तामाङ । १३ वर्षअघिदेखि नै राजघरानामा गाउने विकासले ९ वर्षअघि विवाह गरेपछि सलोमीले पनि विकासकै सहकर्मी भएर काम सुरु गरिन् ।

२० वर्षअघि कलकत्ताको सारलिङमा एउटै टोलमा बस्ने सलोमी र विकासबीच चिनजान थियो । सलोमीका फुपूका छोराहरु विकासका साथी र सलोमीका बुबा पनि संगीत क्षेत्रमै भएकाले उनीहरुको भेट भैरहन्थ्यो । सन् १९९२ मा विकास मुम्बइमा भएको अल इन्डिया फिल्म प्रतियोगितामा भाग लिन गएका थिए । त्यसमा उनी प्रथम भए । सलोमी त्यतिबेला हैदरावादमा पढ्दै थिइन् । सलोमीलाई पहिलो भेटमै मन पराउन थालेका विकासले सलोमीसँग सीधै प्रेम प्रेम प्रस्ताव गर्ने आँट नपुगेपछि साथीमार्फत् खबर पठाए । त्यसरी पुगेको प्रस्ताव सलोमीले अस्वीकार गरेकीले विकास हतोत्साहित भए । केही समयपछि विकासले सीधै प्रेम प्रस्ताव राखे जसलाई सलोमीले स्वीकार गरिन् । विकासको स्वरको प्रशंसक सलोमीलाई उनको संगीत, मानिसप्रतिको आदर तथा चञ्चल स्वभाव मन पथ्र्यो । उनीहरुले प्रेम साटासाट भएको दुई महिनाभित्रै विवाह गरे । उनीहरुले कलकत्तामा इंगेजमेन्ट गरेर काठमाडौँमा विवाह गरेका थिए । विकासको घर चितवन भएकाले उनीहरु विवाह गर्न नेपाल आए । विकासकी आमा नेवार र बुबा तामाङ तथा सलोमीकी आमा बंगाली र बुबा क्षेत्री भएकाले पनि उनीहरुको विवाहमा जातको प्रश्न उठाइएन ।

राजघरानामा दैनि ३ देखि ४ घन्टा सँगै गाउने यो जोडी भगवान्ले छानेर बनाएको भन्न पनि चुक्दैन । सलोमी दैनिक ४-५ घन्टा सपिङमै समय बिताउँछिन् । विकास पनि श्रमितीको इच्छाको कदर गर्नै उनलाई साथ दिन्छन् । ढिलोसम्म गीत गाएर घर पुग्ने यो जोडी बिहान छोरालाई ९ बजे स्कुल पुर्‍याउन छिट्टै उठेर तयार हुन्छ । छोरा स्कुल गएपछि उनीहरु हार्मोनियम, तबला, गितार, ढोलक, ड्रम आदि बजाएर अभ्यास गर्छन् । उनीहरु अहिलेको युवापुस्ताको प्रेम र विवाह देखेर अचम्म मान्छन् । सम्बन्ध टिकाइराख्न एकअर्काका लागि भन्ने भावनाको विकास गर्नुका साथै मै हुँ भन्ने भावना त्याग्नुपर्ने उनीहरुको विचार छ । भ्यालेन्टाइन डे, बर्थ डे, म्यारिज एनिभर्सरी आदि जीवनका महत्त्वपूर्ण दिनमा उपहार आदानप्रदान गर्ने यो जोडीले भविष्यमा बुटिक वा रेष्टुराँ खोल्ने चाहना राखेको छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by सिर्जना दुवाल श्रेष्७
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

नयाँ वर्षको शुभकामना

हामीबाट बिदा भएको वर्ष २०६९ अब केवल सम्झनामा... पूरा लेख »

फेसन सप्ताह

फेसनको सम्बन्ध मानिसहरूको जीवनसँग छ। फेसन त्यस्तो कुची हो जसले... पूरा लेख »

वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश

वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »

चिन्तन

नेपाली महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरिसकेकाले प्राप्त... पूरा लेख »

विज्ञापन