टेली सपिङ ?
रमालाई किनमेलमा निकै रुचि छ तर व्यस्त कार्यक्रमले गर्दा उनी बजार गएर किनमेल गर्न भ्याउँदिनन् । मन फुकाएर किनमेल गर्न उनलाई समयले साथ दिँदैन । यो कुराले उनी निकै चिन्तित हुन्थ्िान् तर केही समयदेखि उनले यो समस्याबाट पार पाएकी छिन् । अहिले आफ्नो कार्यक्रमका अतिरिक्त पनि उनी निकै किनमेल गरिरहेकी छिन् । त्यति मात्र होइन अरूलाई पनि किनमेल गराइरहेकी छिन् । किनभने उनले किनमेलका लागि टेली सपिङको सहारा लिएकी छिन् । पछिल्ला केही समयदेखि नेपाली बजारमा निकै परिवर्तन आएको छ । परिणामस्वरूप किनमेल मानिसको जीवनशैलीको अभिन्न अंग बनेको छ । यसले आम मानिसलाई किनमेलमा सहयोग पुर्याएको छ । अब घरमै बसीबसी आरामसँग किनमेल गर्न सकिन्छ । यस्तो किनमेल इन्टरनेट वा टेलिफोनको सहयोगमा गर्न सकिन्छ । यद्यपि इन्टरनेट किनमेल गर्ने प्रविधिमा पारंगत हुनुपर्छ । टेली सपिङ गर्दा कुनै पनि अप्ठ्यारो छैन । सानोपर्दा अर्थात् टिभीमा नयाँ-नयाँ प्रयोग देखाइन्छ जहाँ घर बसीबसी किनमेल पनि गर्न सकिन्छ । टेलिभिजनमा अहिलेसम्म त केवल कार्यक्रम प्रसारण गरिन्थ्यो तर सानोपर्दाले त पर्याप्त समय टेली सपिङलाई पनि दिन थालेको छ । यस्ता कार्यक्रमले ग्राहकलाई सामान प्रयोग गर्ने तरिका मात्र सिकाउँदैन् त्यो सामग्री प्रयोग गरेपछिका परिणाम, त्यसको गुणस्तर, अफर आदि सम्पूर्ण कुराको जानकारी
पनि दिन्छन् ।
टेली सपिङ गर्दा अपनाउनुपर्ने सावधानी
कुनै उत्पादन खरिद गर्ने इच्छा भए टिभीमा देखाइएको नम्बरबाट प्रोडक्टको पूरै जानकारी लिनुपर्छ ।
कुनै पनि सामान खरिदका लागि तुरुन्तै अर्डर गर्नु हुँदैन । उक्त सामानले आफ्नो आवश्यकता पूरा गर्छ कि गर्दैन विचार पुर्याउनुपर्छ ।
उत्पादनको नाम, कोड नम्बर तथा सहयोगी नम्बरहरू पनि
डायरीमा लेख्नुपर्छ ।
आफूलाई मन परेको उत्पादनमा यदि कुनै खराबी देखियो भने वा कम्पनीबाट पठाउँदा कुनै प्रकारको समस्या आयो भने हेल्पलाइनको सहयोग लिनुपर्छ ।
दिनुपर्ने रकम, बिल, वारेन्टी आदिको जानकारी पहिले नै लिनुपर्छ ।
खरिद गरिएका वस्तुको भुक्तानी क्रेडिट कार्ड, चेक वा क्यासका रूपमा दिन सकिन्छ । त्यसको जानकारी
प्राप्त गर्नुपर्छ ।
मानिसहरूमा टिभीले आम बजारमा नपाइने वस्तुमात्र बेच्छ । त्यसकारण यसको मापदण्ड पत्ता लगाउन कठिन छ भन्ने भ्रम छ ।
यसको अविश्सनीय सौदावाजी तथा अफरले सीमित समयका लागि ग्राहकहरूलाई तुरुन्त सामान खरिद गर्न बाध्य बनाउँछ । धेरै उपहारको अफरले पनि वस्तुको गुणस्तरमा शंका
उत्पन्न गर्छ ।
टेली सपिङमा बिक्री हुने सामानहरू
टेली सपिङअन्तर्गत सबै खालका सामग्री बिक्री हुन्छन् । सौन्दर्य प्रसाधन, घरायसी सामान, किचनका सामान, टिभी, भिडियो, पुस्तक, तेल, फिटनेसका सामान, औषधि, हेयर कलर, तेल आदि सामग्री टेली सपिङमार्फत नै खरिद गर्न सकिन्छ । अहिले ठूल्ठूला कम्पनीहरूले पनि आफ्ना उत्पादन टिभीमार्फत बिक्री गरिरहेका छन् ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया