रहरले बनेको छोर्तेन निवास
मान्छेले आँटे के सम्भव हुँदैन र भन्ने उक्ति ठ्याक्कै मिलेको छ । काठमाडौंमा केही गरौं भन्ने सोचका साथ दुई दशकअघि आएका छोर्तेनले बिनापैसा व्यापार सुरु गरेर दुई रोपनी जग्गामा विशाल महल निर्माण गरे । अमिताभ बच्चन अभिनीत एउटा चलचित्रमा देखाइएको घरको भित्री इन्टेरियरबाट प्रभावित भएर ठ्याक्कै त्यस्तै देखिने गरी यो घरको निर्माण भएको छ ।
मा.न्छेका रहरहरू पनि अचम्मका हुन्छन् । यस्तै अचम्मको रहरले मुगु निवासी छवांग छोर्तेन लामाले यो घरको निर्माण गरेका हुन् । काठमाडौंमा केही गरौं भन्ने सोचका साथ दुई दशकअघि आएका छोर्तेनले बिनापैसा व्यापार सुरु गरेर दुई रोपनी जग्गामा विशाल महल निर्माण गरे । अमिताभ बच्चन अभिनीत एउटा चलचित्रमा देखाइएको घरको इन्टेरियरबाट प्रभावित भएर ठ्याक्कै त्यस्तै देखिने गरी यो घर निर्माण भएको छ ।
बौद्ध-६ सिमलटार, रामनगरस्थित छोर्तेन निवास दुई रोपनी क्षेत्रफलमा फैलिएको छ । ११ वर्षअघि बनाइएको यो निवासबाट मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ । घर प्रवेश गर्ने गेटको पर्खालमा पनि चलचित्र यारानामा देखाइएजस्तै पर्खाल बनाइएको छ । चलचित्रबाट प्रभावित घरधनी छोर्तेन लामाले घर बनाउन, इन्टेरियर र लामा संस्कृतिलाई झल्काउन कुनै सम्झौता गरेको देखिँदैन ।
घरको अघिल्लो भागको सौन्दर्य निकै आकर्षक छ । घरको चारैतिर गरिएको सजावटले यसलाई थप आकर्षक बनाइदिएको छ । गेटबाट भित्र छिर्नासाथ पिच गरी गाडी पार्किङ गर्ने ठाउँ, ढुंगा छापेको एरिया र वरिपरि गमलाले घरको वातावरण नै सुन्दर बनाएको छ, भित्तामा सर्भेन्ट क्वाटर र छेउको भागमा सुन्दर बगैंचा निर्माण गरिएको छ । घरको दायाँपट्टकिो भागबाट भित्र जाँदा ठूलो क्षेत्र छ, जहाँ प्राचीन कलात्मक वस्तुहरू राखिएका छन् । मुगुमा लोप हुँदै गएको संस्कृतिलाई छोर्तेन निवासमा मज्जाले नियाल्न सकिन्छ । भर्याङ चढेर गएपछि मूख्य प्रवेशद्वार आउँछ । मुख्य प्रवेशद्वार पनि कलात्मक काष्ठकला र चित्रकलासहितको प्रकाश व्यवस्थापनले न्यानो र आत्मीय वातावरणयुक्त छ । मुख्यद्वारबाट भित्र छिर्नासाथ हलजस्तै ठूलो लबी छ, जहाँ मूर्तिकला, चित्रकला एवं काष्ठकलाको सुन्दर सजावट छ । त्यहाँ पुग्ने जोकोहीलाई कुनै कला प्रदर्शनीमा आएजस्तो लाग्छ । लबीबाट माथि जाने भर्याङ छ जुन माथिबाट दायाँ, बायाँ जान मिल्ने गरी दुईवटा बाटा छन् जसलाई बरन्डाले थप आकर्षक बनाएको छ । दुवैतिरबाट बेड रुमसम्म पुगिन्छ । ठूलो झुमरले घरलाई अझ सुन्दर बनाउन सहयोग गरेको छ । पहिलो र दोस्रो तल्लामा बेड रुम, मास्टर बेड रुम, गेस्ट रुमहरू छन् भने हरेक कोठामा एटेच्ड बाथरुम र केही कोठामा भने एटेच मिनी किचेनको पनि व्यवस्था छ । यो घरको अर्काे विशेषता हरेक भर्याङका भित्तामा ठूलो ऐना राखिनु पनि हो ।
तेस्रो तल्लामा लिभिङ रुम, किचेन, पूजा कोठा, बेड रुम, बाथ रुम र कौसी छन् । लिभिङ रुममा पनि बुद्धका प्रतिमाहरू, लाफिङ बुद्ध, काष्ठकलाका अनुपम दराज एवं र्याकहरू छन् । पूजाकोठाभित्र जाँदा कुनै गुम्बामा गएझैं लाग्छ जहाँ थुप्रै बुद्ध प्रतिमा, बज्र, माने आदि छन् । त्यहाँ पुगेपछि अलौकिक आनन्द प्राप्त हुन्छ । सबैभन्दा माथिल्लो तल्लामा ठूलो कौसी छ भने घरको रक्षाका लागि मण्डला निर्माण गरिएको छ जुन नेपालमा रहेको बज्र मण्डलामध्ये दोस्रो ठूलो मण्डला हुन सक्ने घरधनी छोर्तेन बताउँछन् ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया