फूलको राजा गुलाब

हामीमध्ये सायदै यस्ता मानिस हौंला जसलाई गुलाबको फूल मन नपरोस् अथवा गुलाबका सम्बन्धमा थाहा नहोस् । गुलाबले सबैलाई मोहित तुल्याउँछ । यसको विभिन्न रंग तथा मीठो वासनाले हरेकलाई आफूतर्फ आकषिर्त गरेको छ । यसको सुन्दर बनोटले सबै सुन्दर फूललाई पछि पारेको छ । त्यसैले पनि गुलाबलाई फूलको राजा मानिन्छ । गुलाब परापूर्वकालदेखि नै सौन्दर्य तथा प्रेमको प्रतीक मानिँदै आएको छ । यसको प्रशंसामा ईसापूर्व ६०० मा  यूनानी कवयित्री सपmफोले यसलाई फूलको मालिकको उपाधि दिएका थिए ।

हरेक बगैंचामा गुलाबको विशिष्ट स्थान छ । गुलाबबिना बगैंचा शून्य लाग्छ वा भनौं गुलाबबिनाको बगैंचा अधूरो हुन्छ । प्रकृतिको सुन्दर उपहार गुलाब आदिकालदेखि नै आफ्नो अनुपम सुन्दरताका लागि चिनिन्छ ।

गुलाबको फूलका लागि सूर्यको किरण तथा हावा राम्रोसँग लाग्ने ठाउँ उपयुक्त मानिन्छ । अरू कुनै रुखको जरा तथा छहारी नभएको ठाउँमा गुलाब राम्रोसँग फुल्छ  । गुलाब पानीको राम्रो निकास भएको मलिलो माटोमा  सप्रन्छ ।

मानिसमा गुलाब रोप्ने चाहना बढ्दो छ । अरू बिरुवाको तुलनामा हुर्काउन केही कठिन भए पनि यसको बिरुवा नर्सरीहरूमा सजिलै किन्न सकिन्छ । नेपालका धेरै ठाउँमा गुलाबको खेती हुन्छ ।

गुलाबको वर्ग

बगैंचाको शोभा बढाउन रोपिने गुलाब मुख्यतः हाइबि्रड टी एच टी, हाइबि्रड परपिचुअल, फ्लोरिबन्डा, पोलिएन्था मिनिएचर, लहरा तथा रेनबलर हुन् ।

मिनिएचर

मानिसको मिनिएचरप्रतिको बढ्दो रुचिले सानो गुलाबको माग बढ्दो छ । यसका फूल र पात साना हुन्छन् । यसलाई क्यारीको किनारा, गमला वा रक गार्डेनमा रोप्न सकिन्छ । यसको प्रचलित जात बेबी मेसक्वरेड, लिटिल सनसेट, रोजमेरी, स्वरिङ आदि छन् । सानो गुलाबको लहरा पनि हुन्छ । यसमा पर्ल द मोनसररेट क्लाइम्बिङ पिक्स आदि छन् ।

लहरा भएको रेम्बलर

विशेष किसिमको गुलाबको बोटलाई रेम्बलर भनिन्छ । यो गुलाब पहाडी क्षेत्रमा हुन्छ । यसलाई एच टीको स्पोर्ट अथवा एच टी रेम्बलरको संकायबाट उत्पन्न गरिन्छ । रेम्बलरको बोटमा ढकमक्क फूल फुलेको हुन्छ । यसलाई कुनै पनि रुखमा चढाउन सकिन्छ । यसको हाँगा कडा हुन्छ । त्यसैले यसलाई आफ्नो इच्छाअनुसार आकार दिन कठिन हुन्छ । यसका पुराना प्रकारमा क्लाइमबिङ पिस, क्लाइबिङ भर्गो, डेलही पिंक, पर्ल स्कर्प आदि प्रमुख छन् । यसको नयाँ प्रकार पनि नर्सरीमा उपलब्ध हुन्छ ।

गुलाब रोप्ने विधि

गुलाबका लागि असार-साउन महिना उपयुक्त हुन्छ । गुलाब रोप्नुभन्दा पहिले ३ फिट गहिरो क्यारी खनेर त्यसमा भएको माटो निकालेर केही समय घाम पर्न दिनुपर्छ । यसले गर्दा जमिनमा भएका कीरा, जङ्गली घाँसको बीउ आदि मरेर जान्छन् । त्यसपछि माटोमा भएका ढुंगा, काठ तथा पातपतिङ्गर छानेर माटो तयार गर्नुपर्छ । भदौ-असोज महिनामा गोबर, सुकेका पात र माटो मिसाएर पहिले खनेको खाल्डोमा डेढ फिटजति भरेर पानी हाल्नुपर्छ । पानी सुकेपछि त्यसमा राखिएको माटो बस्छ । त्यसको दस दिनपछि फेरि गोबर, सुकेका पात, माटो, बोनमिल मिसाएर हाल्ने र पानी दिने । यसले गर्दा माटो २-३ इन्च तल बस्छ । यति परिश्रम गरेर क्यारी तयार भएपछि नर्सरीबाट गुलाबको बिरुवा ल्याएर रोप्न सकिन्छ । बिरुवा रोपेपछि आवश्यकताअनुसार नियमित  पानी हाल्नुपर्छ ।

गुलाब बेलुका रोप्नुपर्छ किनभने  विरुवाले तत्काल घामको ताप सहनु पर्दैन । हाइबि्रड टीलाई साढे दुई फिट, फ्लोरिबन्डालाई तीन फिट, पोलियन्थालाई दुई फिट एवं मिनिएचरलाई डेढ फिटको दूरीमा रोप्नुपर्छ ।

नर्सरीबाट ल्याइएका बिरुवाको प्लास्टिक खोल्दा ध्यान पुर्‍याउनुपर्छ । बिरुवाको आकार माटोसहित करिब ६ देखि ९ इन्च लामो हुन्छ । त्यसका लागि १ फिट गहिरो र ९ इन्च चौडा खाल्डो खन्नुपर्छ । २-२ मुठी गोबर, पातको धूलो, बोनमिल, माटो मिसाएर खाल्डो भर्नुपर्छ । बिरुवाको माटोसहितको जरायुक्त भागलाई खाल्डोमा राखेर पहिले मिसाएर राखिएको धूलोले खाल्डो भर्नुपर्छ । जराको चारैतिरबाट माटोले दाब्नुपर्छ । बिरुवा रोपिसकेपछि त्यसमा पानी हाल्नुपर्छ । पानी हाल्दा माटो बस्यो अथवा चर्किएजस्तो भयो भने यसमा अरू माटो हालेर बन्द गर्नुपर्छ । चर्किएको माटोमा हावा पसेर बिरुवा सुख्खा हुनसक्छ । त्यसैगरी धेरै गिलो माटोमा पनि गुलाबको बिरुवा रोप्नु हुँदैन ।

बिरुवामा समय-समयमा पानी हाल्नुपर्छ । बढी पानी पनि बिरुवाका लागि हानिकारक हुन्छ । आवश्यक मात्रामा पानी दिने जसले गर्दा जमिन सुख्खा नहोस् ।

छाँटकाँट गर्न कार्तिकदेखि क्यारीमा पानी हाल्न बन्द गर्नुपर्छ । त्यसपछि यसलाई गोडमेल गर्नुपर्छ । गोडमेल गर्दा ६ इन्चसम्मको माटो राम्रोसँग खन्नुपर्छ । त्यसपछि बिरुवाको कटाइ गर्नुपर्छ । कटाइ तीन प्रकारले गरिन्छ ।

हाई

मिडियम

लाइट

मिडियम कटाइ सबैभन्दा उपयुक्त हुन्छ । यसका लागि निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ ः

    सुकेका तथा फूल फुलेर सुकेका हाँगालाई कैंचीले ध्यान दिएर काट्ने ।

    सबैभन्दा पहिले सुकेका हाँगा तथा पात हटाउने ।

    आपसमा अल्भिmएका हाँगा छुट्याएर काट्ने ।

    ब्ााँकी राम्रा ३-४ वटा हाँगा छाडेर अरू सबै काट्ने ।

फ्लोरिबन्डा गुलाबमा हल्का कटाइ आवश्यक हुन्छ भने मिनिएचर गुलाबमा कमजोर हाँगाका साथमा हाई कटिङ आवश्यक हुन्छ । लहरे गुलाबमा पुराना तथा धेरै फुलेर निखि्रएका हाँगा काट्नुपर्छ । यसले पछि अझ राम्रो फूल दिन्छ । कटाइपछि बिरुवाको चारैतिर १२ इन्च वरपरको माटो बिरुवाको जरालाई असर नपर्ने गरी निकाल्नुपर्छ । त्यसपछि गोबर, पात, निम, सस्र्युं, बोनमेल आदि मिसाएर हाल्नुपर्छ । मल हालेपछि अघि निकालेको माटोले चारैतिरबाट निकालेका ठाउँमा राखेर त्यसपछि पानी हाल्नुपर्छ । बिरुवा काटेको डेढ महिनापछि फेरि फूल फुल्न थाल्छ । फूलको आनन्द लिन हरेक वर्ष सुकेका पात एवं हाँगा काट्नुपर्छ । फूल फुलेपछि गोडमेल गरी मलजल हाले बिरुवा सप्रन्छ ।  

गुलाब १२ देखि १६ इन्चको गमलामा रोप्नुपर्छ । यसलाई पनि प्रत्येक वर्ष माथि उल्लेख गरिएअनुसार रेखदेख गर्न सकिन्छ ।

गुलाबमा लाग्ने कीरा

गुलाबमा मुख्यतया ४ प्रकारका कीरा लाग्छन् । पहिलो गुलाबको पात खाने र पातमा प्वाल पार्ने । यी कीरा मार्न फोलिडाल प्रयोग गर्नुपर्छ ।

धमिराको प्रकोप भए प्रतिरुख ३ ग्राम डी डी टी ५ प्रतिशत चूर्ण प्रयोग गरेर यसलाई रोक्न सकिन्छ । गुलाबमा थिप्स र एपिडजस्ता कीरा पनि लाग्छन् । यसले फूल तथा पातलाई कालो बनाउँछ । यसको रोकथामका लागि फोलिडाल अथवा अन्य कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ ।

गुलाबको पातमा डिग्गरवास्पले प्वाल पार्छ । यसको प्रभावले बिरुवा विस्तारै सुक्दै जान्छ । त्यसैले हाँगा काटेको टुप्पोमा गोबर अथवा कुनै कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ । बिरुवालाई स्वस्थ्ा राख्न फूल फुलिसकेका तथा सुकेका भागलाई काट्नुपर्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन