नसा च्यापिने समस्या

मेरुदण्डको बनावट

हाम्रो मेरुदण्ड मुख्य रूपमा अलग-अलग हाडहरूको दण्डाकार संरचना हो । यी हाडहरूलाई आपसमा इन्टर भर्टेवल डिक्स नामक लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलग-अलग हाड तथा डिक्सलाई एउटै लामबद्ध दण्ड बनाएर राख्छ । मेरुदण्डमा टाँसिएका मांसपेशीहरूले ढाडलाई मोड्न तथा चलाउन सहयोग गर्छन् । ढाडका हाडहरूमा स्पाइनल क्यानल नामक लामबद्ध प्वालबाट गुजि्रने स्पाइनल कर्ड नामक मुख्य नसा र कर्डबाट निस्किएका अन्य नसाहरू पनि मेरुदण्डकै संरचनाभित्र पर्छन् । यी नसाहरू ढाडबाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन् । आम भाषामा नसा भनेर रक्तवाहक नसालाई बुझिएझैं यहाँ उल्लिखित नसा रक्तवाहक नसा होइनन् अपितु स्नायुप्रणालीसँग सम्बन्धित नाडी मण्डल हुन् जसले शरीरका विभिन्न अङ्ग चलाउनुका साथै तातो-चिसो, पीडा, कम्पन, स्पर्श आदि थाहा पाउन सहयोग गर्छ ।

ढाडका हाडहरूको बीचमा रहेको इन्टर भर्टेवल डिक्सले हाडहरूलाई आपसमा घर्षण हुन नदिनुका साथै ढाडमा पर्ने झट्का तथा दबाबलाई नियन्त्रण गर्छ । जसरी मोटरसाइकलमा भएको स्पि्रङ -सक एब्जर्वर) ले वाइक उपि|mँदा, हुत्तिँदा उत्पन्न झट्कालाई चालकसम्म पुग्न नदिएर चढ्नेलाई चोट पुग्नबाट बचाउँछ । त्यसैगरी यी डिक्सहरूले पनि मेरुदण्डमा पर्ने झट्का तथा दबाबलाई अवशोषण गरेर ढाडलाई चोट पुर्‍याउनबाट बचाउँछन् । नसा च्यापिने समस्यामा पनि यिनै डिक्स, हाड र नसाको सम्बन्ध छ । यी डिक्सहरूले आफ्नो ठाउँ छाड्दा मेरुदण्डको मुख्य नसा -स्पाइनल कर्ड) तथा कर्डबाट निस्किएका नसाहरूलाई थिचिदिन्छन् । यसरी डिक्सले ठाउँ छाड्नुमा धेरै कारण छन् ।

नसा च्यापिने मूल कारण भनेकै खराब पोस्चर हो । यसका अतिरिक्त अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमी पनि त्यसमा उत्तिकै जिम्मेवार छ । अचानक झुक्ने, भारी वस्तु अचानक उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिँड्ने, व्यायाम नगर्ने, अग्लो हिल भएका जुत्ता-चप्पल लगाउने, खाल्डो बाटोमा वाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, सुर्तीजन्य वस्तु सेवन गर्ने तथा धूम्रपान गर्ने, मानसिक तनाव, डर-चिन्तामा परेकाहरू, तनावग्रस्त पेसामा संलग्न पेसाकर्मीहरू जस्तै डाक्टर, पुलिस, एक्ज्युकेटिभ, बैंकर्सहरू यो समस्याको जोखिममा छन् । धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडी लागेका व्यक्तिहरू, व्यायाम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेहरूमा यो समस्या बढी देखिएको छ । यस्ता जीवनशैली भएका व्यक्तिहरूको डिक्स तथा हाड चाँडै खिइने, सुन्निने र घोटिने हुन्छ । फलतः डिक्स फुटेर त्यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठाउँ छाडेर नसा च्यापिन पुग्छ । नसा च्यापिँदा नसाको क्रिया अवरुद्ध हुन जाँदा गर्दन­, कम्मर दुख्ने, च्यापिएको नसा गएको हात-खुट्टातिर दुख्ने, खुट्टा निदाउने, झमझमाउने, लाटो हुने र विस्तारै खुट्टा तथा ढाड चलाउन नसकिने यो रोगका मुख्य लक्षण हुन् । समस्या बढ्दै गए हात-खुट्टा सुक्दै जाने र प्यारालाइसिस हुने सम्भावना हुन्छ ।



उपचार

नसा च्यापिएका रोगीहरूमध्ये ८५ प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १५ प्रतिशत रोगीको अप्रेसन गर्नुपर्ने हुनसक्छ । आपत्कालीन अवस्था छैन भने अप्रेसन नगराएकै राम्रो हो । गराउनैपर्ने अवस्था भए विज्ञ स्नायु शल्य चिकित्सकबाटै गराउनुपर्छ । प्राकृतिक उपचारमा विशेषतः पूर्ण वेड रेस्टका साथ विद्युतीय उपकरणहरूले गरिने उपचारहरू आइएफटी, अल्ट्रासाउन्ड, ट्रेक्सन, तातोले सेकाइ आदि उपचारले पीडा कम गर्न तथा मेरुदण्डका तन्तुहरूलाई बलियो बनाउन सहयोग गर्छ । ढाडको मालिस, अकुप्रेसर, कपिङ, काइरोप्राक्टिस आदि उपचार पद्धतिले पीडा कम गर्नँका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्छ । अकुपञ्चर चाइनिज उपचार पद्धति हो र यसले नसा च्यापिएको पीडामा राहत पुर्‍याउनुका साथै च्यापिएको नसा छुट्याउन पनि सहयोग गर्छ । पीडा कम भएपछि बिरामीलाई ढाडको व्यायाम, योग आसन आदि सिकाइन्छ जसले मेरुदण्ड र आसपासका तन्तुहरूलाई बलियो बनाउँछ  र समस्या दोहोरिन दिँदैन ।



यसका लागि

    नियमित रूपमा व्यायाम गर्ने बानी बसालौं, अङ्ग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमणजस्ता व्यायामले शरीरका हाड तथा जोर्नीहरूलाई बलियो बनाउनुका साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पुर्‍याउँछ ।

    लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नबसौं, बस्दा उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर नबसौं । एउटै पोजिसनमा लामो समयसम्म रहने व्यक्तिमा यो समस्या हुन सक्छ ।

    सामान वा भारी वस्तु उठाउँदा सावधानी अपनाऔं ।

    बलपूर्वक भारी उठाउने प्रयास नगरौं ।

    अग्ला हिल जुत्ता वा चप्पल प्रयोग नगरौं ।

    उकाली-ओराली गर्दा वा सिँढी चढ्दा सावधानीपूर्वक विस्तारै हिँडौं ।

    अगाडि झुकेर सामान उठाउनुपर्दा कम्मरबाट नझुकौं । निहुरिएर कुनै पनि काम गर्नुपर्दा घुँडा खुम्च्याएर कम्मरलाई नमोडी विस्तारै उठाऔं ।

    खोक्दा, हाच्छि्युँ गर्दा भित्ता वा टेबुलको सहायता लिऊँ ।

    शरीरको तौललाई आफ्नो उचाइअनुसार नियन्त्रणमा राखौं । विशेषतः पेटलाई बढ्न नदिऔं यसले ढाडमा अतिरिक्त दबाब दिन्छ ।

    गद्दा, फमजस्ता मुलायम ओछ्यानमा नसुतौं । स्पि्रङ भएको लचकदार झोलुङ्गे ओछ्यान बढी आरामदायक भए पनि ढाडका लागि राम्रो होइन ।

    सार्‍है कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन । सामान्यतया एक इन्चजति बाक्लो कपासको बिछ्यौना उपयुक्त हुन्छ ।

    सुत्दा सीधा सुत्ने बानी बसालौं । घोप्टो वा कोल्टे भन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो । तकिया काँधको लम्बाइ बराबर अग्लो भए ढाडका लागि राम्रो मानिन्छ ।

    लामो समयसम्म उभिरहनु वा बसिरहनु हुँदैन । गर्नैपर्ने भए बीचबीचमा अवस्था परिवर्तन गरिरहनुपर्छ । उभिएर गर्नुपर्ने काम गर्दा एउटा खुट्टालाई अर्को खुट्टाभन्दा ६ इन्चजति माथि कुनै वस्तुको आडमा राखौं ।

    ड्राइभिङ गर्दा सीटलाई अलि अगाडि नै सारेर बसौं । ड्राइभिङ सीटमा अथवा कुर्सीमा बस्दा 'व्याक रेस्टको' प्रयोग गरौं ।  

    कम्मर वा गर्दन दुख्ने समस्या भएकाहरूले मोटरसाइकल नचलाऔं । हिँड्दा ढाडको वेल्ट वा घाँटीको कलर लगाऔं ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
चिठी  [1]
कथा  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ (थापा) मा पाइलट बन्ने इच्छा थियो तर उनको... पूरा लेख »

नवदेवी सम्मान २०७० सम्पन्न

हरेक वर्ष क्रियटिभ स्टेटमेन्ट्सका नाममा सञ्चालित सेलिब्रेटिङ... पूरा लेख »

पहिचान गरौं आफ्नो क्षमता

करिअरमा सफलता प्राप्त गर्न सही धारणा आवश्यक छ। कारण धारणाबिना जति... पूरा लेख »

जान्न, सिक्न र बुझ्न तत्पर विद्यार्थीहरू

बालबालिकाहरू स्वभावतः चञ्चल, जिज्ञासु एवं सिर्जनशील हुन्छन्।... पूरा लेख »

विज्ञापन