बालबालिकाको कोठा सजावट

बालबालिकाको सुनौलो भविष्यका लागि कोठाको रोजाइले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यस्तोमा कोठामा चाहिने सामग्रीमा अभिभावकहरू चुँजी हुन्छन् किनभने तिनै सामग्री नै आफ्ना  सन्तानको सपनाको पहिलो बिम्बका रूपमा स्थापित हुन्छ ।

बालबालिकाको कोठाको रंग केही ब्राइट हुनुपर्छ । तन्ना, पर्दा, सिरानीको खोल आदि कुरा कलर तथा पि्रन्टेड भए राम्रो हुन्छ । पि्रन्ट गरेका सामग्री रोज्दा कार्टुन, क्यारेक्टर, फूल-बिरुवा आदिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

कोठामा रंग छनोट गर्दा बालबालिकाको उमेर तथा जेन्डरमा ध्यान दिनुपर्छ । २ देखि १० वर्षका बालिकाका लागि गुलाबी अथवा पर्पल कलर रोज्नुपर्छ भने यो उमेरका छोराका लागि एक्वागि्रन, नीलो, एक्वामेरिन आदि रंग उपयुक्त हुन्छन् । १० वर्षभन्दा माथिका छोरीको कोठा अरेन्ज कलरले सजाउन सकिन्छ । त्यसैगरी यही उमेरका छोराका लागि खैरो, ग्रे, मेटालिक रंग रोज्न सकिन्छ ।

प्रकाशको व्यवस्था

बालबालिकाका आँखामा धेरै जोड नपरोस् भनेर उचित प्रकाशको व्यवस्था मिलाउनु पर्छ । कोठामा चिमभन्दा सेतो रंगको ट्युब लाइट राख्नु राम्रो हुन्छ । झ्याल-ढोकाका लागि सूर्यको किरण छिर्ने खालको पर्दा रोज्नु राम्रो हुन्छ । यसले गर्दा कोठा उज्यालो हुन्छ । त्यसैगरी धेरै चम्किलो प्रकाशले साना बालबालिकामा समस्या उत्पन्न गर्न सक्छ । यस्तोमा आँखा नखाने लाइट रोज्नुपर्छ ।

स्टोरेज

बालबालिकाको कोठामा स्टोरेजको सुविधा अत्यन्त आवश्यक छ । सानामा उनीहरूसँग प्रशस्त मात्रामा खेलौना हुन्छन् भने त्यसपछि कपडा तथा किताब-कापी । यी सामान व्यवस्थित राख्न कोठालाई विभिन्न्ा भागमा बाँड्न सकिन्छ । एक साइड पढ्नका लागि छुट्याउन सकिन्छ भने अर्को साइड खेल्नका लागि । त्यसैगरी एकातिर सुत्ने ठाउँ बनाउने र अर्कातिर तयार हुनका लागि केही ठाउँ राख्नुपर्छ । यो हिसाबले हरेक भागमा स्टोरेजको सुविधा हुनुपर्छ । एउटा आल्मारीमा कपडा राख्न सकिन्छ भने अर्को कबर्डमा किताब-कपी राख्न सकिन्छ । त्यसैगरी टोय बक्समा बालबालिकाका खेलौना राख्न सकिन्छ ।

अहिले बजारमा एकै ठाउँमा धेरै दराज भएका फर्निचर पनि उपलब्ध छन् । यी फर्निचरमा कपडा राख्ने दराज, स्टडी टेबल, कम्प्युटर सेल्फ आदि जोडिएर आउने गरेका छन् । दराजमा भएका विभिन्न सेल्फमा बालबालिकालाई फोहोर र सफा कपडा छुट्याएर राख्न लगाउन सकिन्छ ।

सजावट

बालबालिकाको कोठा उनीहरूले जितेका ट्रफी तथा आर्टवर्कले सजाउनुपर्छ । उनीहरूले बनाएका सुन्दर कलाकृति, पेन्टिङ, कविता अथवा मेडलहरूलाई प्राथमिकता दिनुपर्छ । यसले बाहिरबाट आउने मानिसमा राम्रो प्रभाव पर्छ । यी कुरा देखेर उनीहरूको प्रशंसा हुँदा अझ केही गर्ने जोस तथा प्रेरणा प्राप्त हुन्छ । यसबाहेक बालबालिकाका कोठा सुन्दर ल्यान्डस्केप, टेडिवियर अथवा फ्लावर भ्यासले पनि सजाउन सकिन्छ । कोठामा उनीहरू हाँसेको तस्बिरका साथै पारिवारिक तस्बिर पनि राख्न सकिन्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन