घरपालुवालाई दिन नहुने खानेकुरा
हामीले आफ्ना घरपालुवालाई परिवारका सदस्यसरह माया एवं हेरचाह गर्छौं । त्यसैले कहिलेकाहीँ जानीनजानी उसलाई दिनै नहुने खानेकुरा पनि दिन्छौं । जुन घरपालुवा -खास गरेर कुकुर) को स्वास्थ्यका लागि घातक हुन सक्छ । माया गरेर आफूले खाइरहेको खानेकुरा घरपालुवालाई दिँदा त्यो उसका लागि विष समान हुनसक्छ ।
कफी, चिया तथा चकलेटमा कफिन, थियोब्रोमिन हुन्छ जसले झाडा-पखाला तथा बान्ता लगाउँछ र त्यो मुटु एवं मस्तिष्कका लागि घातक हुनसक्छ ।
माछाका काँडा तथा हड्डीः माछाका काँडा तथा हड्डी घाँटीमा अड्किएर कतिपय अवस्थामा घरपालुवाको मृत्यु हुनुका साथै आन्द्रामा घाउ हुनसक्छ ।
माछाः माछाले कुकुरको शरीरमा भिटामिन 'बी' को कमी गराउँछ जसबाट खाना नरुचाउने, काम्ने तथा पछि
मृत्युसम्म हुनसक्छ ।
अंगुरः अंगुरमा एक किसिमको विषाक्त पदार्थ हुन्छ जसले कुकुरको किड्नीलाई
क्षति पुर्याउँछ ।
बोेेसोः अत्यधिक मात्रामा बोसो दिनाले प्याननक्रियाटाइटिसको समस्या हुन्छ ।
दूध तथा दुग्धजन्य पदार्थ ः धेरै मात्रामा दुग्धजन्य पदार्थले पखाला लाग्न सक्छ ।
च्याउः कुकुरलाई च्याउले धेरैजसो अङ्गमा हानि पुर्याउँछ र मृत्यु पनि हुनसक्छ ।
प्याज र लसुनः प्याजमा सल्फोइडस हुन्छ जसले रगतका कोषहरूमा क्षति पुर्याउँछ र रक्तअल्पता हुनसक्छ ।
काँचो अण्डा तथा मासुः काँचो अण्डा तथा मासुले छाला तथा रौंको समस्या निम्त्याउन सक्छ र पखाला पनि लाग्न सक्छ ।
नुनः बढी नुनको प्रयोगले शरीरमा पानीको सन्तुलन बिगार्ने तथा अन्य समस्या देखा पर्न सक्छ ।
गुलियो खानेकुराः गुलियो पदार्थले कुकुरमा मोटोपन, दाँतको समस्या तथा डाइबिटिज गराउन सक्छ ।
मानिसले खाने भिटामिनः मानिसले प्रयोग गर्ने भिटामिनले लिभर, किड्नी तथा पेटलाई क्षति पुर्याउन सक्छ ।
बिरालोको तयारी खानाः बिरालोका लागि निर्मित खानेकुराहरूमा प्रशस्त मात्रामा प्रोटिन तथा बोसो हुनाले कुकुरका लागि उपयुक्त हुँदैन ।
रक्सी तथा सुर्तीजन्य पदार्थः यस्ता पदार्थ कुकुरका लागि हानिकारक हुन्छन् ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया