फूल एवं सजावटको नियम
स्वीङ तामाङ, रक्षा नर्सरी
फूललाई च्यात्नु वा चिमोट्नुको साटो धारिलो चक्कुले काट्नुपर्छ ।
फूलदानको पानी दिनहुँ फेर्नुपर्छ ।
फूलदान सजाउँदा फूलका साथै पात पनि प्रयोगमा ल्याउनुपर्छ ।
ठूलो प्रकृतिको फूललाई फूलदानको बीचमा सजाउनुपर्छ ।
फूलदानलाई नियमित रूपमा सफा गर्नुपर्छ ।
कुकरी टिप्स
करेलाको तरकारीमा एक चम्चा पिसेको मेथीको धूलो हाल्दा तीतोपन कम हुन्छ ।
पापडलाई ओसिन नदिन पापड राख्ने भाँडामा मेथीका दाना राख्नुपर्छ ।
आँपको अचारमा ल्वाङ, मरिचका साथमा एक चम्चा मेथीको धूलो हाल्दा अचार अझ स्वादिलो हुन्छ ।
तारेको तरकारीमा बदाम हाल्दा तरकारी गाढा एवं स्वादिलो हुन्छ ।
बिरयानीमा बदामको प्रयोगले त्यसलाई अझ स्वादिलो बनाउँछ ।
बढी भएको चास्नीमा गहुँ, सुप, केशर, किसमिस तथा काजु मिसाएर पुरी तयार गर्न सकिन्छ ।
आलु चपमा बदाम पिसेर हाल्दा चप स्वादिलो हुन्छ ।
आमाको दायित्व
बिन्ती बस्नेत, स्टाफ नर्स
स्तनपान गराउने आमाले रक्सी, चुरोट तथा नशालु पदार्थ सेवन गर्नु हुँदैन । यस्ता वस्तुले दूध बन्ने क्रम कम गर्छ ।
स्तनपान गराउने आमाले आवश्यक आराम एवं व्यायाम गर्नुपर्छ ।
मानसिक तनावबाट टाढै रहनुपर्छ ।
बालकलाई हतारमा अधूरो स्तनपान गराउनु हुँदैन ।
स्तनपान गराउने आमाले प्रशस्त तरल तथा पोषिला खानेकुरा खानुपर्छ ।
क्षय रोग, छारे रोग, पागलपन, क्यान्सर तथा मृगौलाको संक्रमणबाट पीडित आमाहरूले स्तनपान गराउनु हुँदैन ।
हृदय रोगबाट ग्रसित आमाले स्तनपान गराउनु हुँदैन ।
बसेर मात्र शिशुलाई स्तनपान गराउनुपर्छ ।
डाइनिङ टेबलको सजावट
सुस्मा खत्री रञ्जीत, इन्टेरियर डिजाइनर
टेबलको मध्यभागमा ताजा फूलको भास राख्दा वातावरण रमाइलो हुन्छ ।
टेबलमा नुन, खुर्सानी तथा नेपकिनका साना ट्रली राख्नुपर्छ ।
अचारलाई सुन्दर बाउलमा पस्कनुपर्छ ।
नयाँ लुक दिन काँचको भाँडामा गुलाबका पात राखी फ्लोटिङ दियोले सजाउनुपर्छ ।
खाना खानका लागि आवश्यक पर्ने चम्चा, काँटा सजिलै निकाल्न सकिने गरी राख्नुपर्छ ।
डाइनिङको वातावरणलाई सुवासमय बनाउन स्प्रे प्रयोग गर्न सकिन्छ ।
डाइनिङलाई ग्ल्यामरस लुक दिन सिल्क, स्याटरन, ब्रोकेटयुक्त मेचपोस उपयुक्त हुन्छन् ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया