बालबालिकाको रोगप्रतिरोधक क्षमता

आफ्ना छोराछोरी सधैं स्वस्थ रहून् भन्ने चाहनुहुन्छ वा उनीहरूको शरीरभित्र कुनै पनि रोगसँग लड्ने क्षमता विकसित होस् भन्ने चाहनुहुन्छ भने निम्न कुरामा ध्यान दिनु आवश्यक छ ।

    शिशु जन्मिएको पहिलो ३६ घन्टाभित्रमा आमाको दूध ख्वाइसक्नुपर्छ । यसमा कोलेस्ट्रम नामक एउटा यस्त्ाो तत्व हुन्छ, जसले न केवल उसलाई जीवनभरि कुनै गम्भीर रोगबाट बचाउँछ, यसले शिशुको रोग प्रतिरोधक क्षमता पनि मजबुत हुन्छ ।

    भरसक शिशुलाई बोतलको साटो कचौरा-चम्चाबाटै दूध ख्वाउने प्रयास गर्नुपर्छ । एक सर्वेक्षणअनुसार बोतलबाट दूध पिउने शिशुको तुलनामा कचौरा-चम्चाबाट दूध पिउने शिशुको पेटमा इन्फेक्सनको समस्या कम हुन्छ ।

    जाडो-गर्मी वा वषर्ा कुनै पनि मौसममा मौसमको सामान्य तापमान झेल्ने बानी विकसित गर्नु आवश्यक छ किनभने यसबाट उनीहरूमा रोगप्रतिरोधक प्रणाली दह्रो हुन्छ । गर्मी मौसममा शिशुलाई सधैं एसी भएको कोठामा राख्नुहुँदैन साथै जाडो मौसममा पनि उनीहरूलाई आवश्यकताभन्दा बढी तातो पहिरन लगाइदिनुहुँदैन । वषर्ामा हल्का भिज्नु पनि स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ ।

    शिशुलाई त्यही खाना ख्वाउनुपर्छ जुन परिवारका अन्य सदस्यले खाइरहेका हुन्छन् । यसबाट उसको पाचन तथा रोग प्रतिरोधक क्षमता राम्रोसँग विकसित हुन्छ । शिशुको पाचन क्ष्ामता कमजोर हुन्छ भन्ने सोच गलत हो । उनीहरूलाई मसलारहित सादा खाना ख्वाउनु उचित हुन्छ ।

    शिशुलाई प्रशस्त मात्रामा हरिया साग-सब्जी तथा फलफूल ख्वाउनुपर्छ किनभने यी वस्तुहरूमा सबैभन्दा बढी एन्टी अक्सिडेन्ट तत्व पाइन्छ, जसले उनीहरूको शरीरलाई संक्रमण तथा रोगहरूसँग लड्ने शक्ति प्रदान गर्छ ।

    शिशुको रोग प्रतिरोधक प्रणालीलाई मजबुत बनाउन उनीहरूको दैनिक भोजनमा प्रोटिन तथा क्याल्सियमले भरिपूर्ण दूध, दाल, अण्डा, माछा र  शाहाकारी भए ड्राइफुड समावेश हुनु आवश्यक छ ।

    जति प्रयास गर्दा पनि शिशुलाई चिसोले समातेकै हुन्छ । वास्तवमा साधारण सर्दी-खोकीले के कुराको संकेत गर्छ भने उसको शरीरभित्र हानिकारक ब्याक्टेरियासँग रोग प्रतिरोधक शक्तिको संघर्ष जारी छ । त्यसकारण यदि शिशुलाई हल्का सर्दी-खोकी लागेको छ भने चिन्तित भएर औषधि ख्वाइहाल्नुपर्दैन । यदि तीन-चार दिनपछि पनि यो समस्या समाधान भएन भने चिकित्सकको सल्लाहमा औषधि ख्वाउनुपर्छ ।

    शिशु केही ठूलो भएपछि अर्थात् तीन-चार वर्षको भएपछि उनीहरूलाई आउटडोर खेल खेल्न प्रोत्साहित गर्नुपर्छ । यसले शरीरको राम्राे व्यायाम हुन्छ साथै खुला वातावरणको सम्पर्कमा आएका कारण उसको शरीरमा हरेक प्रकारको संक्रमणसँग लड्ने क्ष्ामताको विकास हुन्छ ।

    जन्मिएको पहिलो दिनदेखि नै शिशुले हरेक प्रकारको खोप लगाइरहेको छ कि छैन भन्ने कुरामा ध्यान दिनु अनिवार्य छ । यी खोपहरू सही समयमा लगाउनुपर्छ । यी खोपले न केवल शरीरलाई गम्भीर रोगहरूबाट बचाउँछन्, रोग प्रतिरोधक क्ष्ामतालाई पनि सुदृढ तुल्याउँछन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by अरुणा भट्टराई
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन