मसरुम चिल्ली
सामग्री ः मसरुम २ सय ग्राम, प्याज ५० ग्राम, भेंडेखुर्सानी ५० ग्राम, हरियो खुर्सानी २० ग्राम, लसुनका टुक्रा २० ग्राम, रातो खुर्सानीको सस २० ग्राम, कागती १ वटा, तिलको तेल स्वादअनुसार, नुन स्वादअनुसार, कर्नफ्लोर १ चम्चा ।
विधि ः मसरुमलाई एउटै आकारमा काट्ने । त्यसमा साल्ट पेपर र कर्नफ्लोर मिसाएर एउटा प्यानमा तेल हालेर गार्लिक चप क्रिस्पी डिप प|mाई गर्ने । अर्काे प्यानमा तिलको तेल हाली लसुन भुटेर खैरो भएपछि सबै मरमसला, प्याज, भेंडेखुर्सानी, गोलभेंडा हालेर हाई हिटमा पकाउने । तयार भएको चिल्ली ससमा क्रिस्पी मसरुम हालेर एकछिन पकाई प्लेटमा सर्भ गर्ने ।
पोटाटो छोइला
सामग्री ः आलु २ सय ग्राम, मेथी २ ग्राम, भुटेको तिल २० ग्राम
तोरीको तेल १५ मिलिलिटर, लसुन-अदुवाको पेस्ट १ चम्चा, बेसार २ ग्राम, हरियो खुर्सानी ५-६ वटा, धनियाँ १ मुठा, लस्सीको पाउडर १५ ग्राम, भुटेको रातो खुर्सानीको धूलो स्वादअनुसार ।
विधि ः आलु उसिनेर बोक्रा निकाली एउटै साइजमा काटेर एउटा बावलमा राख्ने । आलुमा नुन, खुर्सानी, अदुवा-लसुनको पेस्ट, लस्सीको पाउडर एवं तिल हालेर मज्जाले मुछ्ने । त्यसमा बेसार हाली तेलमा मेथी पड्काएर झान्ने । पुनः एकपटक आलुलाई मुछ्ने र धनियाँ हालेर सर्भ गर्ने ।
ग्रील पोर्के चप
सामग्री ः पोर्के चप २ सय ग्राम, मस्टर्ड सस १० ग्राम, नुन स्वादअनुसार, ब्ल्याक पेपर, वेस्ट चिर्टस सस, ब्राउन सस ८ मिलिलिटर ।
विधि ः पोर्के चपमा सबै मरमसला हालेर मेरिनेट गरी ग्रीलमा पकाउने । एउटा प्यानमा ब्राउन सस तताएर इच्छानुसार सिजनल भेज, ग्रील आलु तथा भुजासँग सर्भ गर्ने ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया